माछापुच्छ्रे गाउँ पालिकाको रिभानमा संरक्षण दिवस मनाइयो

२०८२ पुष ४ गते पोखरा । कास्कीको माछापुच्छ्रे   गाउँ पालिका वडा नं। ५ रिभानमा विविध कार्यक्रमको आयोजना गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ३९ औँ वार्षिकोत्सव तथा संरक्षण दिवस मनाइएको छ । संरक्षण क्षेत्र व्यवस्थापन  समिति रिभान र माछापुच्छ्रे  गाउँ पालिका वडा नं। ५ रिभान, को आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको सहयोगमा शुक्रवार विविध […]

Continue Reading

मनकामना आवासीय बहिरा विद्यालयका विद्यार्थी आदिप रानाको लडेर मृत्यु

गोरखा, ६ पुस । गोरखा नगरपालिका-१० स्थित मनकामना आवासीय बहिरा विद्यालयमा अध्ययनरत एक विद्यार्थीको लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–८ घर भएका १५ वर्षीय आदिप राना रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टि गरेको छ। शनिबार राति खाना खाएपछि कोठामा साथीहरूसँग टिभी हेर्दै गरेका रानाले छाती दुखेको गुनासो गरेका थिए। शौचालय गएर फर्किने […]

Continue Reading

लमहीमा गोली प्रहार गरी लुटपाट प्रयास गर्ने अभियुक्त पक्राउ

दाङ । मङ्सिर २० गते लमहीस्थित जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयास गर्ने व्यक्ति दाङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका–४ काभ्रे निवासी ३३ वर्षीय लेखराज केसी रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार पत्रकार सम्मेलनमार्फत घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको हो। केसीलाई पुस ४ गते बिहान करिब ७ बजे राजपुर–१ […]

Continue Reading

गोरखा सदरमुकाममा बस दुर्घटना : २२ जना घाइते, ९ जना चितवन रिफर

गोरखा । गोरखा सदरमुकाम नजिक आज दिउँसो भएको बस दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन्। गोरखा–नारायणगढ रुटमा चल्ने ना ४ ख १४१९ नम्बरको यात्रुबाहक बस गोरखा नगरपालिका–११, बाह्र किलो क्षेत्रको जंगलमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टि गरेको छ। दुर्घटना आइतबार दिउँसो करिब १:३० बजे भएको हो। प्रहरीका अनुसार नारायणगढतर्फ गइरहेको बस अचानक […]

Continue Reading

महेशको अधुरो सपना, आमाको असाध्य पीडा र बाबुको बेसहारा जीवन

काठमाडौँको चिल्ला सडकमा दिनभरि पठाओ चलाउँदै आमाको उपचार खर्च जुटाउने २२ वर्षीय महेश बुढाथोकी आज जीवनमै छैनन्। जेन–जी आन्दोलनका क्रममा सहिद बनेका महेशको निधनपछि उनको परिवार एकै झट्कामा शून्यमा पुगेको छ । दोलखाको दुर्गम बुलुङ गाउँबाट १० वर्षअघि महेशका बुबा केशव बुढाथोकी आफ्ना दुई छोराको भविष्य बनाउने सपना लिएर काठमाडौँ आएका थिए। गाउँमा बाँदर र […]

Continue Reading

गोरखाको लुदीखोला मोटरेबल पुलको मुख्यमन्त्री पाण्डेद्वारा शिलान्यास, ७ करोड ५९ लाखमा निर्माण हुने

गोरखा । गोरखा नगरपालिका–१२ भट्टफाँट र सहिद लखन गाउँपालिका–१ लाई जोड्ने लुदीखोला मोटरेबल पुलको शिलान्यास गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वाधार विकास कार्यालय गोरखाको आयोजनामा शुक्रबार एक विशेष समारोहबीच गरेका छन्। गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको यो पक्की पुल ७ करोड ५९ लाख ३० हजार ८५९ रुपैयाँ ३१ पैसा लागतमा गनेशकुन्द इन्फ्रास्ट्रक्चर एन्ड बिल्डर्सलाई […]

Continue Reading

एनपीएलमा म्याच फिक्सिङको ठूलो प्रयास विफल, १ करोडको ‘रनआउट डिल’ प्रस्ताव गर्ने दुई जना पक्राउ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडीलाई म्याच फिक्सिङ गराउने ठूलो प्रयास भईरहेको खुलासा भएको छ। यस प्रकरणमा प्रहरीले २८ वर्षीय भारतीय नागरिक दिलप्रित सिंह र २४ वर्षीया बर्दिया–८ मगरागढकी, हाल चण्डीगढ बस्दै आएकी रेविका सिंह ठकुरीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार रेविकाले आफू स्पोन्सर खोजिदिने व्यक्ति भन्दै इन्स्टाग्राममार्फत ६–७ जना […]

Continue Reading

गोरखा दरबार संग्रहालयमा कार्तिकमै १८ हजारभन्दा बढी पर्यटकको भीड

गोरखा । गोरखा सदरमुकामस्थित ऐतिहासिक गोरखा दरबार संग्रहालयमा अवलोकन गर्न आउने पर्यटकहरूको संख्या यो वर्ष उल्लेख्य रूपमा बढेको छ। संग्रहालय प्रशासनले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कार्तिक महिनामा मात्र १८ हजार ४५५ जनाले संग्रहालय अवलोकन गरेका छन्। संग्रहालय प्रमुख जयनारायण कार्कीका अनुसार यो संख्या गत वर्षको सोही महिनाभन्दा करिब ३ हजारले बढी हो। “गत […]

Continue Reading

गण्डकी मुख्यमन्त्रीद्वारा सिरानचोकमा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन

गोरखा । सिरानचोक गाउँपालिकाले आयोजना गरेको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज जौवारीस्थित परोपकार आदर्श मावि मैदानमा उद्घाटन गरेका छन्। कार्यक्रममा मुख्यमन्त्री पाण्डेले खेल क्षेत्रलाई गण्डकी प्रदेश सरकारले नीतिगत तथा बजेटीय प्राथमिकता दिएको उल्लेख गर्दै खेलाडीको सम्मान र प्रोत्साहनमा सरकारले विशेष ध्यान दिएको बताए। खेलले अनुशासन, प्रतिबद्धता र व्यवहारिकता सिकाउने […]

Continue Reading

दुर्गा प्रसाई नेतृत्वको समूहसँग सरकारले पहिलो पटक संवाद, २६ बुँदे मागपत्र गृहमन्त्रीलाई बुझायो

काठमाडौं । सरकार र दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियान बीच पहिलो पटक औपचारिक संवाद भएको छ। बुधबार अभियानका प्रतिनिधिमण्डलले सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरी विस्तृत कुराकानी गरेका हुन्। प्रसाईका तर्फबाट प्रेम थापा मगर, प्रमदीप लिम्बु, देवी प्रसाद संग्रौला, माधवप्रसाद खतिवडा, तेजेन्द्र रायमाझी र मकबुल शाह सहभागी थिए। उनीहरूले […]

Continue Reading