भारतीय अभिनेत्री तुनिषाले सुटिङ सेटमै आत्महत्या गरिन्

बिदेश समाचार

भारतीय अभिनेत्री तुनिषा शर्माले सुटिङ सेटमै आत्महत्या गरेकी छिन्। आत्महत्याको मुद्दामा उनका को-स्टार शिजन खानलाई पक्राउ गरिएको छ।

ठाणे जिल्लाको वालीव प्रहरीले उनलाई आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरेको हो। उनीविरुद्ध सोही आरोपमा आइपीसी धारा ३०६ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

तुनिषाले कैटरिना कैफको फिल्म ‘फितुर’मा उनको बालकाल्यको भूमिका निर्वाह गरेकी थिइन्। ‘अलीबाबा दास्ताने काबुल’मा शाहजादी मरियमको भूमिका गरिरहेकी थिइन्। ‘बार बार देखो’, ‘कहानी-२’, ‘दबंग-३’ जस्ता फिल्ममा बालकलाकारका रुपमा उनले काम गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *