विश्व वातावरण दिवसमा गोरखा जेसीजद्वारा वृक्षारोपण

गोरखा, जेठ २२ । विश्व वातावरण दिवस २०२६ को अवसरमा गोरखा जेसीजले गोरखा नगरपालिका–३ स्थित बिन्दाबासिनी संरक्षण मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। गोरखा जेसीजका अध्यक्ष सुजित श्रेष्ठको अध्यक्षता तथा उपाध्यक्ष सञ्जोग तिमिल्सिनाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा वडा नं. ३ का अध्यक्ष चुलबहादुर कुँवर प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा धुपी, ज्याकराण्डा र गुलमोहरका ३० […]

Continue Reading

वातावरण दिवसमा पोखरामा ६ हजार बिरुवा रोपियो

पोखरा, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा पोखरा महानगरपालिकाका विभिन्न स्थानमा ६ हजारभन्दा बढी बिरुवा रोपिएको छ। ‘ग्रिन पोखरा, क्लिन पोखरा’ अभियानअन्तर्गत आयोजित वृक्षारोपण कार्यक्रममा नगर प्रमुख धनराज आचार्य सहभागी भएका थिए। उनले पोखरालाई स्वच्छ र हरित सहरका रूपमा विकास गर्न मेगा वृक्षारोपण अभियान सञ्चालन गरिएको बताए। उनले लामो अध्ययन तथा विज्ञहरूको सुझावका आधारमा […]

Continue Reading

नागेपोखरी संरक्षण र पर्यापर्यटन प्रवर्द्धनका लागि दुई दिने पदयात्रा सम्पन्न

गोरखा । डिभिजन वन कार्यालय, गोरखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सिमसार संरक्षण तथा व्यवस्थापन योजनाअनुसार अजिरकोट गाउँपालिकाको समन्वयमा नागेपोखरी क्षेत्रमा दुई दिने पदयात्रा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। गोरखाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पारिस्थितिकीय महत्व बोकेको प्रसिद्ध नागेपोखरीको संरक्षण, पर्यापर्यटन प्रवर्द्धन, जलवायु परिवर्तन सम्बन्धी सचेतना अभिवृद्धि तथा यसको पारिस्थितिकीय महत्वबारे जानकारी प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना […]

Continue Reading

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान भर्न फ्लाई दुबई इच्छुक, ६ घण्टा लामो प्राविधिक निरीक्षण

पोखरा, २० जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने तयारीले नयाँ गति लिएको छ। संयुक्त अरब इमिरेट्सको चर्चित वायुसेवा कम्पनी फ्लाई दुबईका जोखिम व्यवस्थापन उपाध्यक्ष एड्रियन लुकास नेतृत्वको प्राविधिक टोलीले विमानस्थलको विस्तृत स्थलगत निरीक्षण गरेको छ। टोलीले विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला तथा प्राविधिक टोलीसँग करिब ६ घण्टा लामो छलफल र निरीक्षण […]

Continue Reading

३०० बालबालिकालाई शैक्षिक सामग्री, १४ जनालाई नगद सहयोग

गोरखा। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा पद्धति विकास सेवा केन्द्र, गोरखाको साझेदारीमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत गोरखाका विभिन्न विद्यालयमा अध्ययनरत प्रायोजित बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। आरुघाट गाउँपालिका–२ स्थित श्री भवानी माध्यमिक विद्यालय, आरुघाट गाउँपालिका–४ को श्री गण्डकी माध्यमिक विद्यालय, धार्चे गाउँपालिका–५ को श्री जनजागृति माध्यमिक विद्यालय तथा धार्चे गाउँपालिका–६ स्थित […]

Continue Reading

प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्ष उद्घाटन, स्वास्थ्य सामग्री हस्तान्तरण

गोरखा। प्रदेश अस्पताल गोरखा र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा प्रदेश अस्पताल गोरखामा आयुर्वेद थेरापी कक्षको उद्घाटन गरिएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकालको अध्यक्षता तथा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश अस्पताल गोरखाका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शम्भु अधिकारीले शुभकामना मन्तव्य […]

Continue Reading

प्रेमकुमार खत्रीको पहलमा गोरखामा स्वास्थ्य सेवा विस्तार

गोरखा । गोरखाका दुई स्वास्थ्य संस्थामा आधुनिक स्वास्थ्य परीक्षण सेवा विस्तारका लागि करिब ८० लाख रुपैयाँ बराबरका उपकरण उपलब्ध गराइएको छ । सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेमकुमार खत्रीको पहलमा गोरखा नगरपालिका–२ ताप्लेस्थित कोखेआहाले शहरी स्वास्थ्य केन्द्र र भिमसेन थापा गाउँपालिका–६ अश्राङस्थित शहिदस्मृति आधारभूत अस्पतालमा प्रयोगशालासम्बन्धी उपकरण हस्तान्तरण गरिएको हो । सम्भव नेपालका कार्यक्रम व्यवस्थापक उत्तम […]

Continue Reading

घाटु नाचले गोरखा गुञ्जायमान, संरक्षणमा चुनौती

गोरखा । गोरखाका मगर र गुरुङ समुदायमा प्रचलित ऐतिहासिक घाटु नाच यतिबेला गाउँबस्तीमा पुनः जीवन्त बनेको छ। वैशाख शुक्ल पूर्णिमा अर्थात् चण्डीपूर्णिमाबाट सुरु हुने यो परम्परागत नाच पञ्चमीसम्म विभिन्न स्थानमा निरन्तर प्रस्तुत हुँदै आएको छ। गोरखा नगरपालिका–१० बिरिन्चोक बजारमा मगर संघको अगुवाइमा घाटु पर्व विशेष उत्साहका साथ मनाइँदैछ। धार्मिक आस्था र सामाजिक एकताको प्रतीक मानिने […]

Continue Reading

नेपालको विनाशकारी भूकम्पको १० वर्ष पूरा

गोरखा । नेपालमा २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको १० वर्ष पूरा भएको छ। २०१५ अप्रिल २५ (१२ वैशाख २०७२) का दिन बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पपछि वैशाख १३ र वैशाख २९ गते शक्तिशाली परकम्पहरू जाँदा थप क्षति पुगेको थियो। उक्त विपद्ले […]

Continue Reading

प्रदेश अस्पताल गोरखामा सेवा सुधारबारे पत्रकारसँग अन्तरक्रिया

गोरखा, वैशाख १० २०८३। प्रदेश अस्पताल गोरखाले अस्पतालको सेवा प्रवाह, सुधारका प्रयास तथा आगामी योजनाबारे जानकारी गराउने उद्देश्यले “पत्रकारहरूसँग अस्पतालको सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम” आयोजना गरेको छ। कार्यक्रममा जिल्लाका पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकालले गरेका थिए भने प्रमुख अतिथिका रूपमा डा. गुणराज लोहनीको उपस्थिति रहेको थियो। अस्पतालसम्बन्धी […]

Continue Reading