गोरखामा रुखबाट लडेर घाइते भएका पुरुषको उपचारका क्रममा मृत्यु

बैशाख २२, गोरखा । गोरखा जिल्लाको भिमसेन थापा गाउँपालिका–७ सिमलटारमा घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। ५० वर्षीय राम बहादुर कुमाल वैशाख २० गते दिउँसो करिब ३ बजे आफ्नै घर नजिकको समीको रुखमा घाँस काट्न चढेका थिए। सोही क्रममा सन्तुलन गुमाएर लडेका कुमाल गम्भीर घाइते भएका थिए। […]

Continue Reading

गोरखामा माछा मार्ने क्रममा लडेका वृद्धको उपचारको क्रममा मृत्यु

बैशाख २२, गोरखा । गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदी किनारमा माछा मार्ने क्रममा लडेर बेहोस भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सोही ठाउँमा बसोबास गर्दै आएका ६० वर्षीय लक्ष्मण कुमाल आइतबार दिउँसो करिब १२:५० बजे दरौदी नदी किनारमा माछा मार्ने क्रममा अचानक लडेका थिए। लडेपछि उनी बेहोस अवस्थामा […]

Continue Reading

कोटीहोममा ४० युनिट रगत संकलन, शनिबारमात्रै १५ हजार भक्तजन सहभागी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजक मानव सेवा फाउण्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको हो । कोटीहोममा एक सय कुण्डमा दैनिक रुपमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीय व्यासाचार्य प्रशान्त कृष्ण पंराकुशजीमार्फत रामायण प्रवचन, वाचिका […]

Continue Reading

गोरखा मोबाइल व्यवसायीको नेतृत्वमा सन्दिप ढकाल: दोस्रो अधिवेशनबाट सर्वसम्मत चयन

गोरखा । गोरखा जिल्लाका मोबाइल व्यवसायीहरूलाई समेटेर गठित मोबाइल व्यवसायी संघ, गोरखा को दोस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनले सन्दिप ढकाललाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गर्दै संस्था सञ्चालनको जिम्मेवारी सुम्पिएको हो। गोरखा सदरमुकाममा  शुक्रबार साँझ सम्पन्न अधिवेशनमा जिल्लाका विभिन्न स्थानबाट सहभागी व्यवसायीहरूको उपस्थितिमा नयाँ नेतृत्व टिम चयन गरिएको हो। संघका अध्यक्ष सुमन कार्कीको […]

Continue Reading

सिरानचोक गाउँपालिकामा उत्कृष्ट ४० उद्यमी सम्मानित

गोरखा, वैशाख १९ । गण्डकी प्रदेशको पाँच जिल्लाका पाँच गाउँपालिकामा सञ्चालित बृद्विमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम (GEEP) अन्तर्गत गोरखा जिल्लाको सिरानचोक गाउँपालिकाबाट छनोट गरिएका उत्कृष्ट ४० जना उद्यमीलाई आज एक विशेष समारोहका बीच सम्मान गरिएको छ। उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, सिरानचोक गाउँपालिका र दायित्व नेपालद्वारा संयुक्त रूपमा सञ्चालित कार्यक्रममा पालिकाभित्रका १२५ जना […]

Continue Reading

जिल्ला प्रहरी कार्यालय गोरखाको २०८० फागुनदेखि हालसम्मको प्रगति विवरण सार्वजनिक

गोरखा। जिल्ला प्रहरी कार्यालय गोरखाले २०८० साल फागुनदेखि हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार प्रहरी कार्यालयले आपराधिक अनुसन्धान, अदालतको फैसला कार्यान्वयन, सामुदायिक साझेदारी, विपद व्यवस्थापन, ट्राफिक कारवाही, तथा प्राकृतिक सम्पदा सुरक्षासम्बन्धी विभिन्न उल्लेखनीय कार्यहरु सम्पन्न गरेको छ। अपराध अनुसन्धानतर्फ, ४३३ वटा मुद्दा दर्ता भई २२६ वटा फर्छ्यौट गरिएको छ भने ३०४ जना […]

Continue Reading

धर्म विना राजनीति हुदैन: राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहि

पोखरा १६ बैशाख । पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर को जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बन्दै आएको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माणपश्चात् चैत्र २९ गतेदेखि अनुराधा पाण्डेयद्वारा भागवत कथा प्रवचनको शुभारम्भसँगै दैनिक कथा वाचन शुरु भएको हो। हाल अन्तरराष्ट्रिय कथा […]

Continue Reading

पोखरामा ११ हजार कलशसहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न

पोखरा, १६ वैशाख । पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत मंगलबार बिहान ११ हजार कलश सहितको विशाल शोभा कलश यात्रा भव्य रूपमा सम्पन्न भएको छ। कोटिहोम परिसरबाट सुरु भएको यो यात्रा पोखराका बिभिन्न मुख्य सडक हुदै अगाडि बढेको थियो । गंगाको […]

Continue Reading

गोरखा शहिदलखनमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु

गोरखा, २०८२ बैशाख १५ । गोरखा जिल्ला शहिदलखन गाउँपालिका–१ बक्राङमा चट्याङ लागेर एक व्यक्तिको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार, आइतबार बेलुकी करिब ७:५० बजे घरमै बसेका ४२ वर्षीय राजु खनाललाई अचानक परेको चट्याङले गम्भीर घाइते बनाएको थियो। घटनापछि इलाका प्रहरी कार्यालय मनकामनाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घाइते खनाललाई तत्कालै उपचारका लागि […]

Continue Reading

गण्डकी कोटिहोममा भोलि रेनु दाहालको उपस्थितिमा महायज्ञको उत्सव 

पोखरा, १४ वैशाख २०८२ । गण्डकी कोटिहोममा भोलि वैशाख १५ गते भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दहालको सहभागितामा विशेष कार्यक्रम आयोजना हुँदैछ। यो अवसरले गण्डकी कोटिहोमको सामाजिक र धार्मिक पहलहरूलाई थप प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रमुख दाहालको उपस्थितिले कार्यक्रमको महत्त्व र सम्मानलाई अझ उजागर गर्नेछ। साथै, गण्डकी कोटिहोममा ४१ दिनसम्म निरन्तर चल्ने महायज्ञले व्यापक […]

Continue Reading