द अन्नपुर्ण स्कुल ९ औं गोर्खाली रनिङ कपको उपाधी आयोजककै पोल्टामा

गोरखा । द अन्नपुर्ण स्कुल ९ औं गोर्खाली रनिङ कपको उपाधी आयोजक हरमटारी क्लबले जितेको छ । मंगलबार भएको फाइनल खेलमा चाइनिजधारा फेमेली क्लबलाई १–० को गोल अन्तरले हराउँदै हरमटारी क्लब उपाधी बिजेता बनेको हो । हरमटारी क्लवका देव गुरुङले दोस्रो हाफको ३६ औं मिनेटमा फ्रिकिक मार्फत गरेको गोल नै निर्णायक बनेको हो । उपाधी […]

Continue Reading

गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हवको रुपमा बिकास गर्नुपर्ने बताएका छन् । ‘पोखरा र सिङ्गो गण्डकी प्रदेश पर्यावरणीय हिसाबले ‘वेलनेस’ टुरिजमको संभावना बोकेको ठाउँ हो’ शनिवारदेखि सुरु भएको गण्डकी स्वजागरण अभियानको सुभारम्भ गर्दै उनले भने ‘प्रदेश भित्र ‘वेलनेस’ टुरिजमको बिकासकालागि प्रदेश सरकारले आफ्ना नीति कार्यक्रम र बजेटमा अझै […]

Continue Reading

गोरखामा होलीको अवसरमा साङ्गीतिक धमाका, ‘जी.एम.जी होली ग्रान्ड इभेन्ट ५’ आयोजना हुने

गोरखा । गोरखा सदरमुकामस्थित रानीपोखरीमा होली पर्वको अवसरमा साङ्गीतिक कार्यक्रम आयोजना गरिने भएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा गोरखा मल्टिट्यालेन्ट ग्रुप (जी.एम.जी) ले ‘जी.एम.जी होली ग्रान्ड इभेन्ट ५’ गर्ने घोषणा गरेको हो। कार्यक्रममा स्थानिय चर्चित कलाकारहरूसँगै राष्ट्रिय लोकदोहोरी गायक पृथ्वी गुरुङ्गको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै, जिल्लामा लुकेर रहेका प्रतिभाहरुलाई अवसर प्रदान गर्न […]

Continue Reading

गोरखामा प्रथम जेसीज फुटसल प्रतियोगिता हुँदै

गोरखा । ‘डू गुड बी गुड’ भन्ने मूल नारासहित गोरखामा पहिलो पटक राष्ट्रिय निरुपित उपाध्यक्ष अभिसेक दुलाल मातहतमा रहेका जेसीज क्षेत्र (ख) का १५ शाखा मध्ये १४ शाखा स्तरीय जेसीज फुटसल प्रतियोगिता–२०२५ हुने भएको छ । गोरखा जेसीजको आयोजनामा पहिलो पटक आयोजना गरिएको  प्रतियोगिता चैतको १ गते र २ गते सञ्चालन गर्ने तयारी गरिएको हो […]

Continue Reading

गोरखामा आजदेखि किशोरीहरूका लागि एचपीभी खोप अभियान सुरु

गोरखा । सरकारले आजदेखि देशभर एचपीभी खोप अभियान सुरु गरेको छ । यो अभियान १५ दिन अर्थात् फागुन ६ गतेसम्म जारी रहनेछ । गोरखा जिल्लामा पनि एचपीभी खोप अभियान मंगलबारबाट नै सुरु भएको छ । जिल्ला समन्वय समिती गोरखाका प्रमुख मोहन बहादुर थापा मगरले खोप अभियानको सुरुवात गरेका हुन् । गोरखा  नगरपालिका-९ लक्ष्मीबजार स्थित महालक्ष्मी […]

Continue Reading

गण्डकीमा मगर र गुरुङ भाषा सम्बन्धी विधेयक मस्यौदामाथि सरोकारवालासँग छलफल

पोखरा । गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन विधेयकको मस्यौदा माथि सरोकारवालासँग छलफल गरेको छ । भाषा आयोगको सिफारिस अनुसार प्रदेशभर मगर भाषा र गुरुङ भाषा बोल्ने संख्या बढी भएकाले यी भाषालाई सरकारी कामकाजमा समावेश गर्ने तयारी गरिएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लाका भाषा अभियन्ता, संघ–संस्था प्रतिनिधि, प्रदेश सभा […]

Continue Reading

गोरखामा करेन्ट लाग्दा एक वृद्धको मृत्यु

गोरखा । गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ४, गैरागाउँमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा ७० वर्षीय खुन्ते सार्की रहेका छन्। उनी आफ्नै बारीमा हलो बनाउनका लागि चिलाउनेको रुख काट्न गएका थिए। तर, अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो। खोजी गर्ने क्रममा  करिब ७ बजे सोही स्थानमा मृत […]

Continue Reading

गोरखामा ट्रयाक्टर दुर्घटनामा युवकको मृत्यु

गोरखा। गोरखा जिल्लाको आरुघाट गाउँपालिका–३ खुर्सानीस्थित आरुघाट–माछिखोला सडकखण्डको बीच भागमा एक युवक मृत अवस्थामा फेला परेका छन्। मृतकको पहिचान गोरखा, आरुघाट गाउँपालिका–५ भलछोपे निवासी १८ वर्षीय रामबहादुर रानाका रूपमा भएको छ। माघ १८ गते (आज) राति करिब २ः०० बजे सो स्थानमा अन्दाजी १७/१८ वर्षको जस्तो देखिने एक पुरुषको शव फेला परेको थियो। घटनाको जानकारी प्राप्त […]

Continue Reading

नागरिक स्वतन्त्रताविरुद्ध विधेयक ल्याउने प्रयासप्रति युथ कांग्रेस नेपालको आपत्ति

माघ १८ – नेपाली कांग्रेसको भातृ संगठन युथ कांग्रेस नेपालले सामाजिक सञ्जालको प्रयोग तथा नियमन सम्बन्धी विधेयक २०८० मा रहेका प्रावधानप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। संगठनले उक्त विधेयक अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने खालको रहेको भन्दै सरकारलाई फिर्ता लिन आग्रह गरेको छ। युथ कांग्रेस नेपालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ कि नेपाली कांग्रेस लोकतान्त्रिक […]

Continue Reading

माघ २४ गतेदेखि फाल्गुन ४ गतेसम्म गोरखा पालुङ्गटारमा महोत्सव हुने

गोरखा । गोरखाको पालुङ्गटार नगरपालिकामा तेस्रो लिगलिग पालुङ्गटार महोत्सव–२०८१ हुने भएको छ । ‘ऐतिहासिक लिगलिग पालुङ्गटारको पहिचान-कृषि, पर्यटन, उद्योग तथा व्यापार प्रवद्वन मुल अभियान’भन्ने नाराका साथ लिगलिग पालुङ्गटार उद्योग वाणिज्य संघले आगामी माघ २४ गतेदेखि फाल्गुन ४ गतेसम्म महोत्सवको आयोजना गर्न लागेको हो । मुख्य प्रायोजक पालुङ्गटार नगरपालिका र सह-प्रायोजक १० वटै वडा रहेको महोत्सवमा […]

Continue Reading