गोरखा पहिरो अपडेट : बेपत्ता भएका थप एक जनाको शव सातदिनपछि फेला

१९ साउन २०८१, शनिवार गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ता भएका थप एक जनाको शव सातदिनपछि फेला परेको छ। आरुघाट गाउँपालिका–८, लामागाउँका २४ वर्षीया रमेश परियारको शव शनिबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए। परियारको शव घटनास्थलदेखि करिब दुई किलोमिटर तल […]

Continue Reading

धार्चे पहिरो: ४ जनाको शव भेटियो, १ जनाको खोजी जारी

बिराज त्रिपाठी गोरखा, २०८१ साउन १४ । उत्तरी गोरखाको धार्चे गाउँपालिका-५, सिङ्लास्थित रेसेफाँटमा पहिरोमा परी बेपत्ता भएका चार जनाको शव फेला परेको छ । ६० बर्षीय सुलाल कान्छा गुरुङ, उनका छोरा ३७ बर्षीय जीतबहादुर गुरुङ, बुहारी ३५ वर्षकी कान्छीमाया गुरुङ र रमेश गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले बताए । रेसेफाँट […]

Continue Reading

सामुदायिक वन उपभोक्ता समिति र कबुलियतीबन समुहलाई उत्कृष्ट पुरस्कार

बिराज त्रिपाठी गोरखा, २०८१ साउन १४ गते । डिभिजन वन कार्यालय गोरखाले जिल्लाका तीन वटा सामुदायिक वन उपभोक्ता समितिलाई र तीन वटा कबुलियतीबन समुहलाई पुरस्कृत गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा वन संरक्षणमा जिल्लामा अब्बल ठहरिएका सामुदायिक वन उपभोक्ता समितिहरू र कबुलियतीबन समुहहरुलाई नगद सहित पुरस्कृत सम्मान गरिएको हो । सामुदायिक वनको संरक्षण, […]

Continue Reading

द्रव्यशाह बहुमुखी क्याम्पसमा मेहेन्दी प्रतियोगिता, रेश्मा गुरुङ र प्रिती गुरुङ प्रथम

२०८१ साउन १४ गोरखा । द्रव्यशाह बहुमुखी क्याम्पस गोरखाको शैक्षिक क्यालेण्डर अनुसार विद्यार्थीहरुलाई लक्षीत गरी अतिरिक्त क्रियाकलाप समिति र स्वतन्त्र विधार्थी यूनियनको आयोजनामा मेहेन्दी प्रतियोगिता सम्पन्न भएको छ । साउन महिना महिला दिदिबहिनीहरुको लागी विषेश हुन्छ । हरियो चुरा सँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन पनि छ। हत्केलामा जति बढी गाढा मेहन्दीको रंग राख्यो, […]

Continue Reading

महाकालीमा हाम फालेर १७ वर्षीया किशोरी बेपत्ता

१३ साउन । अहिले सामाजिक सञ्जालमा एक महिला महाकाली नदीमा हाम फालेको भिडियो देखापरिरहेको छ । यो घटना दार्चुलाको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता ज्ञानेन्द्र सिंहका अनुसार शनिबार साँझ दुहु गाउँपालिका-४ थारा बस्ने १७ वर्षिया धनिसा कुँवरले सदरमुकाम खलङ्गास्थित रिङ्नेताल भन्ने ठाउँबाट नदीमा हाम फालेकी थिइन् । प्रहरीका अनुसार उनी हाम फाल्न भनेर […]

Continue Reading

खोलाले पानीघट्टा बगाएपछि पिसानीमा समस्या

गोरखा । लगातारको वर्षाले रुन्चेत खोला बढेपछि धार्चे गाउँपालिका वडा २ का रुन्चेतमा ३ वटा पानी घट्टा बगाएको छ । स्थानीय नेवार गुरुङ, दीपक गुरुङ, छन्सीङ गुरुङ तथा महराज गुरुङको घट्टा खोलाले बगाएको हो । आइतबार राती परेको अबिरल वर्षा पछि आएको बाढीले उक्त घट्टा बगाएको हो । बाढीले अधिकाशं घट्टाका सामान समेत लगेको छ […]

Continue Reading

६ उद्योगको विद्युत् लाइन जोड्ने प्राधिकरणको निर्णय

मंगलबार, ०८ साउन २०८१ काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन महसुल नतिरिएका उद्योगमा लाइन जोड्ने निर्णय गरेको छ । बिजुली महसुल विवादमा प्राधिकरणले २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो । मंगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले ती […]

Continue Reading

सिमलतालदेखि केराबारीसम्म खोजी गर्ने क्रममा केही वस्तु भेटिएको संकेत

८ श्रावण २०८१, मंगलबार भरतपुर महागनरपालिका-२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरोसँगै असार २८ गते बिहान बगेर त्रिशूलीमा खसेका दुईवटा दुईवटा बस र यात्रुको खोजी जारी छ । गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूलीमा खसेका थिए । तर घटनाको ११ […]

Continue Reading

आठबीसकोट बाढी: ३ जनाको मृत्यृ, १ बेपत्ता

प्रविन रिजाल रुकुम पश्चिम, श्रावण १, २०८१। रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए । प्रहरीका अनुसार मृत्यु हुनेहरूमा १० वर्षीया हितमाया पुन, ८ वर्षीया धनसा पुन र ४ वर्षीया मनिषा सार्की रहेका छन् । […]

Continue Reading

९८ करोड ४६ लाख ६ हजारको बजेट पास गर्दै गोरखा नगरपालिका १४ औं नगरसभा सम्पन्न

बिराज त्रिपाठी २०८१ असार ३१, गोरखा । गोरखा नगरपालिकाको नगरसभाको १४ औं अधिवेशन सोमबार सम्पन्न भएको छ । सभाले आगामि यही आर्थिकबर्ष २०८१/०८२ का लागि तय भएका नीति तथा कार्यक्रम एवं बजेट पास गरेको हो । नगरपालिकाको आगामि आर्थिकवर्षको बजेट ९८ करोड ४६ लाख ६ हजार रहेको छ । गोरखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ […]

Continue Reading