दरौदी नदीमा डुबेर एक युवकको मृत्यु

गोरखा । गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ। आज दिउँसो करिब ४:३० बजे दरौदी नदीमा आफ्ना साथीहरूसँग पौडी खेल्ने क्रममा बारपाक सुलिकोट गाउँपालिका–८ गैरीछापका २३ वर्षीय आयुष गुरुङ डुबेर बेपत्ता भएका थिए। सूचना प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको गोताखोर टोली तथा स्थानीयवासीहरूको सहयोगमा खोजी कार्य […]

Continue Reading

उत्कृष्ट वडा बुङकोटमा पुरस्कार स्वरूप प्राप्त ५ लाखको योजना कार्यान्वयन

गोरखा । शहीद लखन गाउँपालिका–७, बुङकोट लाई यही वैशाख २३ गते  गाउँपालिका भित्रकै “उत्कृष्ट वडा” घोषणा गरिएको थियो । पुरस्कार स्वरूप प्राप्त ५ लाख रुपैयाँ बजेटबाट “खाब्दि भञ्ज्याङदेखि वडा कार्यालयसम्मको बाटो ढलान तथा स्तरोन्नती” योजना कार्यान्वयन हुने भएको छ। उक्त योजना कार्यान्वयनका लागि सञ्जिता श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ भने मदन […]

Continue Reading

भिसी गजे घलेको वीरता अब संग्रहालयमार्फत सन्देश बन्ने

गोरखा । गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज गोरखाको ऐतिहासिक गाउँ बारपाकमा अवस्थित भिसी गजे घले संग्रहालय तथा तारा स्मारकको उद्घाटन गरेका छन् । वीरताको प्रतीक मानिने गजे घलेको सम्मानमा निर्माण गरिएको संग्रहालयले नेपाली सैनीक इतिहासमा नयाँ अध्याय थपेको छ। मुख्यमन्त्री पाण्डेले उद्घाटन समारोहमा बोल्दै वीर गोर्खाली गजे घलेको योगदानले बारपाकलाई विश्वभर चिनाउने काम […]

Continue Reading

कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने

पोखरा, २६ वैशाख । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज (शुक्रवार) साधु, सन्त, महन्त, हास्य कलाकार तथा गायिकाको उपस्थिति रहने भएको छ। कोटिहोममा भारतको हरियाणा बाट  श्री १००८ महामण्डलेश्वर स्वामी विशेश्वरानन्द आज आउँदै छन् । कोटिहोममा चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आउने प्रचार प्रसार संयोजक […]

Continue Reading

एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पोखरामा

पोखरा, २३ वैशाख । एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पर्यटन राजधानी पोखरामा भेला भएका छन् । उनीहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण अन्तरगतको हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको सातौँ बैठकमा सहभागी हुन पोखरामा भेला भएका हुन् । समूहको बैठक वैशाख २७ गतेसम्म पोखरामा बस्ने छ । कार्यशाला सहितको बैठकमा एसिया प्यासिफिकमा हवाई […]

Continue Reading

कोटीहोममा हजार कन्याको पूजा र हजार ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । आगामी शनिबार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर […]

Continue Reading

गोरखामा रुखबाट लडेर घाइते भएका पुरुषको उपचारका क्रममा मृत्यु

बैशाख २२, गोरखा । गोरखा जिल्लाको भिमसेन थापा गाउँपालिका–७ सिमलटारमा घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। ५० वर्षीय राम बहादुर कुमाल वैशाख २० गते दिउँसो करिब ३ बजे आफ्नै घर नजिकको समीको रुखमा घाँस काट्न चढेका थिए। सोही क्रममा सन्तुलन गुमाएर लडेका कुमाल गम्भीर घाइते भएका थिए। […]

Continue Reading

गोरखामा माछा मार्ने क्रममा लडेका वृद्धको उपचारको क्रममा मृत्यु

बैशाख २२, गोरखा । गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदी किनारमा माछा मार्ने क्रममा लडेर बेहोस भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सोही ठाउँमा बसोबास गर्दै आएका ६० वर्षीय लक्ष्मण कुमाल आइतबार दिउँसो करिब १२:५० बजे दरौदी नदी किनारमा माछा मार्ने क्रममा अचानक लडेका थिए। लडेपछि उनी बेहोस अवस्थामा […]

Continue Reading

कोटीहोममा ४० युनिट रगत संकलन, शनिबारमात्रै १५ हजार भक्तजन सहभागी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजक मानव सेवा फाउण्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको हो । कोटीहोममा एक सय कुण्डमा दैनिक रुपमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीय व्यासाचार्य प्रशान्त कृष्ण पंराकुशजीमार्फत रामायण प्रवचन, वाचिका […]

Continue Reading

गोरखा मोबाइल व्यवसायीको नेतृत्वमा सन्दिप ढकाल: दोस्रो अधिवेशनबाट सर्वसम्मत चयन

गोरखा । गोरखा जिल्लाका मोबाइल व्यवसायीहरूलाई समेटेर गठित मोबाइल व्यवसायी संघ, गोरखा को दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले सन्दिप ढकाललाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गर्दै संस्था सञ्चालनको जिम्मेवारी सुम्पिएको हो। गोरखा सदरमुकाममा  शुक्रबार साँझ सम्पन्न अधिवेशनमा जिल्लाका विभिन्न स्थानबाट सहभागी व्यवसायीहरूको उपस्थितिमा नयाँ नेतृत्व टिम चयन गरिएको हो। संघका अध्यक्ष सुमन कार्कीको […]

Continue Reading