प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्ने तयारी अघि बढाएको छ। अस्पतालले सेवा विस्तारसँगै आधुनिक स्वास्थ्य प्रविधि भित्र्याउने र अस्पताललाई प्रदेशस्तरीय रेफरल अस्पतालका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। अस्पतालले सोमबार अस्पतालको सभाहलमा आयोजना गरेको अस्पताल सेवा सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट […]

Continue Reading

गाँजा विधेयक पुनः पारित गर्ने निर्णय, मुख्यमन्त्री पाण्डेलाई सरकार सञ्चालनका लागि पूर्ण अधिकार

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीसम्बन्धी विधेयक पुनः प्रदेश सभाबाट पारित गरेर प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाउने निर्णय गरेको छ। शुक्रबार मुख्यमन्त्री तथा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले प्रदेश प्रमुखबाट सन्देशसहित फिर्ता आएको विधेयकमाथि छलफल गर्दै संघीय कानुनसँग बाझिएको विषयको अन्तिम निरूपण संवैधानिक […]

Continue Reading

८ महिनामै बनेको लुदी खोला मोटरेबल पुल उद्घाटन, मनकामना यात्रामा सहजता

गोरखा। गोरखाको स्याउली बजार–भट्टफाँट–मनकामना सडक अन्तर्गत निर्माण सम्पन्न भएको लुदी खोला मोटरेबल पुल उद्घाटन गरिएको छ। करिब ८ महिनामै ७ करोड ५१ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको ६० मिटर लामो पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिबार आयोजित कार्यक्रममा उद्घाटन गरेका हुन्। पुल सञ्चालनमा आएपछि गोरखा नगरपालिका र शहीद लखन गाउँपालिकाबीचको आवागमन थप सहज […]

Continue Reading

औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती वैधानिक बनाउने विधेयक गण्डकी प्रदेशसभाबाट पारित

पोखरा । गण्डकी प्रदेशसभाले औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्ने ‘औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती (व्यवस्थापन तथा नियमन) विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ। यससँगै प्रदेशमा औषधि उत्पादन, औद्योगिक कच्चा पदार्थ तथा अनुसन्धानका लागि कानुनी रूपमा गाँजा खेती गर्ने बाटो खुलेको छ। प्रदेशसभाको दशौँ अधिवेशनअन्तर्गत बिहीबार बसेको […]

Continue Reading

गण्डकीमा एसईई २०८२ : ४३ हजार बढी विद्यार्थी सहभागी, कास्की अग्रस्थानमा

चैत १९ गतेदेखि सञ्चालन हुने २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईमा यस वर्ष गण्डकी प्रदेशमा ४३ हजार ३ सय ५५ विद्यार्थी सहभागी हुने भएका छन्। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको शिक्षा विकास महाशाखा, पोखराका अनुसार प्रदेशका ११ जिल्लाबाट नियमित, प्राविधिक तथा ग्रेडवृद्धि समूहका विद्यार्थीहरू परीक्षामा सहभागी हुन लागेका हुन्। जिल्लागत विवरणअनुसार कास्कीमा सबैभन्दा […]

Continue Reading

गोरखाको लुदीखोला मोटरेबल पुलको मुख्यमन्त्री पाण्डेद्वारा शिलान्यास, ७ करोड ५९ लाखमा निर्माण हुने

गोरखा । गोरखा नगरपालिका–१२ भट्टफाँट र सहिद लखन गाउँपालिका–१ लाई जोड्ने लुदीखोला मोटरेबल पुलको शिलान्यास गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वाधार विकास कार्यालय गोरखाको आयोजनामा शुक्रबार एक विशेष समारोहबीच गरेका छन्। गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको यो पक्की पुल ७ करोड ५९ लाख ३० हजार ८५९ रुपैयाँ ३१ पैसा लागतमा गनेशकुन्द इन्फ्रास्ट्रक्चर एन्ड बिल्डर्सलाई […]

Continue Reading

मानव बेचबिखनविरुद्ध शून्य सहनशीलता : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मानव बेचबिखन नेपालको लागि गम्भीर समस्या भएको र  यसविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अख्तियार गरेको बताएका छन् । ‘तीनै तहका सरकार मिली गरौं हातेमालो, मानव बेचबिखन विरुद्धको हटाऔं दुष्चक्रको जालो’ भन्ने मूल नारासहित गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना […]

Continue Reading

गण्डकी प्रदेशमा ‘दलित अधिकार तथा सशक्तिकरण ऐन २०८२’ सर्वसम्मत पारित  

पोखरा । गण्डकी प्रदेशसभाले दलित समुदायको अधिकार सुनिश्चित गर्दै उनीहरूको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक सशक्तिकरण गर्ने उद्देश्यले तयार गरिएको ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित गरेको छ । यससँगै प्रदेशसभाले ऐतिहासिक कदम चालेको भन्दै यसलाई समानता र न्यायको यात्रातर्फको कोसेढुङ्गाका रूपमा लिइएको छ । यो विधेयक २०८१ […]

Continue Reading

संगठन सुदृढतामार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रीले संगठनात्मक सुदृढता र आन्तरिक एकतामार्फत जनताप्रति हुने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति कास्कीको ९ औं जिल्ला एवम् प्रदेश विभागीय अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई शपथग्रहण, प्रमाणपत्र वितरण एवम् जिम्मेवारी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजामती कर्मचारी संगठनले […]

Continue Reading

भदौं ५ गते गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिता हुँदै

पोखरा । एपोलो पेन्ट्स पिजेन्स गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिता हुने भएको छ । पब्लिक फोरके टेलिभिजनको आयोजना एवम् प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा भदौं ५ गते पोखरामा आठौं संस्करणको कृषि तीज गीत प्रतियोगिता हुन लागेको हो । प्रदेशका ९ जिल्लाबाट कृषि ज्ञान केन्द्रले छनोट […]

Continue Reading