गोरखामा प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र आइपुग्यो, ८३ मतदानस्थल अतिसंवेदनशील

गोरखा । गोरखा जिल्लामा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र आइपुगेको छ। दुबै निर्वाचन क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक तर्फका मतपत्र शनिबार जिल्लामा ल्याइएको हो। क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ १ लाख ३० हजार र समानुपातिकतर्फ १ लाख ३७ हजार मतपत्र प्राप्त भएको सहायक निर्वाचन अधिकृत कृष्णमुरारी सिग्देलले जानकारी दिए। क्षेत्र […]

Continue Reading

धादिङको पृथ्वी राजमार्गमा बस दुर्घटना: १८ जनाको मृत्यु, सरकारले छानबिन समिति गठन गर्ने

धादिङ जिल्लाको पृथ्वी राजमार्गमा आइतबार राति भएको भीषण बस दुर्घटनापछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयमा सोमबार बसेको आकस्मिक बैठकले दुर्घटनाको कारण पत्ता लगाउन विस्तृत अनुसन्धान अघि बढाउने निष्कर्ष निकालेको हो। पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस बेनीघाट रोराङ गाउँपालिका–५ भैंसेगौडाबाट त्रिशूली नदी किनारमा खस्दा १८ जनाको […]

Continue Reading

कामको फेहरिस्त सुनाउँदै गोरखामा कांग्रेसका उम्मेदवारका पक्षमा मत माग्दै मुख्यमन्त्री पाण्डे

गोरखा । प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा गोरखामा नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे फरक शैलीमा मत मागिरहेका छन् । निर्वाचन आयोगबाट अनुमति लिएर चुनावी कार्यक्रममा सहभागी हुन गोरखा आएका उनले प्रदेश सरकारले पछिल्ला तीन वर्षमा गोरखामा विनियोजन गरेको बजेटको विस्तृत विवरणसहित मतदातामाझ पुगेका हुन् । दुईवटा ‘रेकर्ड फाइल’ बोकेर गाउँ–गाउँ […]

Continue Reading

गोरखामा बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु

गोरखा सदरमुकाममा बसको ठक्करबाट गम्भीर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा नगरपालिका–१२ दशकिलोकी ९५ वर्षीया सुनमाया लामा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। शनिबार दिउँसो करिब १:३० बजे काठमाडौंबाट बोर्लाङतर्फ जाँदै गरेको ना ५ ख ५०३० नम्बरको यात्रुबाहक बसले उनलाई ठक्कर दिएको थियो। गम्भीर घाइते लामालाई तत्काल प्रदेश […]

Continue Reading

रामेछापमा बस दुर्घटना : मृतक संख्या ९ पुग्यो

रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिबेणी नजिकै पर्ने लिलौटी क्षेत्रमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यातायातको बस मंगलबार बिहान करिब ११ बजे सडकबाट सिधै तामाकोशी नदीमा खसेको हो। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार हालसम्म नदीमा डुबेको बसबाट ९ जनाको शव निकालिएको छ […]

Continue Reading

रामेछापमा बस दुर्घटना, ६ जनाको मृत्यु

ओखलढुंगा । रामेछापस्थित तामाकोसी नदीमा बस खस्दा ६ जनाको मृत्यु भएको छ। मंगलबार बिहान काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस मन्थली नगरपालिका–६ त्रिवेणी घाट नजिक दुर्घटना भएको हो। सशस्त्र प्रहरीका अनुसार दुर्घटनामा परी ५ जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल खुर्कोट पठाइएको छ। दुर्घटनामा मृत्यु हुनेमध्ये २ जना […]

Continue Reading

बालेन शाहको डेरामा चोरी गर्ने तीन जना पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को डेरामा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ गरी चोरीका केही सामान बरामद गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोक लिसंखुपाखर–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटी दिपायल […]

Continue Reading

धादिङमा बस–बस ठक्कर, चिया पसलमा चिया खाइरहेका चालकको मृत्यु

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलामा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। बिहान करिब ७ बजेतिर दाङबाट काठमाडौं जाँदै गरेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवागढी जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२०८ नम्बरको डिलक्स बस आपसमा ठक्कर खाँदा […]

Continue Reading

गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि प्रतिवेदन मन्त्रालयमा बुझाइयो

गोरखा।बन्द रहेको गोरखकाली रबर उद्योगलाई पुनः सञ्चालनमा ल्याउने विषयमा अध्ययन गरी तयार पारिएको सुझाव प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाइएको छ। राष्ट्रिय योजना आयोगका पूर्व सदस्य जनकराज शाहको संयोजकत्वमा गठित पाँच सदस्यीय सुझाव कार्यदलले करिब १० महिनाको अध्ययनपछि तयार गरेको १३ पृष्ठको प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई हगरिएको छ। पुनःसञ्चालनको रूपरेखा […]

Continue Reading

गोरखामा १३ दलका उम्मेदवारसहित ३ स्वतन्त्रको मनोनयन दर्ता

गोरखा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गोरखामा १३ राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । मनोनयन दर्ता गर्ने दलहरूमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी), उज्यालो नेपाल पार्टी, नेपाल मजदुर किसान […]

Continue Reading