पोखरामा बृहत् मोटरसाइकल र्‍याली सम्पन्न, महायज्ञको उत्साह थपियो

पोखरा, बैशाख १३, २०८२ मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् मोटरसाइकल र्‍याली भव्य रूपमा सम्पन्न भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक–सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित यो र्‍यालीमा सयौं मोटरसाइकल चालकहरू सहभागी भएका थिए। र्‍याली बिरौटास्थित कोटिहोम स्थलबाट […]

Continue Reading

पोखरा–२८ मा कृषि गीत प्रतियोगिताः मातृशिशु कृषि समूह प्रथम

पोखरा, बैशाख । कास्कीको पोखरा महानगरपालिका वडानम्बर २८ र कृषि संजालको आयोजनामा कृषि गीत प्रतियोगिता, बाली उपचार शिबिर तथा रैथानी बाली प्रदर्शनी सम्पन्न भएको छ । कार्यक्रम अन्तरगत भएको कृषि गीत प्रतियोगितामा मातृशिशु कृषि समूह प्रथम भएको छ । यस्तै काफलघारी पिपलडाली कृषक समूह द्धृतिय, विमीरापानी कृषक समूह तृतिय र स्याङ्खुदी कृषक समूह शान्त्वना भए […]

Continue Reading

चर्चित कथा बाचिका देवी प्रतिभाजीको बिरौटा परिक्रमा, धार्मिक जागरणको सन्देश प्रवाह

पोखरा, १३ वैशाख २०८२ गण्डकी प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धन र पोखरालाई आध्यात्मिक मुक्तिद्वारको रूपमा स्थापित गर्ने उद्देश्यसहित पोखरा–१७, सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर परिसरमा श्रीगण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ–२०८२ भव्य रूपमा सञ्चालन भइरहेको छ। २०८१ चैत्र १७ गतेदेखि सुरु हुने यो ४१ दिने महायज्ञ २०८२ जेठ २६ गतेसम्म जारी रहनेछ। मानव सेवा फाउण्डेशनद्वारा […]

Continue Reading

सहिद लखन–३ मा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, करिब पाँच सय बिरामी लाभान्वित

गोरखा । गोरखा जिल्लाको सहिद लखन गाउँपालिका वडा नं ३ दार्सिङ स्थित श्री गङ्गाधर्म आधारभूत बिधालयको भवनमा नि:शुल्क स्वास्थ्यशिविर सम्पन्न भएको छ । शनिबार गुन्जमान सिंह अस्पताल, छिमेकी लघुबित्त बित्तीय संस्था लिमिटेड र सहिद लखन गाउँपालिका वडा नं ३ को संयुक्त आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । भरतपुरबाट आएका १० जना बढी वरिष्ठ […]

Continue Reading

पोखरामा १ अरब ५२ करोड बढीको खानेपानी योजना सञ्चालन हुने

पोखरा, १२ वैशाख । पोखरा महानगरपालिकाको काँहुडाडा, कृष्ति, भरतपोखरी, निर्मलप‍ोखरी र मट्टीखान लगायत क्षेत्रका बासिन्दाहरूलाई स्वच्छ पिउनेपानीको उपलब्धताका लागि लागत साझेदारीमा परियोजना सञ्चालन गर्ने गरी त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । पोखरा २१ र ३३ लाई समेट्ने गरी नेपाल सरकारको केन्द्रीय खानेपानी आयोजना अन्तरगत वृहद भरतपोखरी, निर्मलपोखरी, कृस्ति खानेपानी आयोजना, मट्टीखान खानेपानी आयोजना पोखरा […]

Continue Reading

पोखरामा बृहत् ट्याक्सी र्‍याली सम्पन्न, महायज्ञको सन्देश फैलियो

पोखरा, बैशाख १२, २०८२  मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् ट्याक्सी र्‍याली भव्य रूपमा सम्पन्न भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले आयोजित यो र्‍यालीमा सयौं ट्याक्सीहरू सहभागी भएको थियो । र्‍याली बिरौटास्थित […]

Continue Reading

भूकम्पपछिको दशक

२०८२ बैशाख १२ गोरखा । २०७२ साल बैशाख १२ गते, मध्यान्ह ११:५६ बजे। एक अविस्मरणीय क्षण जसले सम्पूर्ण देशलाई हल्लायो। गोरखा जिल्लाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको भूकम्पले नेपालमा हजारौंको ज्यान लिएर गयो, लाखौंलाई घरविहीन बनायो र इतिहासमै एक भयावह दिनको चिनो कोर्यो।   गोरखामा मात्रै ४७२ जनाको ज्यान गयो। केन्द्रबिन्दु बारपाकमा मात्र […]

Continue Reading

आँपपिपल अस्पतालको स्वामित्व गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण, सेवा विस्तारको शुभारम्भ

गोरखा । पालुङटार नगरपालिका–२ मा अवस्थित ऐतिहासिक आँपपिपल अस्पताल अब गण्डकी प्रदेश सरकारको स्वामित्वमा पुगेको छ। यसअघि पालुङटार नगरपालिकाको मातहतमा सञ्चालन हुँदै आएको अस्पताललाई बिहीबार एक विशेष समारोहका बीच औपचारिक रूपमा प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो। बिहीवार दिउँसो १२ बजे सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अस्पतालको स्वामित्व ग्रहण गर्दै सेवा विस्तारको पनि शुभारम्भ […]

Continue Reading

गोरखामा सुस्त मनस्थिती भएकी महिलामाथि जबरजस्ती करणी, एक जना पक्राउ

गोरखा, वैशाख ११ । गोरखा जिल्लाको पालुङटार नगरपालिका–८ मा सुस्त मनस्थिती भएकी एक महिलामाथि जबरजस्ती करणीको आरोपमा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्राप्त जानकारी अनुसार, पीडित ३३ वर्षीया महिला (नाम परिवर्तन: ध. कुमारी) लाई यही वैशाख ९ गते दिउँसो ४:३० बजे स्थानीय जंगलमा जबरजस्ती करणी गरिएको भन्ने उजुरी पीडितकी […]

Continue Reading

अदालतको फरार सूचीमा रहेका एक व्यक्ति पक्राउ, १० वर्षको कैद सजाय

गोरखा, वैशाख ११ । अदालतको फरार सूचीमा रहेका एक जना प्रतिवादीलाई गोरखा प्रहरीले पक्राउ गरेको छ। उनीमाथि अवैध विदेशी मुद्रा ओसारपसारको मुद्दामा अदालतले जरिवाना तोकेको थियो। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार, गोरखा जिल्ला अदालतबाट सन् २०७८ सालमा अवैध विदेशी मुद्रा ओसारपसार मुद्दामा ११ लाख ६ हजार ७ सय ९० रुपैयाँ जरिवाना तोकिएका ४४ वर्षीय सोनाम […]

Continue Reading