भोटेकोशी बाढीमा बेपत्ता गोरखाका दुई जनाका आफन्त सम्पर्कमा नआएको प्रहरीको भनाइ

समाचार

रसुवा । भोटेकोशी बाढीमा परेर बेपत्ता भएका गोरखा पालुङटार नगरपालिका दिलबहादुर तामाङ र धनबहादुर विश्वकर्माका आफन्त शव सनाखत गर्न नआएको प्रहरीले जनाएको छ।

गत असार २४ गते तिब्बतबाट सामान ल्याउँदै गरेका कन्टेनरसहित ११ जना बेपत्ता भएका थिए। तामाङ र विश्वकर्मा रसुवागढी भन्सार कार्यालय टिमुरेमा कन्टेनर चालकका रूपमा कार्यरत थिए।

प्रहरीका अनुसार फेला परेका शवहरू रसुवा जिल्ला अस्पतालको शवगृहमा राखिएको छ। तर गोरखाबाट कोही सम्पर्कमा नआएकाले पहिचानमा समस्या भएको प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए। शव सनाखत तथा दाबी गर्न प्रहरीद्वारा सूचना जारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *