बहुमत नआए भ्रष्ट तत्व उत्साहित हुन्छन् : रवि लामिछाने

समाचार

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनमा आफ्नो पार्टीले स्पष्ट बहुमत हासिल नगरे भ्रष्ट तत्वहरू नै उत्साहित हुने दाबी गरेका छन्।

गोरखामा आयोजित चुनावी सभामा बोल्दै उनले देशमा स्थिर र दीर्घकालीन सरकार गठनका लागि रास्वपाको बहुमत अनिवार्य रहेको बताए। “पाँच वर्षसम्म ढुक्कसँग काम गर्ने सरकार चाहिन्छ भने घन्टीमा मतदान गर्नुपर्छ,” उनले भने।

मत विभाजन गर्ने अभ्यासप्रति संकेत गर्दै लामिछानेले प्रत्यक्ष र समानुपातिकतर्फ फरक–फरक मतदान गर्ने सोचले अन्ततः सिट संख्यामा असर पर्ने बताए। “भोट टुक्रियो भने परिणाम पनि टुक्रिन्छ,” उनले चेतावनी दिए।

उनले धर्म, जात र समुदायको नाममा समाजलाई विभाजित गर्ने प्रवृत्तिबाट सचेत रहन आग्रह गर्दै राजनीति र आस्थालाई अलग राख्नुपर्नेमा जोड दिए। भोट बैंकको परम्परागत अभ्यास अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।

सो अवसरमा उनले गोरखा–१ का उम्मेदवार सुधन गुरुङ र गोरखा–२ का कवीन्द्र बुर्लाकोटीलाई विजयी गराउन मतदातासँग अनुरोध गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *