शुक्रबार सञ्जालका प्रतिनिधिहरुको उपस्थितिमा सञ्जालका संयोजक स्थानेश्वर दुवाडीले विभिन्न समस्याहरु समेटिएको ध्यानाकर्षण पेश गर्दै समाधानका लागि आग्रह गरेका छन् ।
पछिल्लो समय गोरखा जिल्लाका अधिकांश स्थानीय तहहरुका पशुचौपायामा महामारीको रुपमा देखिएको ‘लम्पी स्किन’ रोगबाट किसानहरु प्रत्यक्ष मारमा परेकाले सो समाधानका लागि ध्यानाकर्षणपत्रमार्फत आग्रह गरिएको छ ।
‘लम्पकीस्किनले थप भयावहको स्थिति समेत पैदा गर्न सक्ने जोखिमको अवस्था रहेकाले तत्काल नियन्त्रणका लागि खोप लगायत आवश्यक स्रोत साधनको ब्यवस्थापन, पशुवस्तुमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति, राहत तथा विमाको भुक्तानीका लागि सम्बन्धित निकायसम्म आवश्यक पहल र समन्वयका लागि अनुरोध छ’, सो पत्रमा भनिएको छ, ‘गोरखा बजारका घरघरमा पानी वितरण गर्दै आएको साना सहरी खानेपानी आयोजनाको लापरवाही बढ्दो छ । लेदो मिसिएको, अत्याधिक फोहोर र धमिलो रहेको पानी वितरण गरेको सेवाग्राहीको गुनासो छ । यसले नागरिकको स्वच्छ पिउने पानीको अधिकार समेत हनन गरेकाले तत्काल यो समस्या समाधानका लागि पहल गरिदिनुहुन अनुरोध छ ।’
अघिल्लो बर्षहरुमा झैँ अत्याधिक बर्षादका कारण जिल्लाको पालुङटार नगरपालिका, गोरखा नगरपालिका, चुमनुब्री, धार्चेगाउँपालिका लगायतका स्थानीय तहहरुमा बाढी पहिरो लगायतका विपदबाट जनधन र भौतिक संरचनाहरुको क्षति भएको स्मरण गराउँदै, यस बर्ष समेत सम्भावित जोखिमको पहिचान गरी आवश्यक पूर्वतयारी लगायतमा ध्यान दिन सो सञ्जालले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाबाट प्रवाह हुने सेवा प्रवाह विगतको तुलनामा केहि सुधारिएको भएपनि अझै पनि पासपोर्ट, राष्ट्रिय परिचयपत्र, नागरिकता तथा बिभिन्न सिफारिस लगायतका सेवा लिँदा सेवाग्राहीले अझै पनि बिभिन्न समस्या, झण्झट ब्यहोर्नुपरेको भन्दै नागरिक साझा सवालले बिचौलियाको परिवन्धमा पर्ने गरेको, फोटो स्टुडियोहरुले अत्याधिक रकम असुल्ने गरेको लगायत विविध समस्या देखिएकाले त्यसतर्फ समेत यस नागरिक साझा सवालको ध्यानाकर्षण भएकाले तत्काल समस्या पहिचान गरी समधानका लागि आवस्यक पहल गरिदिन सो सञ्जालले आग्रह गरेको छ ।
