गोरखा । यही बैशाख ११ गतेदेखि गोरखामा खुल्ला ठाडो भाका प्रतियोगिता आयोजना हुने भएको छ। ठाडो भाका संरक्षण तथा सम्बर्द्धन समिति गोरखाको आयोजनामा हुन लागेको प्रतियोगितामा विभिन्न समूहहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। जसअनुसार पहिलो हुने टिमले ८० हजार, दोस्रोले ५० हजार, तेस्रोले ३० हजार र सान्त्वना हुने टिमले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
स्थानीय कला, संस्कृति र परम्परागत लोक भाकाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको समितिले जनाएको छ। साथै, यसले नयाँ पुस्तामा ठाडो भाकाप्रति रुचि बढाउने विश्वास लिइएको छ।
गोरखा । विपद्को समयमा गोरखामा एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तामाथि ठगी भइरहेको आरोपबीच…
गोरखाको सिरानचोक गाउँपालिका–४ माझगाउँबेँसीमा बारी जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा चालकको उपचारका क्रममा मृत्यु भएको…
गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका…
गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको…
गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ…
गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी…