ललित गौचन स्मृति समाजसेवा सम्मान माछापुच्छ्रे महिला क्लबलाई

पोखरा, २२ फागुन । नागरिक समाज पोखराले हरेक वर्ष प्रदान गर्दै आएको ललित गौचन स्मृति समाजसेवा सम्मान  यस वर्ष  पोखरा ७ स्थित माछापुच्छ्रे महिला क्लबलाई प्रदान गरिएको छ । फोहोर मैला व्यवस्थापन र वातावरण सरसफाइ अभियानमा सकृर्य र उदारणिय कार्य गरे वापत क्लबलाई सम्मान गरिएको हो । सम्मान अर्पण गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले […]

Continue Reading

ओलम्पिक खेलाडीहरुलाई गण्डकी सरकारको मासिक ५ हजार सहित सम्मान

पोखरा । गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ । मासिक ५ हजार नगद (वार्षिक ६० हजार) सहित  आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गरेका हुन् । सम्मानीत हुनेहरुमा बाग्लुङका भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सिताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनिषा अधिकारी, नारायणबहादुर […]

Continue Reading

गायिका समीक्षा अधिकारी: ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्।’

गायिका समीक्षा अधिकारीले चितवनकी सालिन पोखरेलको मृत्यु प्रकरणको सत्य तथ्य छानिबन गरी अविलम्ब सार्वजनिक गर्न सरकारसँग माग गरेकी छन्। फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै उनले यस्तो माग गरेकी हुन्। सालिनको तस्बिरसँगै राखिएको पोस्टमा समीक्षाले ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्’ भनी उल्लेख गरेकी छन्। जसमा उनले पहिलो नम्बरमा ‘माया र करुणाको नाटक गर्ने बलात्कारी’ […]

Continue Reading

शालिनको पोस्टमार्टम रिपोर्ट : मृत्युको कारण ‘ह्याङ्गिङ’

गोरखा, फागुन २० । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शंकास्पद रूपमा मृत फेला परेकी शालिन पोखरेलको शव परीक्षण रिपोर्ट आएको छ ।  प्रहरी श्रोतका अनुसार पोष्टमार्टम रिपोर्टमा बलात्कार नभएको पाइएको हो । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरू डा. गोपाल चौधरी र डा. युगेन डोल्मा वालुङसहिका ५ जना फरेन्सिक विशेषज्ञहरूले शालिनको शव परीक्षण गरेका […]

Continue Reading

१७ बर्ष पछि छोरी जन्माएर मार्ने आमा पक्राउ

गोरखा, फागुन १९ । छोरी जन्माएर मार्ने एक आमालाई गोरखा प्रहरीले १७ बर्षपछि पक्राउ गरेको छ । २०६६ साल माघ ७ गते छोरी जन्माएर मारेकी सहिद लखन गाउँपालिका -७ बुंकोटकी ३६ बर्षकी मञ्जु श्रेष्ठलाई गत मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । अदालतबाट कर्तव्य ज्यान मुद्दामा २ बर्ष कैद र जरिवाना तोकिई फरार रहेका श्रेष्ठलाई […]

Continue Reading

गोरखामा प्रथम पालिकास्तरीय पुरुष र महिला भलिबल प्रतियोगिता चैत २७ गते देखि हुने

गोरखा, फागुन १३ । जिल्ला भलिबल संघ गोरखाको आयोजनामा प्रथम पालिकास्तरीय पुरुष र महिला भलिबल प्रतियोगिता हुने भएको छ। आगामी चैत २७ गते देखि ३० गतेसम्म प्रथम गोरखा जिल्ला अन्तर पालिका स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८० आयोजना गरिने आयोजकले जनाएको छ। गोरखा सदरमुकाममा आज आयोजित पत्रकार सम्मेलनमा जिल्लामा नयाँ खेलाडी उत्पादन, खेलाडीको विकास […]

Continue Reading

गोरखाका करिब १७ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइँदै

गोरखा, फागुन १४। यही फागुन १६ गते देखि गोरखा जिल्लाका एघार पालिकाका १६ हजार ९ सय ८० जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन सम्पूर्ण तयारी पूरा भएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । गोरखा जिल्ला भर फागुन १६ गते देखि २२ गते सम्म दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु गरिने भएता पनि प्रदेशस्तरमा आजै देखि अभियानको सुरुवात […]

Continue Reading

मि. बि आठौं गोर्खाली रनिङ कपको उपाधि हरमटारी क्लबलाई

बिराज त्रिपाठी गोरखा, फागुन १२ ।  मि. बि आठौं गोर्खाली रनिङ कप फुटबलको उपाधि हरमटारी क्लबले जितेको छ। गोरखा सदरमुकाम स्थित हरमटारी खेलकुद मैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा चाइनिज धारा फ्यामिलिलाई २–० गोल अन्तरले हराउँदै आयोजक हरमटारी क्लबले उपाधि जितेको हो। उपाधिसँगै हरमटारी क्लबले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँका साथै […]

Continue Reading

गोरखाको डम्पिङ साइटमा आगो लाग्दा धूवाँले सास्ती

माघ २८, गोरखा । गोरखा नगरपालिका–८ स्थित डम्पिङ साइटमा सल्किएको आगोबाट निस्किएको धुवाँले गोरखा सदरमुकाम प्रदूषित बनेको छ। बस्ती र जंगलमाथिको आकाश धुवाँले ढाकिएको छ । धुवाँ र दुर्गन्ध बढेपछि स्थानीय गाईबाख्रा चराउन समेत जंगल जान सकेका छैनन् । आगो लगाउनुअघि नजिकै पुग्दा मात्रै दुर्गन्ध थाहा पाउने गरेको भए पनि अहिले बस्ती सम्मै दुर्गन्ध आएपछि स्थानीय […]

Continue Reading

गोरखामा पहिलो पटक नमुना पम्प संचालन

बिराज त्रिपाठी गोरखा, माघ २३ । गोरखामा सोमबार देखि नमुना पम्प औपचारीक रुपमा संचालनमा आएको छ । माघ १ गते देखि सञ्चालनमा आएको गोरखकाली फ्युल सेन्टर प्रालि ले सञ्चालन गरेको नमुना पम्प औपचारीक रुपमा माघ २२ गते सोमबार जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापा मगरले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन् । पाँच […]

Continue Reading