माघ २ । चितवनका डिएसपी श्रीराम भण्डारीका अनुसार नदीबाट निकालिएको जीप भारतीय नम्बर प्लेटको हो । नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट बी आर ०९ जीसी १४३० नम्बरको सिंगल क्याबिन भएको सेतो रङको बोलेरो प्रहरीले नदीबाट निकालेको हो । तर जीपका चालक वा यात्रु भने भेटिएका छैनन् ।
चितवनका प्रहरी प्रवक्त डिएसपी श्रीराम भण्डारीका अनुसार आज बिहान ४ः४० मा त्रिशुली नदीको ३ नम्बर पुलमा खसेको भारतीय नम्बर प्लेटको बोलेरो जिप दुर्घटनामा कुनैपनि मानवीय क्षति भएको छैन।
उनले भने, प्रत्यक्षदर्शीले हामीलाई बताए अनुसार गाडीका चालक करिब ५ः३० बजे अर्को गाडी चढेर गएको देखेका थियौं। गाडी दुर्घटना हुनु अघि चालकले हाम फालेर ज्यान जोगाएको र अर्को गाडीमा कतै गएको हो।
