गोरखा दरबारबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा । बडादसैंको फूलपाती पर्वको अवसरमा सोमबार गोरखा दरबारको दसैंघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपाती पठाइएको छ। शुभसाइत बिहान ७:३० बजे दरबारका सुसारेहरूले पूजा–अर्चना गरी फूलपातीसहितको डोली सरकारी गाडी (बा २ झ ३८८२) मार्फत पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए। यसअघि गोरखा दरबारको दसैंघरदेखि बाजागाजासहित ¥याली निकालेर फूलपातीको विदाइ गरिएको थियो। […]

Continue Reading

गोरखाको नयाँसाघुमा ‘तिहार सस्तो मेला–२०८२’ आयोजना

गोरखा । गोरखा सदरमुकाम नजिकै नयाँसाघु बजारमा आगामी असोज २२ गतेदेखि कात्तिक २ गतेसम्म १२ दिनसम्म ‘तिहार सस्तो मेला–२०८२’ आयोजना हुने भएको छ । दरौदी सृजनशील महिला समूहको आयोजनामा हुने मेलामा करिब १०० वटा स्टल रहनेछन् । स्थानीय उत्पादन, कला–संस्कृति, जातीय भेषभूषा र घरेलु सामानहरूको प्रदर्शनी तथा बिक्री हुनेछ । साथै, बाल उद्यान, पिङ र […]

Continue Reading

पालुङटारमा ‘रेडबुल’ बिक्रीमा प्रतिबन्ध, नक्कली ध्यू पनि नियन्त्रणमा

गोरखा । गोरखाको पालुङटार नगरपालिकाले ‘ईन्रर्जी ड्रिंक रेडबुल’लाई करछली गरेर अवैध रूपमा भित्रिने गरेको भन्दै बिक्री–वितरणमा रोक लगाएको छ । नगरपालिकामा असोज १० गते उपभोक्ता हित संरक्षण समितिको बैठक बसेर निर्णय गरेपछि पालिकाले जिल्ला प्रहरी कार्यालय गोरखा र इलाका प्रहरी कार्यालय ठाँटापोखरीलाई पत्राचार गरी कार्यान्वयनमा सहयोग मागेको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले जानकारी दिए । […]

Continue Reading

गोरखा दरबारको दानपेटिकामा १९ वर्षमा करिब २० लाख संकलन

गोरखा । गोरखा दरबारमा राखिएको दानपेटिकाबाट १९ वर्षको अवधिमा करिब २० लाख रुपैयाँ संकलन भएको छ। मूल पूजारी सारदा प्रसाद भट्टराईका अनुसार ०६४ सालदेखि राखिएको दानपेटिकाबाट हालसम्म १९ लाख ५५ हजार ६१ रुपैयाँ संकलन भएको हो। पछिल्लो पटक ०८२ साल बैशाख १५ गतेदेखि असोज ९ गतेसम्म संकलन भएको रकम गणना गर्दा २ लाख ८ हजार […]

Continue Reading

गोरखामा अवैध बन्दुकसहित ६३ वर्षीय पुरुष पक्राउ

गोरखा । गोरखा प्रहरीले अवैध बन्दुकसहित एक पुरुषलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पालुङटार नगरपालिका–३ आँपपिपल, मैबलका ६३ वर्षीय रामबहादुर राना मगर रहेका छन्। जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुवेदीका अनुसार रानामगरको घर तलासी गर्दा दुई थान नाले भरुवा बन्दुक, बारूद र फलामका चार थान गज बरामद गरिएको […]

Continue Reading

गोरखा दरबारसहित मनकामना मन्दिरमा जमरा राखी घटस्थापना सम्पन्न

गोरखा । वडादशैं अर्थात नवरात्रको पहिलो दिन घटस्थापना पर्वको अवसरमा गोरखा दरबारको दशैंघर सहित विभिन्न स्थानमा विधिपूर्वक जमरा राखिएको छ । आज बिहान ९ बजेर १३ मिनेटको शुभसाइतमा दरबारको गर्भगृह, जमरा कोठा, गोरखनाथ गुफा, उपल्लो कोट र तल्लो कोटमा गरी २ पाथी ७ माना जौंको जमरा राखिएको गोरखकाली मन्दिरका मूलपुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिए । […]

Continue Reading

दशैं–तिहारमा सुरक्षित यात्रा सुनिश्चित गर्न गोरखामा ३ स्थानमा नागरिक सहायता कक्ष स्थापना

गोरखा । आगामी दशैं र तिहार पर्वमा यात्रुहरूको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न गोरखामा ३ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले सदरमुकाम कालिमाटी बजार, १२ किलो बजार र आरुघाटमा सहायता कक्ष सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्र प्रसाद […]

Continue Reading

गोरखामा अरिंगालले चिल्दा एक जना घाइते

गोरखा । गोरखा सदरमुकाममा अरिंगालले चिल्दा एक पुरुष घाइते भएका छन् । पालुङटार नगरपालिका–१ का स्थायी बासिन्दा तथा हाल गोरखा नगरपालिका–६, सरस्वती मार्ग बस्दै आएका ४५ वर्षीय सन्त बहादुर लामा अरिंगालले चिल्दा घाइते भएका हुन् । घरभित्र जस्तापातामा टाँसिएको गोलो वर्षाको कारण खसेपछि अतालिएको अरिंगालले लामामाथि आक्रमण गरेको परिवारले जनाएको छ । कम्तीमा ३० वटा […]

Continue Reading

गोरखामा सहुलियत ऋणका लागि संघ र एनआईएमबी बैंकबीच सम्झौता

गोरखा । गोरखामा व्यवसाय गर्न चाहने तथा गरिरहेका व्यवसायीहरुलाई सहुलियत ऋण उपलब्ध गराउन गोरखा उद्योग वाणिज्य संघ र एनआईएमबी बैंकबीच सम्झौता भएको छ । सो सम्झौता सदरमुकाममा मंगलबार सम्पन्न कार्यक्रममा संघका अध्यक्ष भगवानबावु मास्के र बैंकका गोरखा शाखा प्रमुख मिलन सिंह बस्नेतले हस्ताक्षर गरेका हुन् । संघले पत्रकार सम्मेलन गर्दै सम्झौताअनुसार संघमा आबद्ध व्यवसायीहरुले संघको […]

Continue Reading

गोरखामा डेंगी र स्क्रबटाईफसका करिब २०० संक्रमित

गोरखा । गोरखामा डेंगी र स्क्रबटाईफसका संक्रमण तीव्र रुपमा फैलिएको छ । जिल्लाका ६ वटा स्थानीय तहमा हालसम्म करिब २०० जना संक्रमित फेला परेको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । कार्यालयका ल्याब टेक्निसियन निरिक्षक नारायण अर्यालका अनुसार भाद्र ३० गतेसम्मको तथ्यांक अनुसार जिल्लामा १३९ जना स्क्रबटाईफसका र ५८ जना डेंगीका बिरामी फेला परेका छन् […]

Continue Reading