कात्तिक १३ गते गुजरातको मौरवीमा मच्छु नदीको पुल खस्दा कम्तीमा १३० जनाको मृत्यु भएको छ । मोरबी सहरमा रहेको एक शताब्दीभन्दा पुरानो पुल साँझ ६ः३० बजे मानिसको भीडमा परेको थियो । आज सम्म पनि उद्वारको काम भइरहेको छ ।
मर्मतको सात महिनापछि पुनः सञ्चालनमा आएको मोरबी केबुल पुलमा फिटनेस सर्टिफिकेट नभएको अधिकारीको भनाइ छ । मोरबी केबुल पुल भत्किएपछि झोलुङ्गे पुल एक निजी कम्पनीले सात महिनादेखि मर्मतको काम गरेपछि चार दिनअघि मात्रै सर्वसाधारणका लागि खुला गरिएको हो ।