अर्जेन्टिना र पुर्टो रिकोका दुई सुन्दरीले आपसमा विवाह गरेका छन्। सिएनएनका अनुसार मिस अर्जेन्टिना २०२० मरियाना भरेला र सोही वर्ष मिस पुर्टो रिको बनेकी फाबिओला भ्यालेन्टिनले गत अक्टोबर २८ मा विवाह गरेका हुन्।
२६ वर्षकी भरेला र २२ वर्षकी भ्यालेन्टिन डेढ वर्षदेखि प्रेम सम्बन्धमा थिए। आफ्नो सम्बन्धबारे उनीहरूले कसैलाई जानकारी दिएका थिएनन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूहरूले बिताएका प्रेमिल क्षणहरूको भिडिओ सेयर गर्दै उनीहरूले विवाह गरेको जानकारी दिएका हुन्।