हिउँदको समयमा रारा ताल आन्तरिक पर्यटकको लागि आकर्षणको केन्द्र 

समाचार

माघ ८ । मुगुमा अवस्थित राराताल आन्तरिक पर्यटकको प्रमुख आकर्षणको मुख्य गन्तव्य बनेको छ । रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन । यो ताल हिउँदको समयमा हिउँले ढपक्क ढाकेको हुन्छ भने जेठको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म रारा ताललाई फूलै फूलले ढपक्क ढाकेको हुन्छ ।

आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्ने गरेको रारा ताल समुन्द्री सतहबाट दुई हजार नौ सय ९० मिटर उचाइमा रहेको छ । रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र दुई सय ७२ प्रजातिका चराचुरुङ्गी पाइन्छन् । रारा ताल जानका लागि वर्षभरि नै उपयुक्त भए पनि हिउँले ढाकेको रारा र फूलैफूलले ढाकेको रारा हेर्नका लागि धैरेजसो आन्तरिक पर्यटक जाने गर्छन् ।

रारा तालको पूरा आकृति हेर्नका लागि समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्तस्थल रहेको छायाँनाथरारा नगरपालिका–७ का बासिन्दा राजु मल्लले जानकारी दिए । रारा ताल रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले रारासम्म सवारी साधन प्रवेश निषेध छ ।

मिलीचौरमा सवारी साधन रोकेर रारा तालतर्फ पैदल यात्रा गर्नुपर्छ । पैदल यात्रा गर्न नसक्नेहरुका लागि घोडाको व्यवस्थासमेत छ । सवारी साधन छाडेपछि करिब ३० मिनेटको यात्रापश्चात तालको छेउ पुग्न सकिन्छ । राराताल मुगुको मात्रै नभएर देशकै गहना हो । यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परेको छ ।

नेपालको सबैभन्दा ठूलो ताल कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल हो, जसलाई महेन्द्र दह पनि भनिन्छ। यो समुद्र सतह माथि लगभग ३२०० मिटर मा अवस्थित छ, र १०.४ वर्ग किलोमिटर (४.० वर्ग माइल) को कुल क्षेत्र छ। कर्णाली प्रदेशको रारा ताल नेपालको सबैभन्दा गहिरो ताल हो, जसको गहिराई १६७ मिटर छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *