पर्साको पकहामैनपुर गाउँपालिका–१ स्थित सीमावर्ती क्षेत्रमा धान रोपिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते भएका छन्।
घाइतेमध्ये शान्तिदेवी सहनीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको छ। अन्य छ जनाको भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये कुश्मी देवी सहनीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ।
