नेपाल नेत्रहिन संघ, पुनस्र्थापना कार्यक्रमको सार्वजनिक सुनुवाई सम्पन्न

नेपाल नेत्रहीन संघ, पुनस्थार्पना कार्यक्रमको सार्वजनिक सुनुवाई तथा जिल्ला स्तरीय परियोजना सल्लाकार समितिको वैठक सम्पन्न भएको छ । गोरखा सदरमुकाममा आईतबार एक कार्यक्रमका बीच सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । नेपाल नेत्रहिन संघ पुनस्थापना कार्यक्रम कार्यालयको आयोजनामा भएको कार्यक्रममा कार्यालयले २०२० देखि जिल्लाका ८ वटा पालिकामा गरेको गतिविधिहरुका बारेमा सहभागीहरुलाई जानकारी गराएको थियो । […]

Continue Reading

गोरखाको रास्वपा जिल्ला सभापतिमा  रोकाहा चयन 

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गोरखा जिल्ला सभापतिमा सुवर्ण रोकाहा क्षेत्री चयन भएका छन् । शनिबार सम्पन्न पार्टीको प्रथम जिल्ला भेलाले रोकाहालाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । रोकाहा यसअघि जिल्लाका संयोजक थिए । रास्वपा  उपसभापति डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यमा गोरखा सदरमुकाममा भएको भेलाले उपसभापतिमा ध्रुव अधिकारी, सचिवमा मिलन राना र सहसचिवमा […]

Continue Reading

खेलकुद शिक्षासँगै विद्यार्थीको बहुआयामिक विकासमा गण्डकी विश्वविद्यालयको भूमिका प्रशंसनिय : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले खेलकुद शिक्षासँगै विद्यार्थीहरुको बहुआयामिक विकासमा गण्डकी विश्वविद्यालयको भूमिकाको प्रशंसा गरेका छन् । गण्डकी विश्वविद्यालयद्वारा पोखरा रंगशालामा आयोजित दोस्रो संस्करणको कुलपति रनिङ्ग शिल्ड माविस्तरीय छात्र फुटबल प्रतियोगिताको बुधबार समापन कार्यक्रममा बोल्दै उनले यस प्रकारको प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए […]

Continue Reading

टान गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष दाहाललाई बुझायो १२ बुँदे ध्यानाकर्षण पत्र

पोखरा । ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।पर्यटन क्षेत्रको विकास र व्यवसायको दीर्घकालीन प्रवद्र्धनका लागि टान गण्डकीले अध्यक्ष दाहाललाई १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षणपत्र बुझ्दै अध्यक्ष दाहालले प्रदेशको पर्यटन विकासको लागि टान गण्डकीसँग सहकार्य गरेर अगाडी बढ्ने बताए । उनले पर्यटन […]

Continue Reading

पोखरामा व्यवसायीक खेलकुदको अर्को रौनक, पौष १० गते देखि थाई–बक्सिङ हुँदै

पोखरा । व्यवसायीक खेलकुदमा विश्वमानै आकर्षक खेल मध्येको ‘कन्टेन्डर सिरिज–२’ थाई–बक्सिङ यहि पौष १० गते देखि पोखरामा सुरू हुने भएको छ । शक–यान मुवाँथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा उक्त प्रतियोगिता यहि पौष १० गते देखि १२ गते सम्म हुने भएको हो । खेलकुद मार्फत व्यवसायिक खेलकुदको विकास संगै खेल पर्यटन […]

Continue Reading

लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना 

पोखरा, ०१ पौष । इलाका प्रशासन कार्यालय लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी र पोखरा महानगरपालिकाको सहकार्यमा उक्त उपकेन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल लगायतले […]

Continue Reading

आइटिएफ जे३० पोखरा टेनिस ः आरव र शिवाली सिंगल्सतर्फको फाइनलमा

पोखरा । जे३० पोखरा आइटिएफ वल्र्ड टेनिस टुर सर्किट २ अन्तर्गत सिंगल्सतर्फ आरव सम्राट हाडा र शिवाली गुरुङले फाइनलमा स्थान बनाएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको पाँचौ दिन आफ्नो उत्कृष्ट लयलाई कायम गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् । नेपाली खेलाडीहरुले होम ग्राउण्डमा विश्वस्तरीय खेल प्रदर्शन गर्दै जितको लयलाई कायम मात्रै […]

Continue Reading

पोखरा महानगरपालिकाको विशेष नगरसभा सम्पन्न

पोखरा, २८ मंसिर । पोखरा महानगरपालिकाको विशेष नगरसभा सम्पन्न भएको छ । शुक्रवार सम्पन्न नगरसभाले महानगरपालिकाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) प्रतिवेदन २०८१ सर्वसम्मतिले पारित गरेको छ । ओएनएम प्रतिवेदन अनुसार महानगरमा १ हजार १३ दरबन्दी स्वीकृत गरिएको छ । स्वास्थ्य अन्तरगत सङ्घीय सरकारको १७८ समेत गरी महानगरपालिकामा कुल १ हजार १ सय ९१ दरबन्दी […]

Continue Reading

१४ औं एन प्याव्सन खेलकुद महोत्सव शुरु

पोखरा २५ मंसीर । नेशनल प्याव्सन कास्कीको आयोजना मंगलबार देखि १४ औ एन प्याव्सन खेलकुद महोत्सव शुरु भएको छ । मंसीर २१ गते देखि अनौपचारिक रुपमा खेलहरुमा प्रतिस्पर्धा भए पनि औपचारिक रुपमा भने मंगलबार देखि शुरु भएको हो । ‘एनप्याब्सन कास्कीको इच्छा ः विद्यालयतहमा खेलकुद सहितको शिक्षा’ भन्ने मूल नाराका साथ शुरु भएको खेलकुद महोत्सव […]

Continue Reading

‘भौतिक मन्त्रालयको खर्च सन्तोषजनक’

पोखरा, १७ मंसिर। गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको पहिलो चौमासिकको वित्तीय प्रगति सन्तोषजनक देखिएको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा कुल विनियोजित बजेटमध्ये एक अर्ब २७ करोड रुपैयाँ अर्थात् १०.०४ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा यो खर्च ७ प्रतिशत हाराहारीमात्र थियो । […]

Continue Reading