धादिङ । धादिङको गङ्गाजमुना गाउँपालिका–४ यार्सा टोलमा आफ्नै छोराको कुटाइबाट ६० वर्षीय धननारायण सुनारको मृत्यु भएको छ।
शनिबार अपराह्न घरायसी विवादका क्रममा ३५ वर्षीय सुजन सुनारले फलामको पाइपले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका धननारायणको फुलखर्क ग्रामीण अस्पतालमा उपचारका क्रममा साँझ मृत्यु भएको हो।
वडाध्यक्ष प्रेम घलेका अनुसार सुजन लामो समयदेखि मानसिक असन्तुलनको समस्याबाट ग्रसित थिए। घटनापछि वडाध्यक्ष र स्थानीयवासीको सहयोगमा उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको छ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ पठाइएको छ भने अभियुक्त सुजन सुनार जिल्ला प्रहरी कार्यालय धादिङको नियन्त्रणमा छन्।
