गोरखामा बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु

गोरखा सदरमुकाममा बसको ठक्करबाट गम्भीर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा नगरपालिका–१२ दशकिलोकी ९५ वर्षीया सुनमाया लामा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। शनिबार दिउँसो करिब १:३० बजे काठमाडौंबाट बोर्लाङतर्फ जाँदै गरेको ना ५ ख ५०३० नम्बरको यात्रुबाहक बसले उनलाई ठक्कर दिएको थियो। गम्भीर घाइते लामालाई तत्काल प्रदेश […]

Continue Reading

रामेछापमा बस दुर्घटना : मृतक संख्या ९ पुग्यो

रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिबेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यातायातको बस मंगलबार बिहान करिब ११ बजे सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार हालसम्म नदीमा डुबेको बसबाट ९ जनाको शव निकालिएको छ […]

Continue Reading

रामेछापमा बस दुर्घटना, ६ जनाको मृत्यु

ओखलढुंगा । रामेछापस्थित तामाकोसी नदीमा बस खस्दा ६ जनाको मृत्यु भएको छ। मंगलबार बिहान काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस मन्थली नगरपालिका–६ त्रिवेणी घाट नजिक दुर्घटना भएको हो। सशस्त्र प्रहरीका अनुसार दुर्घटनामा परी ५ जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल खुर्कोट पठाइएको छ। दुर्घटनामा मृत्यु हुनेमध्ये २ जना […]

Continue Reading

बालेन शाहको डेरामा चोरी गर्ने तीन जना पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को डेरामा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ गरी चोरीका केही सामान बरामद गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोक लिसंखुपाखर–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटी दिपायल […]

Continue Reading

धादिङमा बस–बस ठक्कर, चिया पसलमा चिया खाइरहेका चालकको मृत्यु

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलामा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। बिहान करिब ७ बजेतिर दाङबाट काठमाडौं जाँदै गरेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवागढी जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२०८ नम्बरको डिलक्स बस आपसमा ठक्कर खाँदा […]

Continue Reading

गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि प्रतिवेदन मन्त्रालयमा बुझाइयो

गोरखा।बन्द रहेको गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालनमा ल्याउने विषयमा अध्ययन गरी तयार पारिएको सुझाव प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाइएको छ। राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जनकराज शाहको संयोजकत्वमा गठित पाँच सदस्यीय सुझाव कार्यदलले करिब १० महिनाको अध्ययनपछि तयार गरेको १३ पृष्ठको प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई हगरिएको छ। पुनःसञ्चालनको रूपरेखा […]

Continue Reading

गोरखामा १३ दलका उम्मेदवारसहित ३ स्वतन्त्रको मनोनयन दर्ता

गोरखा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गोरखामा १३ राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । मनोनयन दर्ता गर्ने दलहरूमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), उज्यालो नेपाल पार्टी, नेपाल मजदुर किसान […]

Continue Reading

देशभर मनोनयन दर्ता, रुख चिन्हमा मतदान गर्न मुख्यमन्त्री पाण्डेको अपील

फागुन २१ गते हुने निर्वाचनका लागि आज देशभर मनोनयन दर्ता सम्पन्न भएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनोनयन दर्ता प्रक्रिया केवल उम्मेदवारको नाम दर्ता गर्ने कार्य मात्र नभई लोकतन्त्रप्रतिको साझा प्रतिबद्धताको पुनःपुष्टि भएको बताएका छन्। लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने उद्देश्यका साथ सम्पन्न हुन गइरहेको यस निर्वाचनलाई नेपालको राजनीतिक यात्रामा एक महत्वपूर्ण मोडका रूपमा लिनुपर्ने मुख्यमन्त्री […]

Continue Reading

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष बनाउन सरकार पूर्ण प्रतिबद्ध: प्रधानमन्त्री कार्की

काठमाडौं, माघ ६ । प्रधानमन्त्री सुशिला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागिपरेको बताएकी छन्। निर्वाचनका लागि देशभर मनोनयन दर्ता सम्पन्न भएको सन्दर्भमा आज जारी अपिलमा प्रधानमन्त्री कार्कीले निर्धारित समयभित्र उत्साहजनक रूपमा मनोनयन दर्ता गराउने सबै राजनीतिक दल र उम्मेदवारप्रति […]

Continue Reading

खिचडी बोकेर गोरखाबाट गोरखपुरसम्म : परम्परा, आस्था र सम्बन्धको यात्रा

गोरखा । माघी नजिकिँदै गर्दा गोरखाको गोरखनाथ मन्दिर परिसर आज बिहान फरक दृश्यमा जाग्यो। बाजागाजाको ताल, भक्तजनको भीड र हातमा श्रद्धाले बोकेको खिचडी। यही दृश्यसँगै गोरखाबाट भारतको उत्तर प्रदेशस्थित गोरखपुरको गोरखनाथ मन्दिरसम्मको ऐतिहासिक ‘खिचडी यात्रा’ सुरु भयो। यो यात्रा केवल एक ठाउँबाट अर्को ठाउँसम्मको पदयात्रा होइन, दुई देशबीच सदियौँदेखि गाँसिँदै आएको धार्मिक र सांस्कृतिक सम्बन्धको […]

Continue Reading