र्‍यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस

गण्डकी प्रदेश समाचार समाचार

पोखरा, वैशाख १० गते । र्‍यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस बुधवार पोखरामा मनाएको छ ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले गोला थुतेर सुरु गरेको कार्यक्रममा ३० जनाले पुस्तक साटासाट गरेका थिए । नेपाली लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष डा. ईश्वरमणि अधिकारी, साहित्यकार तीर्थ गुरुङ, शिव त्रिपाठी, त्रिवेणी, अनुराग अधिकारी, विष्णु सुवेदी, ढाकामोहन बराल, अनुपमणि अधिकारी, नेपालप्रकाश अधिकारी, अनिता अधिकारी, विष्णु सुवेदी, ध्रुव केसी, कमला श्रेष्ठ, हसिना बस्नेत, जमुना कायस्थ, विजय भण्डारी, कमला सुवेदी, लक्ष्मण थापा, माधव खतिवडा, सरू लामिछाने, निकिता, भरतमणि भट्टराई, बाबुराम सुवेदी, रेशम गिरीलगायतले पुस्तक आदानप्रदान गरेका थिए ।

युनेस्कोले सन् १९९५ मा विश्वभरका लेखकलाई प्रेरित गर्दै लेखकको सम्मानस्वरूप हरेक वर्ष अप्रिल २३ तारिखमा विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाउने निर्णय गरेको थियो । विश्वभरिका शैक्षिक, व्यावसायिक तथा वाङ्मयिक संस्थाहरूले पुस्तक प्रदर्शनी, प्रतियोगिता, गोष्ठी आदि कार्यक्रम आयोजना गरी यो दिवस मनाउने गरेका छन् ।

र्‍यान्डम रिडर्स सोसाइटीले हरेक वर्ष पुस्तक दिवस र पुस्तकालय दिवसमा आफूलाई मन परेको किताब प्रदान गर्दै अर्का पाठकबाट निजलाई मन परेको किताब लिने गरी पुस्तक आदानप्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *