स्रोत नखुलेको २६ लाख ५७ हजार रकमसहित दुई जना पक्राउ

२२ कार्तिक २०८०। काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका-२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका-१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले […]

Continue Reading

छैठौं संस्करणको मिस मगर नेपाल–२०२३ का प्रतियोगीले राखे विभिन्न प्रस्तुती

पोखरा, १८ कार्तिक । छैठौं संस्करणको मिस मगर नेपाल–२०२३ का अन्तिम १० प्रतिस्पर्धीले सेल्फ ट्यालेण्ट राउण्डमा आ–आफ्ना विभिन्न प्रस्तुती राखेका छन् । शनिबार होटल पोखरा ग्राण्डमा आयोजित सेल्फ ट्यालेण्ट राउण्ड कार्यक्रममा अधिकांशले नृत्य प्रस्तुत गरे भने केही कविता वाचन, अभिनय र विषयगत प्रस्तुती राखे । पूर्वको उदयपुरदेखि पश्चिमको सुर्खेतसम्मका मिस मगर नेपालका प्रतियोगीले आ–आफ्ना अन्तरनिहित […]

Continue Reading

गण्डकी प्रदेशले भुकम्प पीडितकालागि १ करोड दिने, औषधी सहित चिकित्सक शनिवार नै पुगे

कार्तिक १९ । गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । आईतवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भुकम्प पीडितको खोज, उद्धार तथा राहत प्रयोजनकालागि गण्डकी प्रदेश सरकारको तर्फबाट कर्णाली प्रदेश सरकारलाई एक करोड सहयोग गर्ने निणर्य गरेको हो । ‘भुकम्पले कर्णाली प्रदेशमा ठुलो […]

Continue Reading

गण्डकी प्रदेश सरकारले चिकित्सक र स्वास्थ्यकर्मी सहितको टोली भुकम्प प्रभावित क्षेत्रमा पठायो

(गण्डकी प्रदेश सरकारको अपिल सहित) कार्तिक १८ । गण्डकी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली पठाएको छ । भुकम्प प्रभावितहरुको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर बिकास गौचनको नेतृत्वमा विषेशज्ञ चिकित्सक सहितको टोली त्यसतर्फ गएको हो । प्रभावित क्षेत्रमा मानवीय सहायता पु¥याउने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य सामग्री सहितको टोली पठाइएको मुख्यमन्त्री […]

Continue Reading

बारामा गोली प्रहार गरी प्रधानाध्यापकको हत्या गरेको घटनामा संलग्न पाँच जना पक्राउ

कार्तिक १५ । कलैया उपमहानगरपालिका-६ मदर्शा टोलमा बाल एकता ईङगलिस बोडिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक सोही ठाउँ बस्ने ३५ वर्षीय गुड्डु भन्ने रूपेश स्वर्णकारको गोली प्रहारबाट हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा मुख्य योजनाकार सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-६ मदर्शा टोल बस्ने २२ वर्षीया राधा गुप्ता, ३४ वर्षीय […]

Continue Reading

ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने पाँच जना पक्राउ

कार्तिक १२, काठमाडौं । ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै १८ जना पीडितहरूबाट १५ लाख २० हजार ९ सय रूपैयाँ बराबरको धनमाल ठगी गरेको अभियोगमा ५ जनालाई रौतहटका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट गौर नगरपालिका-५ बस्ने २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय कन्हैया कुमार कुशवाहा, २० वर्षीय अभय कुमार यादव, […]

Continue Reading

१५ दिने बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा पर्व मनाइँदै

कार्तिक ११ । १५ दिने बडादशैँको अन्तिम दिन आज नेपाली हिन्दू धर्मावलम्बीले ऐश्वर्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाउँदैछन् । कोजाग्रत पूर्णिमाका दिन मनाइने बडादशैं पर्व आज साँझ घरघरमा पुगी महालक्ष्मीको पूजा आराधना गरी रातभर जागर गरी समापन हुँदैछ । शास्त्रनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै हुनेछ […]

Continue Reading

ग्लोबल गोरखा समाजको ७ औँ बार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौँ, असोज ३० । प्रवासी गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाजको ७ औँ बार्षिक साधारण सभा तथा अक्षयकोष स्थापनार्थ कार्यक्रमको सम्पन्न भएको छ । सोमबार समाजले अक्षयकोषका लागि लाखौँ रुपैँया सहयोग रकम संकलन गर्दै ७ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रमको अबसरमा संस्थाको वृद्धि विकासमा टेवा पुर्याउन स्थापना कालदेखि विभिन्न पदमा रही […]

Continue Reading

गोरखामा मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा अशान्ति मच्चाउने दुई जना पक्राउ

असोज २९ । गोरखामा आइतबार बेलुकि करिब ८ बजे मादक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा स्थानिय मानिसहरुको ढोका तथा सवारी साधनहरुमा ढुङ्गा हानी, हो-हल्ला गरी अशान्ति मच्चाउने दुई जना पक्राउ परेको छ । पक्राउ पर्नेमा प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठका अनुसार गण्डकी गाउँपालिका वडा नं.१ मकैसिङका २२ बर्षका बिशाल परियार र सोही ठाउँका १८ […]

Continue Reading

प्रेमको प्रपञ्चमा पारी अनलाइनमार्फत ठगी गर्ने पक्राउ

काठमाडौं, असोज २५ । अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-१९ बस्ने २९ वर्षीय सनिषा मल्ललाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न सामाजिक सञ्जालको दुरुप्रयोग गरी पीडितलाई आफु ईटालीको नागरिक हुँ भन्दै प्रेमको प्रपञ्चमा पारी आईफोन, लेडिज ब्याग, सुन तथा गरगहना ५ हजार डलर सहितको गिफ्ट पठाईदिने र उक्त पार्सल पाउनको लागि भन्सार […]

Continue Reading