साउन २२ । गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा असोज २३ गतेबाट कार्तिक ३ गते सम्म वृहत लोकदोहोरी महोत्सब हुने भएको छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपाल गोरखा शाखाको मंगलबार पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराएको हो ।
महोत्सव आयोजनाका लागि १३ वटा उपसमिति बनाएर तयारी थालिएको महोत्सव व्यवस्थापन समितिका संयोजक शिव केसीले बताए । महोत्सब व्यवस्थापनका लागि पाँच जनाको सचिवालय बनाएको छ । मेलामा एक सय ५० वटा स्टल रहने छ । मेला संचालन गर्नका लागि ५१ लाख लाग्ने अनुमान गरिएको छ भने करिब एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।
प्रतिष्ठानको भवन निर्माणका लागि तीन बर्ष पहिले ८ आना जग्गा खरिद गरिसकेको र त्यसमा कार्यालय भवन निर्माण गर्न महोत्सब आयोजना गरिएको महोत्सवका संयोजक केसीले बताए ।
त्यस्तै, हरमटारी खेलकुद मैदानमा यसअघि चेम्बर कमर्स अफ गोरखाले पनि महोत्सब आयोजना गर्ने बताइएको थियो । तर मेला व्यवस्थापन समितिका संयोजक केसीले भने चेम्बरसँग पटक-पटक छलफल गरी सहमति भएसँगै मेला/महोत्सव आयोजना गर्ने जिम्मा प्रतिष्ठानले पाएको बताए ।
महित्सब अवधिभर विभिन्न लोक दोहोरी प्रतियोगिता संचालन गर्ने महोत्सब व्यवस्थापन मुल आयोजक समितिका संयोजक हरिराम परियारले बताए । उनका अनुसार मेलामा राष्ट्रियस्तरको लोकदोहोरी प्रतियोगिता संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेले एक लाख ११ हजार १११ र दोस्रो हुनेले ५५ लाख ५५५ रुपैया नगद प्राप्त गर्ने बताइएको छ । सो प्रतियोगितामा देशभित्र र बाहिरका गरी लोकदोहोरी प्रतिष्ठानका ७७ वटा शाखाबाट सहभागि हुने जनाएको छ ।
त्यस्तै, गोरखामा रहेको ११ वटा स्थानीय तहको पालिकास्तरीय लोकदोहोरी प्रतियोगिता समेत आयोजना हुने केसीले बताए । यसमा प्रथम र दोस्रो हुने टिमले नगद रु ५० हजार ५ सय ५५ र २५ स य ५ सय ५५ रुपैया प्राप्त गर्ने जनाएको छ ।
त्यस्तै, ११ वटा पालिकामा रहेको पुरानो ऐतिहासिक बस्तुहरु पदर्शनमा राखिने बताइएको छ । प्रतियोगितामा प्रथम र दोस्रो हुनेले क्रमश १५ र १० हजार नगद प्राप्त गर्नेछ ।
महोत्सबमा गोरखा तारा २०८० समेत आयोजना हुने भएको छ । यस अघि उद्योग वाणिज्य संघले संचालन गदै आएको गोरखा तारालाई यस वर्षबाट लोकदोहोरी प्रतिष्ठानले संचालन गर्न लागेको हो । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले क्रमश ५० हजार ५५५ र २५ हजार ५२५ रुपैया नगद प्राप्त आयोजकले जनाएको छ । मेल अवधिभर असाहाय, जेष्ठ नागरिकलाई निशुल्क गरिएको छ भने सर्वसाधारणलाइ एक सय र विद्यार्थीलाई ५० रुपैयाको व्यवस्था गरिएको छ ।
महोत्सबमा गोरखाकै कलाकारलाई र गोरखा कै ब्यापार- ब्यबसायलाई मुख्य प्राथमिकता दिइने आयोजकले जनाएको छ । मेलामा मुख्य अतिथिका रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई निमन्त्रणा गरिएको आयोजकले जनाएको छ । गोरखा साँस्कृति समाज, लोकदोहोरी प्रतिष्ठान गण्डकी प्रदेश सहयोगी संस्थाका रुपमा रहेका छन् । खाद्य बस्तुहरुका लागि कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पतालसँग समन्वय भइरहेको उनले बताए ।
