कमला घिमिरेको दोहोरी चर्चा र विवादमा, १० लाख वाला टुक्काले सामाजिक सञ्जालमा चर्चा

समाचार

कमलाले केही दिनअघि गायक सुमन परियारसँग लाइभ दोहोरी गाएकी थिइन्, जसको विषयवस्तु विवादास्पद थियो । पछिल्लो समयका दुई ठूला स्क्यान्डलहरुलाई मसला बनाएर दुई कलाकारले दोहोरी गाएका थिए । यिनै बाल प्रतिभाको एउटा लाइभ दोहोरी अहिले चर्चा र विवादमा छ ।

छहारी युट्युब च्यानलले चार दिनअघि युट्युबमा अपलोड गरेको यो भिडियोका केही टुक्का अहिले टिकटकमा भाइरल छन् ।उमेरले भर्खर टिनएजमा प्रवेश गरेकी कमलासँग सुमनले वयस्क भावमा दोहोरी गाएका छन् ।               

दोहोरीमा कसलाई निशाना बनाइएको हो भन्ने बुझ्न कठिन छैन । खासगरी १० लाख वाला टुक्काले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । धेरैले वास्तविकता ओकलेको भन्दै कमलाको प्रशंसा गरेका छन् । तर, आलोचनाका स्वरहरू पनि सुनिन थालेका छन् ।

हालैको प्रतिनिधिसभा चुनावमा नेकपा एकीकृत समाजवादीबाट समानुपातिक उम्मेदवार रहेकी कलाकार जमुना सुमनले फेसबुकमा कमलाको आलोचना गरेकी छन् । उनको स्टाटस छ, ‘कमला बैनी कति छिटो ठूली भइन् । आज लाइभ दोहोरी सुनेको लाज पो लाग्यो ।

कलाकार नकुल ढकाल नवीनले लेखेका छन्, ‘प्रिय बहिनी कमला तिमीलाई समीक्षाले बोकेको पीडा बोक्न नपरोस् समीक्षा गलत होलिन् तर उनी उमेरले नादान थिइन् । पल शाह त्यति माथि पुगेको मान्छेले कानून नबुझ्नु पलको कमजोरी हो । पल र सन्दीपलाई जोड्न मिल्दैन । कहाँको पल अंकल उमेरको, कहाँको सन्दीप टीन एजको युवा ।

ढकालले अर्को स्टाटसमा समीक्षालाई यस विषयमा कानूनी उपचार खोज्न समेत सुझाव दिएका छन् । टिकटकमा भने अधिकांश प्रतिक्रिया कमलाको समर्थनमा छन् । टिनएजर केटीहरूले कानूनको आडमा केटाहरूलाई फसाएर जेल पुर्‍याउने विकृति बढेको भन्दै सत्य उजागर गरेकोमा धेरैले कमलालाई धन्यवाद समेत दिएका छन् ।

संयोग हो वा के हो यो गीत सार्वजनिक भएको दुई दिनपछि गायिका समीक्षा अधिकारीले मध्यरातमा हताश स्टाटस लेखेकी थिइन् । केही बेरमा उनले सो स्टाटस हटाइन् । स्रोतका अनुसार केही दिनदेखि समीक्षाको मानसिक स्वास्थ्य राम्रो छैन । यो गीत र यसमा आएका प्रतिक्रियाहरूले उनलाई फेरि चोट थपेको निकट स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *