मध्यपूर्व तनावग्रस्त : खाडीमा रहेका नेपालीको सुरक्षामा चासो

समाचार

इरानमा अमेरिका र इजरायलको संयुक्त आक्रमण तथा इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्यापछि मध्यपूर्व क्षेत्र तनावग्रस्त बनेको छ। इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी र इजरायली सैन्य संरचनालाई लक्षित गर्दै प्रहार सुरु गरेपछि त्यहाँ रहेका नेपालीहरूको सुरक्षालाई लिएर चिन्ता बढेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार मध्यपूर्वका विभिन्न देशमा हाल १७ लाख २९ हजार २८८ नेपाली रहेका छन्। इरानमा रहेका १० नेपालीमध्ये ४ जना फर्किसकेका छन् भने ६ जना त्यहीँ छन्। इजरायलमा ६ हजार ५०० र यूएईमा करिब ७ लाखसहित खाडी मुलुकहरूमा ठूलो संख्यामा नेपाली कार्यरत छन्।

यूएई, कतार, साउदी अरब, इजरायल र कुवेतस्थित नेपाली दूतावासहरूले सतर्क रहन आग्रह गर्दै ‘इमर्जेन्सी अलर्ट’ जारी गरेका छन्।

तनाव बढेपछि नेपाल सरकारले खाडी मुलुकका लागि श्रम स्वीकृति अस्थायी रूपमा स्थगित गरेको छ। परराष्ट्र मन्त्रालयले क्षेत्रको अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ भने जहाँ रहेका नेपालीलाई त्यहीँ सुरक्षित राख्ने र आवश्यक समन्वय गर्ने काम भइरहेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *