एसइईको नतिजा आज साँझसम्ममा सार्वजनिक गरिँदै,यसरी हेर्न सकिन्छ नतिजा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पु¥याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर […]

Continue Reading

जन्ती बोकेको जिप दुर्घटना हुन्दा ५ जनाको मृत्यु, सवारी चालक पक्राउ

गत असार ८ गते गोरखामा भएको जिप दुर्घटनाको सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोरखाको शहिदलखन गाउँपालिका वडा नं ३ सिलिङ नजिकै कोटगाउँबाट पोखरीडाँडा जन्ती लिएर जाँदै गरेको ३ वटा गाडी मध्ये प्र ३–०१–०२३ च २४२७ नं.को बलेरो जिप सडक देखी २५० मिटर तल भिरमा खस्न गई दुर्घटना भएको थियो । दुलहा दुलहीसहित कोटगाउँबाट […]

Continue Reading

गोरखामा चोट लागि घाईते भएको ब्यक्तीको मृत्यु पश्चात् हत्या भएको खुलासा

गोरखामा १ जनालाई कर्तव्य ज्यानको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । मिति २०८० असार १५ गते गोरखा जिल्ला पालुङटार न पा वडा नं १ खोपलाङ स्थित भाइ कृष्ण सुनारले सञ्चालन गरेको एस एन एस एकिकृत कृषि तथा पशुपक्षी फर्ममा काम गर्ने जिल्ला ,भरतपुर महानगरपालिका चितवन वडा नं २० चन्द्रनगर बस्ने ३४ बर्षको बिशाल भनी बोलाइने […]

Continue Reading

गोरखामा धन्सार भत्किदा एकको मृत्यु तीन जना गम्भीर घाइते

गोरखामा आफ्नै धन्सार भत्किएर पुरिँदा एक महिलाको मृत्यू भएको छ भने तीन जना गम्भीर घाइते भएका छन । आज (मंगलबार) करिब ९ बजे गण्डकी गाउँपालिका-४ पाटापाटीमा उक्त घटना घटेको हो । घटनामा परि ४१ बर्षीया मीना बरामको घटना स्थलमै मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही धन्सारले चेपेर मृतक मीना बरामका श्रीमान जंगबहादुर […]

Continue Reading

गोरखामा अहिलेसम्म १२ प्रतिसत क्षेत्रफल जमिनमा मात्र रोपाइँ

प्रतीक्षा आले असारको दोस्रो साता वितिसक्दा पनि गोरखामा अहिलेसम्म १२ प्रतिसत क्षेत्रफल जमिनमा मात्र रोपाइँ भएको छ । ढिलोगरी मनसुनी बर्षा भएका कारण जिल्लामा रोपाइँ गर्न ढिलाई भएको कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो । अघिल्लो बर्ष यतिबेला जिल्ला भित्र २२ प्रतिसत क्षेत्रफल रोपाइँ सम्पन्न भएको थियो । जिल्लाको दक्षिणी भूभागमा धेरैजसो बर्खे […]

Continue Reading

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकालाई डढेलो मुक्त क्षेत्र घोषणा

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकालाई डढेलो मुक्त क्षेत्र घोषणा गरिएको छ । गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममै समेटेर गाउँपालिकालाई डढेलो मुक्त क्षेत्र घोषणा गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए । डढेलोबाट बनजंगलको नाश मात्र नभई वातावरणीय असरले जलबायु परिवर्तनमा समेत नकारात्मक प्रभाव पारिरहने हुनाले यसलाई रोकथाम र नियन्त्रणका लागि सिङ्गो गाउँपालिकालाई […]

Continue Reading

मानसिक अवस्था सुस्त भएकी महिलालाई जबरजस्ती करणी गरेको कसूरमा १ जना पक्राउ

गोरखामा मानसिक अवस्था सुस्त भएकी महिलालाई जबरजस्ती करणी गरेको कसूरमा शहिदलखन गा.पा. वडा नं.१ गोरखाका नारायण बहादुर राना पक्राउ परेको छन । शनिबार दिउँसो करिब १२ बजेको समयमा शहिदलखन गा.पा. वडा नं.१ स्थित सानो दिप्लिङमा मानसिक अवस्था सुस्त भएकी २९ बर्षकी हाल नाम परिवर्तित “(०७९।०८०)म कुमारी”लाई ४५ बर्षका रानाले जबरजस्ती करणी गरेको भनि जाहेरी दरखास्त […]

Continue Reading

सिरानचोकको नीति तथा कार्यक्रम:पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण गरिने

सिरानचोक गाउँपालिकाले सार्वजनिक गरेको आगामि आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि सिरानचोककोटमा आवश्यक पूर्वाधार निर्माण गरिने बताइएको छ। नेपाल सरकारको सहयोगमा नेपाली सेनाद्वारा तयार गरिने एकीकरण पदमार्गमा सिरानचोक कोटको ऐतिहासिक गौरवमय योगदानलाई समावेश गर्नका लागि आवश्यक पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पालिकाको सीमाक्षेत्र एकिन गरी सिमानामा कलात्मक […]

Continue Reading

विपद् र शान्ति सुरक्षाका सवालमा प्रदेश सरकार सँधै सँगै छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति गराउने र बिपद् जोखिम न्यूनिकरणका सवालमा प्रदेश सरकार सँधै सँगै रहेको बताएका छन् । ‘विपद् ब्यवस्थापन, जोखिम न्यूनिकरणमा हामी सबैको पहिलो प्राथमिकता हुनुपर्छ’ गण्डकी प्रदेशका सबै जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिँदै उनले भने ‘हाम्रो साधन स्रोतले भ्याए सम्म प्रदेश सरकार सँगै छ, रहन्छ ।’ मुख्यमन्त्री […]

Continue Reading

क्रसर उद्योग व्यवसायीद्धारा बालुवा र गिट्टीको बिक्री वितरणमा रोक

प्रतिक्षा आले मगर १६ असार । गण्डकी क्रसर उद्योग व्यवसायी संघले शनिबार पत्रकार सम्मेलन गरी शनिबार देखि बालुवा र गिट्टीको बिक्री वितरणमा रोक लगाएका छन् । सरकारले लामो समयदेखि क्रसर उद्योग नवीकरण रोकेर अन्यायपूर्ण व्यवहार गरेको भन्दै व्यवसायीले आजदेखि सम्पूर्ण बिक्री रोकेका हुन् । नेपाल क्रसर तथा खानी उद्योग महासङ्घका अध्यक्ष सिताराम न्यौपानेले सरकारले आफूहरु […]

Continue Reading