तनहुँको यातायात र पूर्वाधार कार्यालयमा भौतिकमन्त्रीको निरीक्षण

पोखरा, १३ मंसिर गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले तनहुँस्थित यातायात व्यवस्था कार्यालय, डुम्रे र पूर्वाधार विकास कार्यालयको निरीक्षण गरेका छन् । मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्यांकन तथा पूर्वाधार महाशाखा प्रमुख डा. महेन्द्र बानियासहितको टोली निरीक्षणमा पुगेको हो । मन्त्री केसीले यातायात कार्यालयका निमित्त प्रमुख गोपाल […]

Continue Reading

सीईओ एलन मस्कले ट्विटरको लोगोबाट डब्लु हटाएर ‘टिटर’ राखे

ट्विटरका सीईओ एलन मस्कले गतवर्ष कम्पनी खरिद गर्नु अघि नै एक सर्वेक्षणात्मक पोस्ट गर्दै कम्पनीको नाम परिवर्तन गर्ने वा नगर्ने भनेर सोधेका थिए । त्यसमा ५६ प्रतिशत प्रयोगकर्ताले गर्ने भन्नेमा मत राखेका थिए । केही दिनअघिदेखि ट्विटरको मुख्यालयमा कम्पनीको साइनबोर्डमा डब्लु हटाइएको तस्बिरहरु सार्वजनिक भएका थिए । तर, धेरैले त्यो फोटोसप गरेको हुनसक्ने भन्दै खासै […]

Continue Reading

मोदीको थरबारे गरेको टिप्पणीलाई राहुल गान्धीलाई दुई वर्ष जेल सजाय

भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई एउटा अदालतले दुई वर्ष जेल सजाय सुनाएको छ। सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै बिहीबार उक्त सजाय सुनाएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ। गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका […]

Continue Reading

भारतीय अभिनेत्री तुनिषाले सुटिङ सेटमै आत्महत्या गरिन्

भारतीय अभिनेत्री तुनिषा शर्माले सुटिङ सेटमै आत्महत्या गरेकी छिन्। आत्महत्याको मुद्दामा उनका को-स्टार शिजन खानलाई पक्राउ गरिएको छ। ठाणे जिल्लाको वालीव प्रहरीले उनलाई आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरेको हो। उनीविरुद्ध सोही आरोपमा आइपीसी धारा ३०६ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। तुनिषाले कैटरिना कैफको फिल्म ‘फितुर’मा उनको बालकाल्यको भूमिका निर्वाह गरेकी थिइन्। ‘अलीबाबा दास्ताने काबुल’मा शाहजादी […]

Continue Reading

मिस अर्जेन्टिना र मिस पुर्टो रिकोले गरे आपसमा विवाह

अर्जेन्टिना र पुर्टो रिकोका दुई सुन्दरीले आपसमा विवाह गरेका छन्। सिएनएनका अनुसार मिस अर्जेन्टिना २०२० मरियाना भरेला र सोही वर्ष मिस पुर्टो रिको बनेकी फाबिओला भ्यालेन्टिनले गत अक्टोबर २८ मा विवाह गरेका हुन्।      २६ वर्षकी भरेला र २२ वर्षकी भ्यालेन्टिन डेढ वर्षदेखि प्रेम सम्बन्धमा थिए। आफ्नो सम्बन्धबारे उनीहरूले कसैलाई जानकारी दिएका थिएनन् ।  […]

Continue Reading

गुजरातमा पुल खस्दा १३० जनाको मृत्यु 

कात्तिक १३ गते गुजरातको मौरवीमा मच्छु नदीको पुल खस्दा कम्तीमा १३० जनाको मृत्यु भएको छ । मोरबी सहरमा रहेको एक शताब्दीभन्दा पुरानो पुल साँझ ६ः३० बजे मानिसको भीडमा परेको थियो । आज सम्म पनि उद्वारको काम भइरहेको छ । मर्मतको सात महिनापछि पुनः सञ्चालनमा आएको मोरबी केबुल पुलमा फिटनेस सर्टिफिकेट नभएको अधिकारीको भनाइ छ । […]

Continue Reading

बुर्किना फासोमा आक्रमण एघार सैनिकको मृत्यु, पचास सर्वसाधारण बेपत्ता

उत्तरी बुर्किना फासोमा सोमबार भएको एक आक्रमणमा परी कम्तीमा ११ जना सैनिकको मृत्यु भएको बुर्किना फासो सरकारले मङ्गलबार प्रकाशन गरेको एक विज्ञप्तिमा जनाएको छ । जिबो शहरतर्फ जाँदै गरेको एक आपूर्ति समूहलाई साहेल क्षेत्रको साउम प्रान्तको गास्किन्देको कम्युननजिक आतङ्कवादीहरूले आक्रमण गरेका थिए ।          एघार सैनिकको मृत्यु भएको छ, २० सैनिकसहित २८ […]

Continue Reading

श्रीलंकामा आज राष्ट्रपति छान्न मतदान गरिँदै

श्रीलंकाको संसदले आज बुधबार नयाँ राष्ट्रपतिका लागि मतदान गर्दै छ । आक्रोशित प्रदर्शनकारीहरू निवासमा प्रवेश गरेपछि विदेश भागेर उतैबाट राजीनामा दिएका गोटाबाया राजापाक्षेको स्थानमा नयाँ राष्ट्रपतिका लागि बुधबार संसदमा मतदान हुँदै छ । राजापाक्षेको स्थानमा आउने नयाँ राष्ट्रपतिले देशमा जारी अभुतपूर्व संकट समाधानमा महत्वपूर्ण पहल गर्ने विश्वास गरिएको छ । श्रीलंकाका २ करोड २० लाख […]

Continue Reading

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ।  शुक्रबार बिहान आक्रमणमा परेका आबेको दिउँसो उपचारका क्रममा निधन भएको जापानी प्रसारण संस्था एनएचकेलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। जापानका पूर्वप्रधानमन्त्री ६७ वर्षीय सिन्जो आबेलाई शुक्रबार बिहान ११ः३० बजे देशको पश्चिमी भाग नारामा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा पछाडिबाट गोली हानिएको थियो। आक्रमणकारी ४१ वर्षीय तेत्सुया […]

Continue Reading

युक्रेनी सेनाले गरेको बमबारीबाट दोनेत्स्क जनगणतन्त्रमा पाँच सर्वसाधारण मारिनुको साथै १२ जना घाइते

‘युक्रेनी सेनाले गरेको बमबारीबाट दोनेत्स्क जनगणतन्त्रमा पाँच सर्वसाधारण मारिनुको साथै १२ जना घाइते भएका छन्’, स्थानीय अधिकारीले टेलिग्राममा पोस्ट गरेको एक विज्ञप्तिमा भनिएको छ । दोनेत्स्क पूर्वी युक्रेनस्थित दोनबास कोइला क्षेत्रमा स्व–घोषित डोनेत्स्क गणतन्त्रको वास्तविक राजधानी हो । सन् २०१४ देखि आंशिक रूपमा रुस समर्थक पृथकतावादीद्वारा नियन्त्रित उक्त क्षेत्र युक्रेन र रूसी सेनाहरूबीच भयंकर लडाइको […]

Continue Reading