Categories: समाचार

चाडपर्वमा बढी भाडा असुल्ने सवारीमाथि गोरखामा कडा निगरानी

गोरखा । चाडपर्वको समयमा यात्रुहरूको चाप बढ्ने भएकाले सवारी सञ्चालनलाई व्यवस्थित गर्न गोरखामा विशेष चेकजाँच अभियान सुरु गरिएको छ । निर्धारित भन्दा बढी भाडा असुल गरी यात्रुहरूलाई सास्ती दिने गतिविधि नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय गोरखाले प्रहरीको समन्वयमा छड्के चेकिङ्ग सञ्चालन गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया र जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर विकको नेतृत्वमा टोलीले गोरखाको मुख्य बसपार्क, हरमटारी, घ्याम्पेसाल बसपार्क र १२ किलो बजारलगायत स्थानमा सवारी साधन तथा टिकट काउन्टरहरूको अनुगमन गरेको छ ।

जिल्ला प्रशासनका अनुसार बढी भाडा असुल गर्ने, यात्रु क्षमता भन्दा बढी सवार गर्ने वा अनियमितता देखिने सवारी साधनहरूलाई तत्काल कारबाही गरिने चेतावनी दिइएको छ । अधिकारीहरूले यात्रुहरूलाई पनि तोकिएको भन्दा बढी भाडा तिर्ने अवस्था भएमा गुनासो पेश गर्न आग्रह गरेका छन् ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago