यूएईमा इरानको आक्रमणमा गोरखाका युवकको मृत्यु

समाचार

गोरखा ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानको आक्रमणका क्रममा गोरखाका एक युवकको मृत्यु भएको छ।

गोरखाको भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस श्रेष्ठको आइतबार मृत्यु भएको अबुधाबीस्थित नेपाली राजदूतावासले जनाएको छ।

राजदूतावासका अनुसार श्रेष्ठ मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए। अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा उनको निधन भएको बताइएको छ।

राजदूतावासले मृतक श्रेष्ठको पार्थिव शरीर स्वदेश फर्काउन आवश्यक सहजीकरण गरिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *