हिंस्रक ध्रुवे फेरि बस्तीमा, आमाछोरासहित २५ जनाको ज्यान लियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुख्यात जंगली भाले हात्ती ‘ध्रुवे’को आक्रमणमा भरतपुर महानगरपालिका–२३ की २१ वर्षीया आशिका बोटे र उनका ४ वर्षीय छोरा भरत बोटेको मृत्यु भएको पुष्टि भएको छ। घटनापछि ध्रुवे निकुञ्जको सुखीभार क्षेत्रमा फर्किएको जनाइएको छ। शनिबार राति घरमै रहेका बेला जंगलबाट बस्तीमा पसेको ध्रुवेले अचानक आक्रमण गर्दा आमाछोराको घटनास्थलमै मृत्यु भएको भरतपुर […]

Continue Reading

छोराको कुटाइबाट धादिङमा बुवाको मृत्यु, अभियुक्त पक्राउ

धादिङ । धादिङको गङ्गाजमुना गाउँपालिका–४ यार्सा टोलमा आफ्नै छोराको कुटाइबाट ६० वर्षीय धननारायण सुनारको मृत्यु भएको छ। शनिबार अपराह्न घरायसी विवादका क्रममा ३५ वर्षीय सुजन सुनारले फलामको पाइपले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका धननारायणको फुलखर्क ग्रामीण अस्पतालमा उपचारका क्रममा साँझ मृत्यु भएको हो। वडाध्यक्ष प्रेम घलेका अनुसार सुजन लामो समयदेखि मानसिक असन्तुलनको समस्याबाट ग्रसित […]

Continue Reading

गण्डकी प्रदेशमा अग्रज पाँच पत्रकार सम्मानित

पोखरा, २० असार । गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले अग्रज पत्रकारको सम्मानको थालनी गरेको छ । पोखरामा शनिबार आयोजित गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान समारोहमा गण्डकी प्रदेशका ५ जना अग्रज पत्रकारलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा पोखराका अग्रज पत्रकार स्व. केशवराज पराजुली, तिलकमान गुभाजू, नवलपुरका प्रेमचन्द्र रौनियार, तनहुँका विश्वबन्धु भण्डारी र पर्वतकी […]

Continue Reading

मिडियाको अर्थतन्त्र’ बारे पोखरामा छलफल

पोखरा, २० असार । नेपालका मिडिया यतिखेर आर्थिक दृष्टिकोणले धराशायी बन्दै गएका छन् । सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यम मात्रै प्रकाशन गर्नुपर्ने सरकारको नीति त छँदैछ, डिजिटल मिडियाका कारण परम्परागत मिडियाको अस्तिस्व थप संकटमा छ । यसै सन्दर्भमा शनिबार पोखरामा ‘मिडियाको अर्थतन्त्र’ बारे गहन छलफल भयो । प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश आयोजनामा गण्डकी मिडिया समिट–२०८३ […]

Continue Reading

बैतडीमा धनगढीबाट जाँदै गरेको बस दुर्घटना, १६ जना घाइते

धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुबाहक बस शुक्रबार अपराह्न बैतडीमा दुर्घटना भएको छ। सुपप्र ०१–००१ ख ३९६३ नम्बरको बस बैतडीको पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घटनास्थलमा रहेका वडाध्यक्ष हरिश विष्टका अनुसार हालसम्म १६ जना घाइतेको उद्धार गरिएको छ। घाइतेहरूको उद्धार तथा उपचारका लागि आवश्यक व्यवस्था […]

Continue Reading

गोरखामा अध्ययन सुरु भएको पुरातात्विक भग्नावशेष मल्लकालीन महादेव मन्दिर भएको पुष्टि

गोरखा, असार १९ ।  गोरखा नगरपालिका–१० छेपेटारस्थित महादेवटारी क्षेत्रमा गत वर्ष फेला परेको पुरातात्विक भग्नावशेष मल्लकालीन महादेव मन्दिरको रहेको पुष्टि भएको छ। लट्टेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि जग खन्ने क्रममा भेटिएको उक्त संरचनाबारे पुरातत्व विभागले गत वर्ष प्रारम्भिक अध्ययन र यस वर्ष नौ दिनसम्म विस्तृत उत्खनन गरेको थियो। उत्खननबाट प्राप्त इटाको आकार, गर्भगृह, पेटीढुंगा, घेराबार […]

Continue Reading

गोरखामा कालो सिसा हटाउने अभियान : २४ सवारीसाधनबाट कालो सिसा र स्टिकर हटाइयो

गोरखा प्रहरीले सवारीसाधनमा जडान गरिएको कालो सिसा र कालो स्टिकर हटाउने अभियान सञ्चालन गर्दै २४ वटा सवारीसाधनबाट कालो सिसा र कालो स्टिकर हटाएको छ। जिल्ला प्रहरी कार्यालय गोरखा र जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको संयुक्त टोलीले जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा ६ वटा ट्याक्सी, २ वटा मिनीट्रक र १६ वटा कार गरी कुल २४ वटा […]

Continue Reading

असई थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो कोइरी र मधेस प्रदेशसभाका निलम्बित सदस्य अभिराम शर्मासहित ६ जनालाई जनही ५ वर्ष कैद सजाय सुनाएको छ। कामु मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले धर्मेन्द्र राय, रामशङ्कर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई पनि ५ वर्ष कैदको […]

Continue Reading

दैलेख दुर्घटना : एक जनाको शव फेला, उद्धार तथा खोजी जारी

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतडा नजिक सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख १०५५ नम्बरको फोर्स मिनीबस बिहीबार बिहान करिब ११:३० बजे सडकबाट करिब ४००–५०० मिटर तल कर्णाली नदीमा खसेको छ। दुर्घटनापछि सशस्त्र प्रहरी बलले एक युवकको शव नदी किनारको भिरमा अड्किएको अवस्थामा फेला पारेको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार […]

Continue Reading

सर्लाहीकी ईशा अमेरिकामा जहाज उडाउन सिकाउँदै, व्यावसायिक पाइलट बन्ने लक्ष्य

ईअस्त्र समाचारदाता सर्लाहीकी २२ वर्षीया ईशा देवकोटा अहिले अमेरिकाको टेक्ससमा फ्लाइट इन्स्ट्रक्टरका रूपमा कार्यरत छिन्। आफूले मात्र होइन, अन्य विद्यार्थीलाई समेत जहाज उडाउन प्रशिक्षण दिँदै उनले नेपाली युवापुस्ताका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेकी छन्। सन् २०२२ मा उच्च अध्ययन तथा पाइलट प्रशिक्षणका लागि अमेरिका पुगेकी ईशाले करिब ८२ हजार अमेरिकी डलर खर्च गरेर डेल्टा क्वालिफ्लाइटबाट […]

Continue Reading