बागलुङको ट्रायल सेन्टरमा यातायात मन्त्रीको छड्के

बागलुङ, ५ मंसिर । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले यातयात व्यवस्था कार्यालय बागलुङको प्रयोगात्मक परीक्षा स्थल (ट्रायल सेन्टर)को छड्के निरीक्षण गरेका छन् । ट्रायल सेन्टरको भौतिक अवस्था र प्रयोगात्मक परीक्षाको विषयमा जानकारी लिन मन्त्री केसी बुधबार बागलुङ नगरपालिका–१ खनियाबासमा रहेको ट्रायल सेन्टरको छड्के निरीक्षणमा पुगेका हुन् । दुई […]

Continue Reading

मनकामना देखि गोरखकाली मन्दिरसम्म खुल्ला म्याराथन हुने

गोरखा । प्रसिद्ध धार्मिक स्थल मनकामना देखि गोरखकाली मन्दिरसम्म ४२.१९५ किलोमिटर दुरीको खुला गोरखा म्याराथन दौड प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश खेलकुद परिषदको बार्षिक कार्यक्रम अनुसार जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा मंसिर २९ गते खुला गोरखा म्याराथन दौड प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता मार्फत गोरखा जिल्लाको दुई प्रसिद्ध र महत्त्वपूर्ण धार्मिक […]

Continue Reading

पातञ्जल योग प्रशिक्षक पुर्नताजगी तालिम सम्पन्न

पोखरा । पातञ्जल योग समिति नेपाल, गण्डकी प्रदेश प्रशिक्षण विभाग उपसमितिको आयोजनामा १५ दिने योग प्रशिक्षक पुर्नताजगी कार्यक्रम समापन भएको छ । प्रमुख अतिथि गण्डकी प्रदेश निति तथा योजना आयोगका सदस्य माननीय दिपक भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै आफु भित्र अनन्त प्रशन्नता, सुख, शान्ति र ज्ञानको अनुभव गर्नु नै योग हो र आफ्नै स्वासमा अन्तरमुखि हुनु, […]

Continue Reading

“व्यवसायिक सीप : रोजगारी र आत्मनिर्भरता तर्फको कदम”

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले व्यवसायिक सीप रोजगारी र आत्मनिर्भरता तर्फको कदम भएको बताएका छन् । सोमबारबाट व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराद्वारा आयोजित ३ महिने सीपमुलक तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवसायिक सीपले व्यक्तिलाई रोजगारीमा प्रतिस्पर्धी बनाउन योगदान दिने बताए । “आत्मनिर्भर जीवनशैलीको […]

Continue Reading

उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दु कुमार थापाले उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक रहेको बताएका छन् । शनिबार पोखरा १६ स्थित विन्ध्यवासिनी क्याम्पसको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले परम्परागत शैलीको शिक्षाले मात्र सोचेजस्तो उपलब्धी हासिल नहुने बताए । “ परम्परागत शिक्षाले सोचेजस्तो उपलब्धी हासिल हुन सकेन । […]

Continue Reading

गण्डकी प्रदेशको एउटा वडामा मात्र हुने उपनिर्वाचनमा १० उम्मेदवारको मनोनय दर्ता

विराज त्रिपाठी गोरखा । मंसिर १६ गते गण्डकी प्रदेशको एउटा वडामा मात्र हुन लागेको उपनिर्वाचनका लागि १० राजनीतिक दलका १० जनाले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । गोरखा नगरपालिका वडा नम्बर ५ मा हुन लागेको उपनिर्वाचनका लागि निर्वाचन आयोगद्वारा तोकिएको कार्यतालिका अन्तर्गत आईतबार उम्मेदवार मनोनयनपत्र दर्ता भएको हो । नेपाली […]

Continue Reading

बागलुङका सञ्चालित योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री

पोखरा, २ मंसिर गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बागलुङमा सञ्चालित योजनाहरुको निरीक्षण गरेका छन् । मन्त्री केसीसहित मन्त्रालयको टोलीले शुक्रबार र शनिबार बागलुङका चार वटा योजनाको निरीक्षण गरेको हो । टोलीले शुक्रबार गल्कोट–हरिचौर–हिल्ल्तार–म्याग्दी सडक, शनिबार बुर्तिबाङ–तमानखोला–लमेला सडक र गाडीखोला– ढोरपाटन सडकसँगै चक्ती खोलामा बनेको पुलको निरीक्षण गरेको हो […]

Continue Reading

गोरखाका नेवार समुदायले जूनुमा मकै सुकाउने पर्व (सकिमना पुन्ही) मनाए

विराज त्रिपाठी ३० कार्तिक २०८१, शुक्रवार, गोरखा । कार्तिक शुक्ल पूर्णिमाको दिन शुक्रबार साँझ गोरखा सदरमुकामका नेवार समुदायले मकै सुकाउने पर्व (सकिमना पुन्ही) सामूहिक रुपमा धुमधामका साथ मनाएका छन् । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समिति गोरखाको पहलमा शुक्रबार राति गोरखा नगरपालिका–६ ठूलो आँगनमा जुनको प्रकाशमा अन्न सुकाएर पर्व मनाइएको हो । घरघरबाट भुटेको मकै […]

Continue Reading

गोरखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

विराज त्रिपाठी गोरखा ,३० कार्तिक २०८१ । आउँदो मंसिर १६ मा हुने गण्डकी प्रदेशको एउटा वडामा मात्र हुन लागेको उपनिर्वाचनका लागि गोरखा सदरमुकाममा आज (शुक्रबार) मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। गोरखा नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयमै अधिकृतको कार्यालय स्थापना गरिएको हो। जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत शिवबहादुर रानाभाटले कार्यालय उद्घाटन […]

Continue Reading

बागलुङ नगरपालिका  युसिएलजी एसिया प्यासिफिकको सदस्य

बागलुङ- बागलुङ नगरपालिका युनाइटेड सिटि अफ लोकल गभरमेन्ट एशिया प्रसान्त क्षेत्र (युसिएलजी)  एसिया प्यासिफिकको सदस्य भएको छ । चिनको जोजजोईमा भएको काउन्सिल एजिकेटिभ बैठकबाट बागलुङ  नगरपालिकाले सदस्यता प्राप्त गरेको हो । बैठकमा सहभागी हुनका लागि चिन पुगेका बागलुङ  नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कंडेलले युसिएलजी सदस्यताको प्रमाणपत्र लिएका छन । […]

Continue Reading