खाद्य शुद्धतालाई दृष्टिगत गर्दै पोखरामा अर्गानिक फुड बैंक, आर.के.लामाले गरे उद्घाटन

पोखरा, १८ चैत । बजारमा बढ्दो विषादीयुक्त अशुद्ध खाद्यान्नको बिक्री बितरणका कारण मानव स्वास्थ्यमा नै गम्भीर प्रभाव परिरहेको अवस्थामा खाद्य शुद्धतालाई दृष्टिगत गर्दै पोखरामा अर्गानिक फुड बैंक सञ्चालनमा ल्याइएको छ । दीपक जोशीका श्रीमती खुश्वु जोशी सहितको सकृयतामा अर्गानिक फुड बैंक सञ्चालनमा ल्याइएको हो । पोखरा महानगरपालिका वडा नं १२ भृकुटी टोल(परिवार नियोजन संघको भवनदेखि […]

Continue Reading

गोरखामा शारीरिक रुपमा असक्त महिलामाथि बलात्कार आरोपमा एक जना पक्राउ

गोरखा, चैत १७ । गोरखामा शारीरिक रूपमा असक्त १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–८ पन्द्रुङका ४२ वर्षीय सुचन्द्र गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रप्रसाद सुवेदीका अनुसार गुरुङले चैत १४ गते दिउँसो २ बजेको समयमा ती […]

Continue Reading

लागूऔषध सहित गोरखामा २ जना पक्राउ

गोरखा । गोरखा नगरपालिका वडा नं. ६, घ्याम्पेसाल बसपार्कबाट २ जना व्यक्तिहरूलाई लागूऔषध सहित पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब निरीक्षक इन्द्र प्रसाद सुवेदीका अनुसार चैत्र १५ गते शुक्रबार दिउँसो १:३० बजेको समयमा गोरखा नगरपालिका वडा नं. ६, घ्याम्पेसाल बसपार्कमा २७ वर्षीय विशाल बसेललाई शंकास्पद अवस्थामा पक्राउ गरी खानतलासी गर्दा लागूऔषध Diazepam […]

Continue Reading

गोरखाको धार्चेमा ट्रेकिङ्ग गाईडको मृत्यु

गोरखा । गोरखाको धार्चे गाउँपालिका वडा नं. ३ खोर्लाबेशीस्थित मनासलु पद यात्रा गर्दै रहेका एक अमेरिकी नागरिकको गाईड, ५४ वर्षीय सार्की शेर्पाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुवेदीका अनुसार इन्फो नेपाल ट्रेकिङ्ग एजेन्सी मार्फत मनासलु पद यात्रामा आएका शेर्पा हिँड्दा अचानक ढलेका थिए । ढल्दा उनको  टाउकोमा गम्भीर […]

Continue Reading

बुढीगण्डकी नदीमा डुबेर १६ वर्षीय बालकको मृत्यु

गोरखा । आरुघाट गाउँपालिका–१ का १६ वर्षीय बालक यूनिष गुरुङको बुधबार साँझ बुढीगण्डकी नदीमा डुबेर मृत्यु भएको छ। गुरुङ एसईई परीक्षा दिनको लागि गाउँपालिका वडा नम्बर ४ स्थित थुमी आएका थिए। प्रहरीका अनुसार, बुधबार साँझ करिब साढे ६ बजेतिर यूनिष गुरुङ बुढीगण्डकी नदीमा पौडी खेल्न गएका थिए। सोही समयमा नदीको बहावले उनलाई बगाएर डुबाएको थियो। […]

Continue Reading

सेन्ट्रल प्लाजामा आगलागी, ११ जनाको उद्धार

इटहरी । इटहरीस्थित सेन्ट्रल प्लाजामा बुधबार बिहान लागेको आगो नियन्त्रण गर्न प्रयास जारी छ। प्रारम्भिक जानकारीअनुसार गृह मन्त्रालयले १६ जनाको उद्धार भएको बताएको थियो, तर पछि यसलाई संशोधन गर्दै ११ जनाको मात्रै उद्धार भएको जानकारी प्राप्त भएको छ। उद्धार गरिएका ११ जनामध्ये ८ पुरुष र ३ महिला छन्। आगो बिहान साढे ९ बजे सुरु भएको […]

Continue Reading

गोरखामा जेसिजद्वारा विभिन्न क्षेत्रमा योगदान दिने महिलाहरुलाई सम्मान

गोरखा । गोरखा जेसिजले आज एक विशेष कार्यक्रम आयोजना गर्दै गोरखा जेसिजका विभिन्न क्षेत्रहरूमा योगदान दिएका महिलाहरुलाई सम्मानित गरेको छ। अन्तरास्ट्रिय महिला दिवसको अवसरमा गरिने भनिएको उक्त सम्मान कार्यक्रम जेसिजका पूर्व अध्यक्ष विश्व देव श्रेष्ठको असामयिक निधनका कारण यस कार्यक्रमको आयोजना आज गरिएको गोरखा जेसिजका अध्यक्ष सुमन गुरुङले जानकारी दिए। कार्यक्रममा गोरखा जेसिजका अध्यक्ष गुरुङले […]

Continue Reading

प्रहरी नायव निरीक्षक मिलन पन्थ फागुन महिनाको ‘बेष्ट पुलिस अफ द मन्थ’ घोषित

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले फागुन महिनाको उत्कृष्ट प्रहरी कर्मचारीको रूपमा प्रहरी नायव निरीक्षक मिलन पन्थलाई ‘बेष्ट पुलिस अफ द मन्थ’ घोषित गरेको छ। कार्य सम्पादनका आधारमा निरन्तर उत्कृष्ट प्रहरीको चयन गर्दै आएको जिल्ला प्रहरी कार्यालय गोरखाले, यसपटक प्रहरी नायव निरीक्षक पन्थलाई सम्मान प्रदान गरेको हो। प्रहरी संगठनको नीति निर्देशन अनुसार तोकिएको जिम्मेवारी र […]

Continue Reading

गोरखामा करेन्ट लाग्दा एक जनाको मृत्यु

१० चैत २०८१, आइतवार, गोरखा । गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। आज बिहान करिब ७ः३५ बजे आरुघाट गाउँपालिका–६ कल्लेरी निवासी २७ वर्षीय हरि बि.क. डिसहोम नेटको फाइबर मर्मत गर्ने क्रममा बिजुलीको खम्बामा चढ्दा करेन्ट लागी गम्भीर घाइते भएका थिए। घटनापछि उनलाई तत्कालै उपचारका लागि गोरखा अस्पताल लगिएको थियो। तर, उपचारका […]

Continue Reading

पूर्वराजा ज्ञानेन्द्र शाहको गोरखा भ्रमण, राजसंस्थाका पक्षधरद्वारा भव्य स्वागत

गोरखा । पूर्वराजा ज्ञानेन्द्र शाहले करिब २० वर्षपछि गोरखाको भ्रमण गरेका छन्। शनिबार गोरखा आइपुगेका शाहले गोरखकाली र गोरखनाथको पूजाआजा गर्नुका साथै स्थानीयबासीसँग भेटघाट तथा स्वागत ग्रहण गरेका छन्। राजसंस्थाको पुनःस्थापनाको माग उठिरहेका बेला राजसंस्था र राजतन्त्रप्रति आस्था राख्ने विभिन्न समूह तथा संस्थाहरूको आमन्त्रणमा शाह गोरखा पुगेका हुन्। बिहान ९ बजे तनहुँको आँबुखैरेनीमा उनलाई स्वागत […]

Continue Reading