गोरखामा दुईवटा चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

गोरखा । मोटरसाइकल चोरी गरी लुकाई छिपाई राखी बिक्री वितरण गर्ने प्रयासमा संलग्न एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला गोरखाको वारपाक सुलिकोट गाउँपालिका वडा नं ०४ स्थायी ठेगाना भई हाल अजिरकोट गाउँपालिका वडा नं ०४ मा बसोबास गर्दै आएका वर्ष १८ का संजिव तामाङलाई चोरीका दुईवटा मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो। गोप्य सूचनाको आधारमा मिति […]

Continue Reading

गण्डकी कोटिहोम: भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

पोखरा,  पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले नयाँ उत्साह थप्दै छ। सोहि अवसरमा भोलि बुद्ध पूर्णिमाको विशेष कार्यक्रम भव्य रूपमा आयोजना गरिने भएको छ। कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको विशेष उपस्थिति  रहनेछ। आयोजक समितिका अनुसार बुद्ध पूर्णिमालाई लक्षित गर्दै विभिन्न सांस्कृतिक कार्यक्रमहरू, धार्मिक प्रवचन  तथा समाजका […]

Continue Reading

भाटखोला काहुलेको तपस्नीको कुटी संरक्षणमा स्थानीय अग्रसर

पोखरा । स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं ३ भाटखोला, काहुलेको सिरानमा नेपाने नामले प्रसिद्ध स्थान यति बेला एकाएक चर्चामा छ । तिखेचुलीको नामले पनि गाउलेहरू बीच चिरपरिचित उक्त स्थानमा कुनै समय महिलाहरू कुटि बनाएर बस्थे, नित्य पुजा पाठ, तपस्या गर्ने गर्दथे । कुटि वरपर वारि बनाएर खेती पाती गर्दथे, गाइहरु पल्दथे गाउलेहरुको मनस्थितिमा ती पलहरु […]

Continue Reading

हाइकर्स क्लबको हाइकिङ तनहुँको मानुङकोट

पोखरा । हाइकर्स क्लब नेपालको हाइकिङ भाग ५८ तनहुँको मानुङकोट पुगेर सम्पन्न गरेको छ । क्लबले स्वास्थ र पर्यटनको लागि हाइकिङ भन्ने नाराका साथ बिगत ५ बर्ष देखि हरेक महिनाको अन्तिम शनिबार हाइकिङ कार्यक्रम गर्दै आएको छ । पोखराको दरबारथोकमा भेला भएर नगरबसमा पृथ्वी राजमार्गको मानुङकोट चोक बाट पैदलमार्ग हुँदै ब्यास नगरपालिका वडा नं ५ […]

Continue Reading

२२औं सवालाख रोट महोत्सव भोलिदेखि सुरु, ५० हजारभन्दा बढी भक्तजनको सहभागिता अनुमान

गोरखा । भोलिबाट गोरखा दरबार परिसरमा सुरु हुने २२औं सवालाख रोट महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। आज आयोजित पत्रकार सम्मेलनमार्फत सिद्वाश्रम शक्ति केन्द्र नेपालका संयोजक रामजी अर्यालले महोत्सवको विस्तृत जानकारी दिएका हुन्। उनका अनुसार महोत्सवमा सहभागी हुन देशविदेशबाट अनुमानित आउने करिब ४० देखि  ५० हजारभन्दा बढी श्रद्धालुका लागि आवास, खाना, रोटका सामग्रीदेखि पानी र […]

Continue Reading

दरौदी नदीमा डुबेर एक युवकको मृत्यु

गोरखा । गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ। आज दिउँसो करिब ४:३० बजे दरौदी नदीमा आफ्ना साथीहरूसँग पौडी खेल्ने क्रममा बारपाक सुलिकोट गाउँपालिका–८ गैरीछापका २३ वर्षीय आयुष गुरुङ डुबेर बेपत्ता भएका थिए। सूचना प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको गोताखोर टोली तथा स्थानीयवासीहरूको सहयोगमा खोजी कार्य […]

Continue Reading

उत्कृष्ट वडा बुङकोटमा पुरस्कार स्वरूप प्राप्त ५ लाखको योजना कार्यान्वयन

गोरखा । शहीद लखन गाउँपालिका–७, बुङकोट लाई यही वैशाख २३ गते  गाउँपालिका भित्रकै “उत्कृष्ट वडा” घोषणा गरिएको थियो । पुरस्कार स्वरूप प्राप्त ५ लाख रुपैयाँ बजेटबाट “खाब्दि भञ्ज्याङदेखि वडा कार्यालयसम्मको बाटो ढलान तथा स्तरोन्नती” योजना कार्यान्वयन हुने भएको छ। उक्त योजना कार्यान्वयनका लागि सञ्जिता श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ भने मदन […]

Continue Reading

भिसी गजे घलेको वीरता अब संग्रहालयमार्फत सन्देश बन्ने

गोरखा । गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज गोरखाको ऐतिहासिक गाउँ बारपाकमा अवस्थित भिसी गजे घले संग्रहालय तथा तारा स्मारकको उद्घाटन गरेका छन् । वीरताको प्रतीक मानिने गजे घलेको सम्मानमा निर्माण गरिएको संग्रहालयले नेपाली सैनीक इतिहासमा नयाँ अध्याय थपेको छ। मुख्यमन्त्री पाण्डेले उद्घाटन समारोहमा बोल्दै वीर गोर्खाली गजे घलेको योगदानले बारपाकलाई विश्वभर चिनाउने काम […]

Continue Reading

कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने

पोखरा, २६ वैशाख । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार) साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति रहने भएको छ। कोटिहोममा भारतको हरियाणा बाट  श्री १००८ महामण्डलेश्वर स्वामी विशेश्वरानन्द आज आउँदै छन् । कोटिहोममा चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आउने प्रचार प्रसार संयोजक […]

Continue Reading

एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पोखरामा

पोखरा, २३ वैशाख । एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पर्यटन राजधानी पोखरामा भेला भएका छन् । उनीहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण अन्तरगतको हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको सातौँ बैठकमा सहभागी हुन पोखरामा भेला भएका हुन् । समूहको बैठक वैशाख २७ गतेसम्म पोखरामा बस्ने छ । कार्यशाला सहितको बैठकमा एसिया प्यासिफिकमा हवाई […]

Continue Reading