गोरखामा सहुलियत ऋणका लागि संघ र एनआईएमबी बैंकबीच सम्झौता

गोरखा । गोरखामा व्यवसाय गर्न चाहने तथा गरिरहेका व्यवसायीहरुलाई सहुलियत ऋण उपलब्ध गराउन गोरखा उद्योग वाणिज्य संघ र एनआईएमबी बैंकबीच सम्झौता भएको छ । सो सम्झौता सदरमुकाममा मंगलबार सम्पन्न कार्यक्रममा संघका अध्यक्ष भगवानबावु मास्के र बैंकका गोरखा शाखा प्रमुख मिलन सिंह बस्नेतले हस्ताक्षर गरेका हुन् । संघले पत्रकार सम्मेलन गर्दै सम्झौताअनुसार संघमा आबद्ध व्यवसायीहरुले संघको […]

Continue Reading

गोरखामा डेंगी र स्क्रबटाईफसका करिब २०० संक्रमित

गोरखा । गोरखामा डेंगी र स्क्रबटाईफसका संक्रमण तीव्र रुपमा फैलिएको छ । जिल्लाका ६ वटा स्थानीय तहमा हालसम्म करिब २०० जना संक्रमित फेला परेको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । कार्यालयका ल्याब टेक्निसियन निरिक्षक नारायण अर्यालका अनुसार भाद्र ३० गतेसम्मको तथ्यांक अनुसार जिल्लामा १३९ जना स्क्रबटाईफसका र ५८ जना डेंगीका बिरामी फेला परेका छन् […]

Continue Reading

गोरखामा आगलागी, १ घर पूर्णरुपमा नष्ट

गोरखा । सिरानचोक गाउँपालिका–६ खैरेनीबनस्थित ७२ वर्षीय गर्बे गुरुङको घरमा सोमबार मध्यान्ह लागेको आगलागीबाट घर पूर्णरुपमा नष्ट भएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्र प्रसाद सुवेदीका अनुसार काठ र जस्ताले बनेको घरमा विद्युत् मिटर बक्स सर्ट भई आगलागी भएको अनुमान गरिएको छ। आगलागी भएको खबर पाएपछि प्रहरी चौकी नयाँसाँधुबाट […]

Continue Reading

पालुङटारमा महिलाको शव फेला

गोरखा । पालुङटार नगरपालिका–४ कुमाल गाउँकी ४५ वर्षीया धनमाया थापा धान खेतमा मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी इन्द्र प्रसाद सुवेदीका अनुसार सोमबार बिहान ९ बजे स्थानिय गोबिन्द पाण्डेको अधियाँमा रहेको खेतको आलिमा उनको शव भेटिएको हो। आइतबार दिउँसो ३ बजे धान गोड्न खेतमा गएकी थापा […]

Continue Reading

गोरखामा कारागारबाट भागेका ६ कैदी नियन्त्रणमा, ५ कर्तब्यज्यान र १ चोरी मुद्दाका

गोरखा प्रहरीले जेन–जी आन्दोलनको अवसर पारेर कारागार फोडी भागेका ६ जना कैदीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पक्राउ परेकामध्ये ५ जना कर्तब्यज्यान मुद्दाका र १ जना चोरी मुद्दाका रहेका छन् । प्रहरीले नियन्त्रणमा लिएका कर्तब्यज्यान मुद्दाका कैदीहरू कास्की कारागारबाट भागेका सोनाम दोर्जे लामा, छेवाङ लामा, सोनाम ग्याल्गेन लामा, तेन्जिङ रिक्तेल लामा […]

Continue Reading

मानव बेचबिखनविरुद्ध शून्य सहनशीलता : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मानव बेचबिखन नेपालको लागि गम्भीर समस्या भएको र  यसविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अख्तियार गरेको बताएका छन् । ‘तीनै तहका सरकार मिली गरौं हातेमालो, मानव बेचबिखन विरुद्धको हटाऔं दुष्चक्रको जालो’ भन्ने मूल नारासहित गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना […]

Continue Reading

‘नेपो किड’ ट्रेन्ड : राजनीतिक परिवारका सन्तानमाथि युवाको आक्रोश

गोरखा । पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’ (NepobabyNepal) ट्रेन्ड तीव्र बनेको छ । यसलाई मनोरञ्जनको ट्रेन्ड नभई युवापुस्ताले भ्रष्टाचारविरुद्ध चलाएको अभियानका रूपमा लिइएको छ । केही समय अघि फिलिपिन्समा यो अभियान सञ्चालनमा आएको थियो । जसमा फिलिपिन्सका राजनीतिज्ञ र सरकार मातहत हरका सन्तानको जीवनशैलीमाथि प्रश्न उठाएको थियो । त्यस्तै नेपालमा पनि राजनीतिक परिवारका […]

Continue Reading

गोरखा जेसिजलाई नेपाल जेसिजद्वारा उत्कृष्ट शाखा सम्मान

गोरखा । नेपाल जेसिजले गोरखा जेसिजलाई उत्कृष्ट शाखा घोषित गर्दै सम्मान गरेको छ । भदौ १४ र १५ गते दमौलीमा ब्यास नगर जेसिजको आतिथ्यतामा सम्पन्न क्षेत्र ‘ख’ सम्मेलनमा ४२ शाखामध्ये गोरखा जेसिजलाई उत्कृष्ट शाखाको रुपमा सम्मान गरिएको हो । गोरखा जेसिजका अध्यक्ष सुमन गुरुङले नेपाल जेसिज क्षेत्र ‘ख’ का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एलिना महर्जन […]

Continue Reading

गोरखामा बस–मोटरसाइकल ठक्कर, एक जना गम्भीर घाइते

गोरखा । गोरखाको स्याउली बजारमा आज दिउँसो बस र मोटरसाइकल ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा गोरखा नगरपालिका–१२ स्याउली बजारका ४३ वर्षीय रमेश संग्रौला रहेका छन् । प्रहरीका अनुसार दिउँसो करिब १२ः५० बजे आँबुखैरेनीबाट गोरखा बजारतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ५३४१ नम्बरको बस र ग.२६ प १७२२ नम्बरको मोटरसाइकल एक आपसमा […]

Continue Reading

गण्डकी प्रदेशमा ‘दलित अधिकार तथा सशक्तिकरण ऐन २०८२’ सर्वसम्मत पारित  

पोखरा । गण्डकी प्रदेशसभाले दलित समुदायको अधिकार सुनिश्चित गर्दै उनीहरूको सामाजिक, आर्थिक, शैक्षिक र सांस्कृतिक सशक्तिकरण गर्ने उद्देश्यले तयार गरिएको ‘गण्डकी प्रदेश दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मत पारित गरेको छ । यससँगै प्रदेशसभाले ऐतिहासिक कदम चालेको भन्दै यसलाई समानता र न्यायको यात्रातर्फको कोसेढुङ्गाका रूपमा लिइएको छ । यो विधेयक २०८१ […]

Continue Reading