गोरखा दरबार संग्रहालयमा कार्तिकमै १८ हजारभन्दा बढी पर्यटकको भीड

गोरखा । गोरखा सदरमुकामस्थित ऐतिहासिक गोरखा दरबार संग्रहालयमा अवलोकन गर्न आउने पर्यटकहरूको संख्या यो वर्ष उल्लेख्य रूपमा बढेको छ। संग्रहालय प्रशासनले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कार्तिक महिनामा मात्र १८ हजार ४५५ जनाले संग्रहालय अवलोकन गरेका छन्। संग्रहालय प्रमुख जयनारायण कार्कीका अनुसार यो संख्या गत वर्षको सोही महिनाभन्दा करिब ३ हजारले बढी हो। “गत […]

Continue Reading

गण्डकी मुख्यमन्त्रीद्वारा सिरानचोकमा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन

गोरखा । सिरानचोक गाउँपालिकाले आयोजना गरेको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज जौवारीस्थित परोपकार आदर्श मावि मैदानमा उद्घाटन गरेका छन्। कार्यक्रममा मुख्यमन्त्री पाण्डेले खेल क्षेत्रलाई गण्डकी प्रदेश सरकारले नीतिगत तथा बजेटीय प्राथमिकता दिएको उल्लेख गर्दै खेलाडीको सम्मान र प्रोत्साहनमा सरकारले विशेष ध्यान दिएको बताए। खेलले अनुशासन, प्रतिबद्धता र व्यवहारिकता सिकाउने […]

Continue Reading

दुर्गा प्रसाई नेतृत्वको समूहसँग सरकारले पहिलो पटक संवाद, २६ बुँदे मागपत्र गृहमन्त्रीलाई बुझायो

काठमाडौं । सरकार र दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियान बीच पहिलो पटक औपचारिक संवाद भएको छ। बुधबार अभियानका प्रतिनिधिमण्डलले सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरी विस्तृत कुराकानी गरेका हुन्। प्रसाईका तर्फबाट प्रेम थापा मगर, प्रमदीप लिम्बु, देवी प्रसाद संग्रौला, माधवप्रसाद खतिवडा, तेजेन्द्र रायमाझी र मकबुल शाह सहभागी थिए। उनीहरूले […]

Continue Reading

प्रहरी बन्ने इच्छा नभएका दानबहादुर कार्की कसरी बने नेपाल प्रहरीका आईजीपी?

जीवन कहिलेकाहीँ योजना अनुसार होइन, नियतिले तोकेको बाटोमा अघि बढ्छ। यही उदाहरण हुन्—नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की। उनी मूलतः परराष्ट्र सेवामा करियर बनाउने सोचका साथ राजधानी आएका थिए, तर आज देशको सबैभन्दा ठूलो सुरक्षा निकायको नेतृत्व सम्हाल्न तयारी गर्दै छन्। बिहीबार ३३औँ आईजीपीका रूपमा दर्ज्यानी चिन्ह लगाएर कार्कीले नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन्। उनी […]

Continue Reading

बुङकोटमा एसइइ–२०८२ पूर्व तयारी कक्षा सञ्चालनका लागि नवराज अंगाईको सहयोग

गोरखा । सहिद लखन गाउँपालिका–७, बुङकोटस्थित शहिद स्मृति माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीहरूका लागि एसइइ–२०८२ पूर्व तयारी कक्षा सञ्चालन र थप तीन महिनासम्मको खाजा–खाना व्यवस्थापनका लागि सहयोग प्रदान गरिएको छ। उक्त सहयोग सहिद लखन गाउँपालिका–८, बुङकोट निवासी तथा हाल काठमाडौँमा पर्यटन व्यवसायमा संलग्न सफल व्यवसायी र समाजसेवी नवराज अंगाईले उपलब्ध गराएका हुन्। उनले रु. […]

Continue Reading

गोरखामा तेस्रो कृषि, पर्यटन तथा व्यापार मेला सुरु

गोरखा । गोरखा सदरमुकामस्थित हरमटारी खेलकुद मैदानमा आजदेखि ‘तेस्रो कृषि, पर्यटन तथा व्यापार मेला–२०८२’ सुरु भएको छ। मेला गोरखा चेम्बर अफ कमर्स र नेपाल ओमन चेम्बर अफ कमर्स गोरखाको संयुक्त आयोजनामा सुरु भएको हो। कार्यक्रमको उद्घाटन गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना मगरले गरे। उद्घाटन समारोहअघि विभिन्न समुदायका मानिसहरूले आफ्ना संस्कृति झल्काउने झाँकीसहितको ¥याली प्रदर्शन […]

Continue Reading

गोरखामा भोलीदेखि तेस्रो कृषि, पर्यटन तथा व्यापार प्रबर्द्धन मेला सुरु

गोरखा । गोरखा सदरमुकाममा भोली (बिहीबार)देखि तेस्रो कृषि, पर्यटन तथा व्यापार प्रबर्द्धन मेला २०८२ सुरु हुँदैछ। मेला गोरखा चेम्बर अफ कमर्स र नेपा–ओमन चेम्बर अफ कमर्स गोरखाको संयुक्त आयोजनामा सञ्चालन हुने भएको हो। गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष राम स्वरुप श्रेष्ठका अनुसार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। मेला गोरखा नगरपालिका–६ स्थित खेलकुद मैदानमा सुरु […]

Continue Reading

गोरखा पाङबारी हिमालमा बेपत्ता दुई इटालेली आरोहीको शव फेला

गोरखा । गोरखास्थित पाङबारी हिमालमा पाँच दिनदेखि बेपत्ता दुई इटालेली आरोहीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मंगलबार पाङबारी हिमालको पहिलो शिविरमा ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटो हिउँले पुरिएको अवस्थामा भेटिएका हुन्। शव हेलीमार्फत सामागाउँ ल्याइएको प्रहरीले जनाएको छ। ७००५ मिटर अग्लो पाङबारी हिमालबाट फर्कने क्रममा ती आरोहीहरू […]

Continue Reading

बालुवाटारमा मिसाइल हान्ने धम्की दिने डा. निकोलस भुषाल गोरखामा पक्राउ

गोरखा । “बालुवाटारमा मिसाइल हान्दिन्छु” भन्दै सार्वजनिक रूपमा धम्कीपूर्ण अभिव्यक्ति दिने चिकित्सक डा. निकोलस भुषाललाई प्रहरीले गोरखाबाट पक्राउ गरेको छ। उनी गोरखा नगरपालिका–८ रानिबनस्थित सरस्वती आश्रमबाट पक्राउ परेका हुन्। पक्राउ परेका भुषाललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गोरखामा राखिएको र अपराध अनुसन्धान महाशाखा टेकु पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार इन्जिनियर पारश पन्त […]

Continue Reading

मनास्लु क्षेत्रमा पर्यटक पहिरोमा पुरिए

गोरखा । मनास्लु क्षेत्रमा एक विदेशी पर्यटक पहिरोमा पुरिएकी छन्। चुमनुब्री गाउँपालिका–३ न्याकफेदी नजिकै शुक्रबार दिउँसो झरेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभालाई पुरेको गाइड रमेश भट्टले जानकारी दिए। उनका अनुसार दिउँसो करिब २ बजेतिर भीरबाट खसेको ढुंगाले रस्कोभालाई पुरेको हो। “टाउकोमात्र देखिएको छ, उहाँको श्रीमान् र मचाहिँ सकुशल छौँ,” भट्टले भने। घटनाको समयमा […]

Continue Reading