गोरखामा अध्ययन सुरु भएको पुरातात्विक भग्नावशेष मल्लकालीन महादेव मन्दिर भएको पुष्टि
गोरखा, असार १९ । गोरखा नगरपालिका–१० छेपेटारस्थित महादेवटारी क्षेत्रमा गत वर्ष फेला परेको पुरातात्विक भग्नावशेष मल्लकालीन महादेव मन्दिरको रहेको पुष्टि भएको छ। लट्टेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि जग खन्ने क्रममा भेटिएको उक्त संरचनाबारे पुरातत्व विभागले गत वर्ष प्रारम्भिक अध्ययन र यस वर्ष नौ दिनसम्म विस्तृत उत्खनन गरेको थियो। उत्खननबाट प्राप्त इटाको आकार, गर्भगृह, पेटीढुंगा, घेराबार […]
Continue Reading