अपाङ्ग मैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले अपाङ्ग मैत्री कानून निर्माणमा प्रदेश सरकार प्रतिबद्ध भएको बताएका छन् । स्वालम्बन जीवन पद्धति केन्द्र पोखराले आयोजना गरेको अपाङ्गता अधिकार ऐन तर्जुमाको लागि अपाङ्गता अधिकारकर्मी नेतृत्वको वकालत परियोजना अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुको लागि भौतिक पूर्वाधार, संचार र यातायातमा पहुँच सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले […]

Continue Reading

पूर्वाधार निर्माणको कौशल व्यवहारमा देखियोस: मन्त्री केसी

पोखरा, ८ कात्तिक । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले प्रदेश र संघ सरकारले पुल, सडक निर्माणमा बजेटको ठूलो हिस्सा खर्च गरिरहेको जनाउँदै पुल निर्माण वैज्ञानिक र गुणस्तरीय बनाउनै पर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश पूर्वाधार विकास निर्देशानालयको आयोजना र स्विस सरकारको सहयोगमा सञ्चालित स्थानीय सडक पुल कार्यक्रम इकाइको […]

Continue Reading

हिमालय क्लवद्धारा सल्लाहकारको स्वागत 

८ कार्तिक २०८१, बिहिवार । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले नवगठित सल्लाहकार समितिका सदस्यलाई स्वागत गरेको छ। बिहीबार एक कार्यक्रमका बीच क्लवले सल्लाहकार राजेन्द्र वहादुर देवकोटा, खिमलाल अधिकारी,कुमार श्रेष्ठ, गुरूदत्त भट्टराई, दुर्गा केसी थापा, राजकुमारी बानियाँ, चित्र वहादुर थापा, कानुनी सल्लाहकार शालिग्राम भट्टराई र पदेन सल्लाहकार वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनालाई क्लवका पुर्व अध्यक्ष […]

Continue Reading

पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने जेठोबुढो खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने

पोखरा, ०७ कात्तिक। पोखरा महानगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच पोखरा महानगरपालिका क्षेत्र भित्र उत्पादन हुने कृषि उपज खरिद सम्बन्धमा सम्झौता गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको रोहबरमा गरिएको सम्झौतामा महानगरपालिकाको तर्फबाट आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको […]

Continue Reading

अब लाइसेन्स कार्ड आवश्यक पर्दैन, सुरू भयो ई–चलान

आइतबार, ०४ कार्तिक २०८१ । सरकारले डिजिटल लाइसेन्सलाई मान्यता दिँदै अब प्रिन्टसहितको लाइसेन्स खल्तीमा बोक्नुपर्ने झन्झटबाट मुक्त गरेको छ । आइतबार गृहमन्त्री रमेश लेखकले डिजिटल लाइसेन्स जाँच प्रविधिको उद्घाटन गर्दै उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)मा पूर्णडिजिटल प्रविधि लागु भएको घोषणा गरे । नागरिक एपमा भएको लाइसेन्स जाँचका लागि ट्राफिक प्रहरीले आफ्नो छुट्टै स्मार्टफोन प्रयोग गर्ने छ । नागरिक एपमा उपलब्ध लाइसेन्ससँगै रहेको क्यूआर कोड स्क्यान […]

Continue Reading

आँपपिपल र गोरखा अस्पतालमा स्वास्थ्यमन्त्री

गोरखा, ४ कार्तिक । युनाइटेड मिसन टु नेपाल नामक संस्थाले २०१३ सालमा गोरखामा खोलेको अस्पताल २०५९ सालदेखि संघ सरकार मातहत छ । गत वर्ष फागुनमा उक्त अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय संघ सरकारको मन्त्रिपरिषद् बैठकले गरेपनि प्रक्रिया पूरा भइसकेको छैन । ५० शय्यामा स्तरोन्नति गरेर संघ सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको उक्त […]

Continue Reading

पोखरा महानगरद्धारा ८ पसलमा अनुुगमन, ११ हजार मुल्य बराबरको सामग्री नष्ट

पोखरा,  असोज १८ गते । पोखरा महानगरपालिकाले चाडपर्व लक्षित अनुुगमन सुरु गरेको छ ।नेपालीहरुको पर्व बडा दशैँ नजिकिएसंगै महानगरले अनुुगमन सुुरु गरेको हो । महानगर उपभोक्ताहित संरक्षण समितिका संयोजक मञ्जुुदेवी गुुरुङको नेतृत्वमा शुुक्रबार पोखराका विभिन्न ८ वटा पसलमा अनुुगमन गरिएको हो ।पोखरा वडा नम्वर २ रहेका भवानी पुजा सामग्री, महालक्ष्मी पुजा सामग्री भण्डार, सेलवेज क्यास […]

Continue Reading

सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान

पोखरा, असोज १७ गते । गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान २०८१ प्रदान गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालले बिहीबार पोखरामा आयोजना गरेको आफ्नो चौथो साधारण सभाका अवसरमा सरूलाई नगद ५ हजार ५५५ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहित सम्मान प्रदान गरेको हो । सरूलाई कवि तथा गीतकार रमेश श्रेष्ठ, हरिदेवी कोइराला र संस्थाका अध्यक्ष शीतल गिरीले […]

Continue Reading

गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

असोज १७, २०८१ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. ९ ठिगुरेस्वाँरा स्थित आँबुखैरेनी सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा भिमसेन थापा गाउँपालिका वडा नं. २ तान्द्राङका एक पुरुषको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक भिमसेन थापा गाउँपालिका वडा नं. २ बस्ने ३४ वर्षीय टिकाराम लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको […]

Continue Reading

गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावितकालागि ५० लाख सहयोग गर्ने

असोज १७, २०८१ ।  गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । गतसाता परेको वर्षाले काठमाडौँ उपत्यकालगायत देशैभरका विभिन्न स्थानमा बाढी पहिरोबाट ज्यान गुमाएकाहरु प्रति […]

Continue Reading