Categories: समाचार

गोरखामा भोलीदेखि तेस्रो कृषि, पर्यटन तथा व्यापार प्रबर्द्धन मेला सुरु

गोरखा । गोरखा सदरमुकाममा भोली (बिहीबार)देखि तेस्रो कृषि, पर्यटन तथा व्यापार प्रबर्द्धन मेला २०८२ सुरु हुँदैछ। मेला गोरखा चेम्बर अफ कमर्स र नेपा–ओमन चेम्बर अफ कमर्स गोरखाको संयुक्त आयोजनामा सञ्चालन हुने भएको हो।

गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष राम स्वरुप श्रेष्ठका अनुसार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। मेला गोरखा नगरपालिका–६ स्थित खेलकुद मैदानमा सुरु भई मंसिर ३० गतेसम्म सञ्चालन हुनेछ।

मेलाको उद्घाटन गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना मगरले गर्नेछन्। उद्घाटनको दिन बिहान ११ बजे विभिन्न जातजातिका सांस्कृतिक झाँकी, महिला समूह र संघ–संस्थाहरुको सहभागितामा गोरखा बजार परिक्रमा गरिनेछ।

मेला अवधिभर ३० देखि ३२ हजार मानिसले अवलोकन गर्ने र करिब ४ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।

१५० वटा स्टल रहने मेलामा कृषि प्रदर्शनीका लागि १०, होटल तथा रेस्टुरेन्टका लागि ६ र बाँकी अन्य व्यवसायिक प्रयोजनका स्टल रहनेछन्। साथै, बाल उद्यान, खेल–मनोरञ्जन, पिङ, कृषि उपज, घरेलु उत्पादन, हस्तकला, प्रविधि, पर्यटन तथा सेवा क्षेत्रका वस्तुहरू प्रदर्शनीमा राखिने गोरखा चेम्बर अफ कमर्सले जनाएको छ।

eAstra News

The new voice of the digital age Eastra Online Media Pvt. Ltd. Powered by www.eastranews.com (eAstra News)

Recent Posts

गोरखामा ग्यास चोरी पुष्टि, गणेश भाडा पसललाई ३ लाख जरिवाना; ‘जरिवाना तिरेरै उन्मुक्ति?’

गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…

57 years ago

सिरानचोकमा ट्याक्टर दुर्घटना, चालकको उपचारका क्रममा मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…

57 years ago

आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…

57 years ago

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…

57 years ago

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…

57 years ago

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…

57 years ago