पहिलो पटक विश्वकै सबैभन्दा अग्लो महिलाले विमानमा यात्रा गरिन्

संसारकै सबैभन्दा अग्लो महिला टर्कीकी रुमेसा गेल्गीले जीवनमा पहिलो पटक विमानमा उडान भरेकी छन् । रुमेसा गेल्गी, उनको २१५.१६ सेन्टिमिटर (७ फिट, ०.७ इन्च) उचाइका लागि गिनिज बुक अफ रेकर्डको धारक हुन्। संसारको सबैभन्दा अग्लो महिलालाई विदेश यात्रा गर्न सक्षम बनाउन, टर्किस एयरलाइन्सले आफ्नो एउटा विमानलाई विशेष गरी उनको लागि परिमार्जन गर्‍यो, विमानबाट छवटा सिटहरू […]

Continue Reading

प्रिसिजन एयरको विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

तान्जानियाको उत्तरपश्चिमी सहर बुकोबा नजिक आइतवार प्रिसिजन एयरको विमान भिक्टोरिया तालमा दुर्घटना हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तान्जानियाका प्रधानमन्त्री कासिम मजलिवाले नयाँ मृत्यु हुनेको संख्या तीनबाट बढाएको बताए। प्रेसिजन एयरले एक विज्ञप्तिमा भनेको छ कि दुर्घटनामा 24 जना बाँचे र अस्पताल लगिएको छ। घटनापछि अस्पतालमा भर्ना भएका अन्य दुई जना […]

Continue Reading

स्कुल बसको झ्यालबाट टाउको निकालेका विद्यार्थीको रुखमा ठोक्किएर मृत्यु

१७ कार्तिक, २०७९ – बिहिवार  काठमाण्डौ । स्कुलबाट घर फर्किने क्रममा काठमाण्डौमा दुर्घटनामा परेका एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाण्डौ नयाँ बसपार्कका १३ वर्षका आयुषमान दाहाल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जो दिउँसो बा १ क ४६४२ नम्बरको वेस्ट मन्टेश्वरीको बसमा घर फर्किँदै गरेका दाहाल दुर्घटनामा परेका थिए । प्रहरीका […]

Continue Reading

‘भेरिफाइड’ ट्विटर अकाउन्ट चलाउनेले मासिक आठ डलर तिर्नुपर्ने

सामाजिक सञ्जाल ट्विटरको नीलो टिकसहित प्रमाणित् अर्थात् ‘भेरिफाइड’ अकाउन्ट चलाउनेले अब मासिक आठ डलर तिर्नुपर्ने भएको छ । ट्विटरका नयाँ मालिक एलन मस्कले नीलो टिकसहितको प्रमाणित अकाउन्ट हुने र अबका दिनमा निलो टिक पाउनेले मासिक ८ डलरको शुल्क लगाउने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । गएको हप्ता मात्रै ट्विटरको पूर्ण स्वामित्व लिएका मस्कले नक्कली अकाउन्टहरु […]

Continue Reading

बिरामीका आफन्तद्वारा गोरखा अस्पतालका चिकित्सक कुटिए

विराज त्रिपाठी गोरखा बिरामीका आफन्तद्वारा गोरखा अस्पतालका चिकित्सक कुटिएका छन् । आइतबार दिउँसो साँढे चार बजेतिर बिरामीको चेकजाँच गरिरहेका डाक्टर अविनाश पराजुलीमाथि कुटपिट गरेको स्वास्थ्यकर्मी चिजकुमार श्रेष्ठले जानकारी दिए । ‘अपरिचित तीनजना युवाहरु ओपिडी कक्षभित्र प्रवेश गरी बिरामीलाई बाहिर निकाली ढोकामा चुकुल लगाएर कुटपिट गरी भागे’, श्रेष्ठले भने । घटनापछि बसेको अस्पताल व्यवस्थापन समितिको बैठकबाट […]

Continue Reading

गोरखामा झुन्डिएको अवस्थामा सडेको शब फेला

विराज त्रिपाठी २ कार्तिक, २०७९ – बुधवार   गोरखा नगरपालिका वडा १० विरिञ्चोक स्थित कालिमाटी कुवा नजिक एक जनाको झुन्डीएको अवस्थामा शव फेला परेको छ । करिब ४० देखि ४५ बर्ष उमेर भएको पुरुष अनुमानित मृत्यु भएको ४ देखि ५ महिना भइ सकेको जिल्ला प्रहरीले जनाएको छ । मृत्यु भएको धेरै समयका कारण सम्पुर्ण शरीर सडेको […]

Continue Reading

मंगलबार देशभरि सार्वजनिक विदा

३१ असोज, २०७९- सोमबार ईअस्त्र । सरकारले आइतबार निधन भएका शताब्दि पुरूष सत्यमोहन जोशीको निधनमा शोक मनाउन मंगलबार देशभरि सार्वजनिक विदा दिएको छ ।

Continue Reading

शताब्दी पुरूष सत्यमोहन जोशीको निधन

शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। किष्ट अस्पातलका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उनको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो। २४ दिन अघि अस्पतालमा भर्ना भएका १०३ वर्षीय वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो। स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज ७ गते किष्ट अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय उनलाई पिसाब संक्रमण, […]

Continue Reading

काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ठेलागाडा खोसेपछि हर्क साम्पाङले एक महिनाको तलब दिने घोषणा

असोज २८, २०७९ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ठेलागाडा खोसेपछि सामाजिक सञ्जालमा छाएकीशर्मिला तामाङलाई एक महिनाको तलब दिने घोषणा गरेका छन्। शर्मिलाले गाडा समातेर रोइरहेको फोटो र भिडिओ भाइरल भएपछि मेयर साम्पाङले फेसबुकमा उनको तस्बिर शेयर गर्दै लेखेका छन्, यी बैनी को हुन्? यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा […]

Continue Reading

८ बर्ष पछी गोरखालाई लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ जे को दोस्रो क्याबिनेट बैठकको मौका

विराज त्रिपाठी गोरखा । ‘लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ जे’ को दोस्रो क्याबिनेट बैठक गोरखामा हुने भएको छ । उक्त बैठक ८ बर्ष पछी गोरखामा हुन लागेको हो । लायन्स क्लब अफ गोरखा, लायन्स क्लब अफ गोरखा आरुघाट, लायन्स क्लब अफ गोरखा कालिका, लायन्स क्लब अफ गोरखा सिटी र लायन्स क्लब अफ गोरखा तारानगरको संयुक्त […]

Continue Reading