२१ औं विश्व रक्तदाता दिवसमा जेसीज गोरखाद्धारा रक्तदातालाई सम्मान

समाचार

३२ जेठ २०८१, शुक्रवार


गोरखा । जेसीज जिल्ला शाखा गोरखाले २१ औं विश्व रक्तदाता दिवसका अवसरमा गोरखामा तीन जनालाई सम्मान गरिएको छ। रक्तदान जीवन दान भन्दै जिल्लामा रगत अभाव भएका विरामीलाइ रक्तदान गर्नेलाई शुक्रबार सम्मान गरेको हो । गोरखामा रगत कमीका कारणले विरामीहरुले छटपटाइ रहेका अवस्थामा रगत दिने दाताहरुलाइ सम्मान गरिएको जेसीज जिल्ला शाखा गोरखाका महासचिव सुजित श्रेष्ठले बताएका छन् । १४ जुनलाई विश्वभर नै रक्तदाता दिवसका रुपमा मनाईंदै आएको छ।

जेसीज जिल्ला शाखा गोरखाले गोरखा सदरमुकाम स्थित गोरखा जिल्ला अस्पतालमा कार्यक्रम आयोजना गरी सम्मान गरेका हुन् । मानिसको अमुल्य जीवनलाइ बचाउन सघाउ पुर्याउने दाताहरुलाइ एक कार्यक्रका वीच सम्मान गरिएको जेसीज जिल्ला शाखा गोरखाका अध्यक्ष अस्विन ढुंगानाले बताएका छन् ।

सम्मानित व्यक्तित्वहरु क्रमशः विकास वावु परियार, सञ्जय कुमार अधिकारी र यम बहादुर बसेल

सम्मानित हुनेमा सञ्जय कुमार अधिकारी, यम बहादुर बसेल र विकास वावु परियार रहेका छन् । उनीहरुले हालसम्म क्रमशः ६ पटक र ५/५ पटक रक्तदान गरेका छन् ।

उनीहरुलाइ कार्यक्रमका प्रमुख अतिथि तथा गोरखा नगरपालिकाका पुर्व नगर प्रमुख राजन राज पन्त, गोरखा जेसीजका अध्यक्ष अस्विन ढुंगाना र कार्यक्रम संयोजक सुमन गुरुङ्गले दोसल्ला र प्रमाण पत्र दिएर सम्मान गरेका हुन् । जिल्लामा रगत अभावका कारणले ज्यान जोखिममा रहेका अवस्थामा रगत दान गर्नेहरुलाइ एक औपचारिक कार्यक्रममा वीच सम्मान गरिएको हो ।


गोरखा नगरपालिकाको पुर्व नगरप्रमुख राजन राज पन्तले व्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको उद्घाटन गर्दै रगत दान गर्न सबै रक्तदाताहरुलाई बाधाइ तथा आगामी दिनहरुमा सहयोग गर्न आग्रह गरेका छन् । आर्थिक अभावका कारणले रगत अभावमा जीउने अधिकांश विरामीहरुका लागि जिल्लामा ब्लड बैंक स्थापना भएकाले रगत दिनका लागि सबैले सहयोग गर्नुपर्ने उनले बताए।

जेसीजका महासचिव सुजित श्रेष्ठद्वारा सञ्चालित उक्त कार्यक्रममा जेसीज जिल्ला शाखा गोरखाका निवर्तमान अध्यक्षहरु भगवान वावु मास्के, शरण श्रेष्ठ, अन्जन वावु खत्री, प्रविन वस्नेत, शैलेन्द्र भट्ट, गोरखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लाल प्रसाद श्रेष्ठ, गोरखा अस्पतालका सुपरिटेण्डेन्ट डा. सिद्धार्थ खनाल, गोरखा अस्पतालका व्लड शाखा प्रमुख रुस्का के.सी वस्नेत, जेसीज वोर्डका सदस्यहरु लगायतको उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *