गोरखामा पहिरोले तीनतले घर बगायो, एक जना घाइते

अविरल वर्षापछि आएको पहिरोले गोरखा नगरपालिका–९ लक्ष्मीबजार दिवामार्गस्थित एक तीनतले पक्की घर पूर्ण रूपमा ध्वस्त हुँदा एक जना घाइते भएका छन्। सोमबार बिहान करिब ११ बजे मानसिंह गुरुङको तीनतले पक्की घर जगबाट पहिरोसँगै करिब १५–२० मिटर तल खसेर पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ। घरमा डेरा गरी बस्दै आएका रौतहटको कटरिया नगरपालिका–७ घर भएका […]

Continue Reading

गोरखामा बस र बोलेरो ठोक्किँदा ६ जना घाइते

गोरखा नगरपालिका–१३ पाँचकिलोमा सोमबार दिउँसो बस र बोलेरो एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन्। दिउँसो करिब १:२० बजे सेराबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग २ ख ११४६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०२५ च ०७५८ नम्बरको बोलेरो ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा बोलेरो चालक सहिदलखन गाउँपालिका–१ बक्राङका ३४ वर्षीय विवश विकको […]

Continue Reading

सामाजिक सञ्जालमा उठेका विषयमा दुल्लभ माविबारे भिमसेन थापा गाउँपालिकाको ६ बुँदे निर्णय

गोरखाको भिमसेन थापा गाउँपालिका–१ स्थित दुल्लभ माध्यमिक विद्यालयका विषयमा सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा उठेका विषयलाई लिएर गाउँपालिकाले सरोकारवालासँग समन्वयात्मक छलफल गरी ६ बुँदे निर्णय गरेको छ। उक्त निर्णय विद्यालय व्यवस्थापन समिति, पूर्व तथा वर्तमान पदाधिकारी, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र अन्य सरोकारवालाको उपस्थितिमा गरिएको हो। निर्णयअनुसार विद्यालयमा विगतमा भएका गतिविधिबारे खुला छलफल […]

Continue Reading

दरौदी नदीमा बेपत्ता भएका शम्शेर नेपाली मृत फेला

गोरखा, साउन ६ । गोरखाको अजिरकोट गाउँपालिका–४ तालफुटेघाटस्थित दरौदी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। असार ३२ गते दिउँसो करिब १ बजे मलामी गएका अजिरकोट गाउँपालिका–४ झ्यावाँ निवासी करिब ४० वर्षीय शम्शेर नेपाली दरौदी नदीमा नुहाउने क्रममा अचानक बगेर बेपत्ता भएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी […]

Continue Reading

बसपार्क होटलमा युवती हत्या प्रकरण: दुई पक्राउ, लुटिएको एक लाख रुपैयाँको बदलामा हत्या

काठमाडौंको नयाँ बसपार्कस्थित होटल माउन्टेन एल्सिभामा साउन ३ गते मृत फेला परेकी २५ वर्षीया युवतीको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका–१ घर भई नेपालगन्ज बस्दै आएका ३८ वर्षीय दानबहादुर शाही र दैलेखको डुंगेश्वर गाउँपालिका–६ का २७ वर्षीय रमेश बुढा रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दुवै जनाविरुद्ध […]

Continue Reading

बारीमा काम गर्न गएका युवक मृत फेला

गोरखा, साउन ५ । गोरखाको भीमसेन थापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार अविवाहित भट्ट साउन ४ गते दिनको समयमा घर नजिकैको बारीमा काम गर्न गएका थिए। रातिसम्म घर नफर्किएपछि परिवारले खोजी गरेको थियो। बिहीबार बिहान उनका बुबा लेखनाथ भट्टले घरदेखि करिब १०० मिटर पूर्व, कोयापानीदेखि धावा जाने […]

Continue Reading

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३३ जना घाइते

चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेस्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा आइतबार बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा करिब ३३ जना यात्रु घाइते भएका छन्। बिहान करिब ७:१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक […]

Continue Reading

पर्सामा धान रोपिरहेका बेला चट्याङ पर्दा सात महिला घाइते

पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते भएका छन्। घाइतेमध्ये शान्तिदेवी सहनीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको छ। अन्य छ जनाको भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये कुश्मी देवी सहनीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ भने अन्य पाँच जनाको […]

Continue Reading

माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात यात्रु घाइते

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना यात्रु घाइते भएका छन्। भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिँदा सहचालक बुटवल उपमहानगरपालिका–३ निवासी ३० वर्षीय सन्दीप बराल गम्भीर घाइते भएका थिए। उनको भिम अस्पताल भैरहवामा उपचारका क्रममा मृत्यु […]

Continue Reading

८ महिनामै बनेको लुदी खोला मोटरेबल पुल उद्घाटन, मनकामना यात्रामा सहजता

गोरखा। गोरखाको स्याउली बजार–भट्टफाँट–मनकामना सडक अन्तर्गत निर्माण सम्पन्न भएको लुदी खोला मोटरेबल पुल उद्घाटन गरिएको छ। करिब ८ महिनामै ७ करोड ५१ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको ६० मिटर लामो पुलको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिबार आयोजित कार्यक्रममा उद्घाटन गरेका हुन्। पुल सञ्चालनमा आएपछि गोरखा नगरपालिका र शहीद लखन गाउँपालिकाबीचको आवागमन थप सहज […]

Continue Reading