गुगलले प्रयोगकर्ताहरूको जीमेल एकाउन्ट्स यसै साताबाट बन्द गर्ने

१३ मंसिर २०८० । गुगलले प्रयोगकर्ताहरूको जीमेल खाता यसै साताबाट बन्द गर्ने भएको छ। निष्क्रिय रहेका जीमेल खाता, फोटो र ड्राइभ खाताहरू पनि बन्द गर्ने गुगलले बताएको छ। गुगलले दुई वर्षदेखि निष्क्रिय रहेका लाखौँ व्यक्तिगत खाताहरूलाई बन्द गर्ने बताएको हो। डिसेम्बर पहिलो साताबाटै खाता बन्द गर्ने प्रक्रिया सुरु गर्ने भएकाले गुगलले आफ्ना प्रयोगकर्ताहरूलाई सन्देश पठाउन […]

Continue Reading

४ वर्षदेखि फरार लागूऔषध ब्राउन सुगर मुद्दामा संलग्न प्रतिवादी पक्राउ

स्याङजा, १२ मङ्सिर २०८० ।  लागूऔषध ब्राउनसुगर मुद्दामा संलग्न रही ४ वर्षदेखि फरार रहेका प्रतिवादी फेदिखोला गाउँपालिका-२ उपल्लो कुँडुले बस्ने गुल्मी कालीगण्डकी गाउँपालिका-२ घर भएका ४४ वर्षीय रेशम थापा मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत स्याङजाको २०७६ असार १ गतेको फैसलाले ५ वर्ष कैद र १० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई […]

Continue Reading

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रदेश सरकारद्वारा अध्ययन समिति गठन

मङ्सिर १२ २०८०। पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति गठन गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा लिएको नीति तथा कार्यक्रम कार्यन्वयन गर्न सरकारले गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा समिति गठन गरेको हो । विभिन्न संस्थाका प्रतिनिधि, पर्यटन विज्ञ सहित ११ जना समिति […]

Continue Reading

जाजरकोट र रूकुम पश्चिमको भूकम्म पीडितका लागि गोरखावासी तथा संघबाट राहत रकम सहयोग

गोरखा, १२ मंसिर २०८०। जाजरकोट र रूकुम पश्चिमको भूकम्म पीडितका लागि गोरखाका जिल्लावासी तथा विभिन्न संघ संस्थाले प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा २ लाख २१ हजार ७ सय ११ रुपैयाँ सहयोग उपलब्ध गराएको छ । उक्त रकम ज्येष्ठ नागरिक जिल्ला पदाधिकारीका १३ जना सदस्यबाट ७० हजार, स्वइच्छा सहयोगबाट ९५ हजार ६ सय, पृथ्वी नारायण साना […]

Continue Reading

भरतपुरमा मृत भेटिएका दुई व्यक्तिको शवको अझै पहिचान हुन सकेन

१० मंसिर २०८० चितवन । भरतपुर महानगरपालिका-१२ मिलनचोकमा मृत भेटिएका दुई व्यक्तिको शवको अझै पहिचान हुन सकेको छैन । यही मङ्सिर ६ गते बुधबार दिनको १२ बजे मिलनचोकस्थित पूर्व-पश्चिम लोकमार्ग सडक खण्डको कल्भर्टमुनि शङ्कास्पद रूपमा एक महिला र एक पुरुषको शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ७७ वटै […]

Continue Reading

हुण्डी तथा अनलाईन गेम्बलिङ संचालन गर्ने श्रेष्ठ पक्राउ

मङ्सिर ७, काठमाडौं । हुण्डी, अनलाईन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२८ बागबजार बस्ने ४८ वर्षीय रूपेश श्रेष्ठ बुधबार दिउँसो पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानमा केही व्यक्तिहरुले आपराधिक समूह बनाई नेपाल राष्ट्र बैंकबाट अनुमति नलिइ अवैध रूपमा हुण्डी कारोबार गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको […]

Continue Reading

महिलाको हत्या गरी सुनका गरगहना लुटपाट तथा किनबेचमा संलग्न ६ जना पक्राउ

मङ्सिर ७, कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका-७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या गरी मृतकको सुनका गरगहना लुटपाट तथा लुटिएका गहना किनबेचमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका-७ झण्डाभोज बस्ने २८ वर्षीय महेश डगौरा, कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने ३५ वर्षीय लक्ष्मण चौधरी, ३२ वर्षीय निरज भट्ट, […]

Continue Reading

प्रदेशले स्थानीय तहलाई दिने अधिकारमाथि शाशन गर्दैन : मुख्यमन्त्री पाण्डे

कार्तिक ६ । गण्डकी प्रदेश समन्वय परिषद्को छैटौँ बैठक बुधवार सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा भएको बैठकले १३ बुदेँ निर्णय गरेको छ । बैठकमा सदस्यहरुले स्थानीय तह, प्रदेश र संघको सहकार्य बिना संघियता मजवुत नहुने भन्दै संविधानको मर्म अनुसार सहकार्य, सह अस्तित्व र समन्वय हुनुपर्ने बताए । […]

Continue Reading

गण्डकीका मुख्यमन्त्री र सिपीसीका सेक्रेटरी विच भेटवार्ता

कार्तिक २४ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङ विच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रवार उहाँहरुबिच भेटवार्ता भएको हो । भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशसँग जोडिएका मनाङ, मुस्ताङ र गोरखा जिल्लाको तिब्बती नाकाहरु नियमित संचालन गरि […]

Continue Reading

स्रोत नखुलेको २६ लाख ५७ हजार रकमसहित दुई जना पक्राउ

२२ कार्तिक २०८०। काठमाडौं महानगरपालिका-२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका-२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका-१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले […]

Continue Reading