गोरखा जिल्लास्थित सरकारी निकायका सूचना अधिकारी र पत्रकार बिच अन्तरक्रिया

समाचार

जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा सूचनाको हकको कार्यान्वयनको विषयमा जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारहरु बीच बिहिबार अन्तक्रिया सम्पन्न भएको छ। अन्तरक्रियामा सूचना अधिकारीहरुको यसअघिका बैठकमा भएका निर्णयहरु तथा सूचनाको हक कार्यान्वयन अवस्था, समस्या तथा चुनौतिहरुका बारेमा समिक्षा गरिएको थियो।

सरकारी कार्यालय तथा सञ्चार क्षेत्रबीच सूचना आदानप्रदानमा रहेका समस्याहरुका बारेमा छलफल गरि आगामी दिनमा सरकारी कार्यालय र सञ्चार क्षेत्रबीचको समन्वयलाई प्रभावकारी बनाउँदै सरकारी कार्यालयका गतिविधिहरुलाई पार्दर्शी बनाउने, माग गरेको बखत सूचना प्राप्त हुने व्यवस्था मिलाउने निर्णय भएको छ।

सञ्चार क्षेत्रले सरकारी कार्यालयका सूचनाहरुलाई प्राथमिकताका साथ प्रकाशन प्रसारण गर्ने तथा सबै कार्यालयका सार्वजनिक सरोकारका सूचनाहरु कार्यालयका वेभसाईट, सामाजिक सञ्जाल, सूचनापाटि वा अन्य उपयुक्त माध्यम मार्फत नियमित रुपमा सार्वजनिकिकरण गर्दै सूचनाको पहुँचलाई सहज बनाउने।

यसैगरि सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमवाली, २०६५ बमोजिमको सबै सार्वजनिक निकायले प्रकाशित गर्नुपर्ने विवरण आ।व ०८१र०८२ को दोस्रो त्रैमासिक विवरण समयमा नै नागरिकको जानकारीका लागि राख्ने र सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम माग भएका सूचना दिने सन्दर्भमा कुनै दुबिधा भएमा प्रमुख जिल्ला अधिकारी समक्ष वा अन्य निकाय संग समन्वय गरी सूचना दिने ब्यवस्था मिलाउने ।

गोरखा जिल्ला स्थित सार्वजनिक निकायका सूचना अधिकारीहरु, प्रमुखहरु तथा सञ्चारकर्मीहरु संग सूचनाको हक सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने सहायक प्रमुख जिल्ला अधिकारी (सूचना अधिकारी) चित्राङ्गत बरालले बताए। कार्यक्रम प्रमुख जिल्ला पुण्य बिक्रम पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *