गोरखामा जातीय विभेद प्रकरणमा एक युवक पक्राउ

गोरखा । जातीय विभेद गरी पत्नीलाई हेला गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । धादिङको गजुरी गाउँपालिका–२, मलेखु छेपाङ बस्ने २२ वर्षीय मिलन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठले गोरखा शहिदलखन गाउँपालिका–१, बक्राङकी मनिका परियारसँग विवाह गरी घरमा लगेपनि गर्भवती भएपछि दलित भएकै कारण देखाई निरन्तर हेला–अपमान गरेको पीडितले जाहेरीमा उल्लेख गरेकी छन् […]

Continue Reading

गोरखामा ट्रान्सफर्मर चोरीको प्रयास, एक जना पक्राउ

गोरखा । गोरखामा ग्रामिण विद्युतिकरण केन्द्रमा जडान गरिएको ट्रान्सफर्मर चोरी गर्ने प्रयासमा एक जना पक्राउ परेका छन् । आइतबार बेलुकी करिब ७ बजे सिरानचोक गाउँपालिका–२, झिम्रेक बनपालेस्थित श्री थालाजुङ गा.वि.स. घर्तिपानी खनालथोक ग्रामिण विद्युतिकरण केन्द्रमा राखिएको ५० के.भी क्षमताको ट्रान्सफर्मर फुटाई भित्रको तामाको तार लगायतका सामग्री चोरी गर्ने क्रममा एक युवकलाई पक्राउ गरिएको हो । […]

Continue Reading

गोरखामा दूधमा १५ लाख अनुदान, किसानलाई प्रति लिटर ५ रुपैयाँ सहयोग

गोरखा । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष ०८२–०८३ का लागि १५ लाख रुपैयाँको अनुदान विनियोजन गरेको छ । कार्यालयका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक डा. अनन्त कोइरालाका अनुसार सहकारीमार्फत दूध संकलन गर्ने किसानलाई प्रति लिटर ५ रुपैयाँका दरले अनुदान दिइने व्यवस्था गरिएको हो […]

Continue Reading

अस्पतालको नवीकरण नहुँदा गोरखामा स्वास्थ्य शिविर स्थगित

गोरखा । गोरखाको छेवेटारस्थित गोरखा मेमोरियल हस्पिटल प्रालिले बिना अनुमति स्वास्थ्य शिविर सञ्चालन गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालयले हस्तक्षेप गर्दै कार्यक्रम रोक लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले अस्पतालले गर्न लागेको निःशुल्क भिडियो एक्सरे तथा हाड–जोर्नीसम्बन्धी बिरामी चेकजाँच कार्यक्रम तत्कालका लागि रोक्ने निर्णय गरेको हो । बैठकपछि […]

Continue Reading

गोरखाको पालुङटारमा ४ सय रोपनीभन्दा बढी क्षेत्रमा धानमा ब्लाष्ट रोग

गोरखा । गोरखाको पालुङटार नगरपालिकामा धानमा लाग्ने ब्लाष्ट रोग देखिएको छ । कृषि ज्ञान केन्द्र गोरखाका अनुसार पालुङटार–४, ६ र ८ मा गरी करिब ४१० रोपनी क्षेत्रमा यो रोग फैलिएको हो । बालि संरक्षण अधिकृत अब्बा दत्त विष्टका अनुसार सबैभन्दा धेरै पालुङटार–८ को एक हजार फाँटस्थित द्वारटारमा रोग देखिएको छ, जहाँ २५ भन्दा बढी किसानको […]

Continue Reading

विविध कार्यक्रमसहित गोरखा जेसीज सप्ताह सम्पन्न

गोरखा । गोरखा जेसीजले आयोजना गरेको जेसीज सप्ताह–२०२५ शनिबार औपचारिक कार्यक्रमसहित सम्पन्न भएको छ । समापन समारोह गण्डकी प्रदेश सभा सदस्य एवं प्रमुख सचेतक नन्द प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । समापन कार्यक्रममा गोरखा जेसीज वर्ष २०२५ का अध्यक्ष सुमन गुरुङको अध्यक्षता रहेको थियो । समापन कार्यक्रमको सञ्चालन गोरखा जेसीजका पब्लिक रिलेसन अफिसर […]

Continue Reading

गोरखामा आफ्नै छोरी र भान्जीलाई जबरजस्ती करणी उद्योगको आरोपमा एक जना पक्राउ

गोरखा । गोरखा जिल्लाको शहिदलखन गाउँपालिका–३ बस्ने ३४ वर्षीय एक पुरुषलाई आफ्नै छोरी र भान्जीलाई जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार भदौ ४ गते साँझ, सो व्यक्तिले आफ्नै १३ वर्षीया छोरी र १५ वर्षीया भान्जीमाथि करणी गर्ने प्रयास गरेको घटनाबारे पीडित पक्षका आफन्तमार्फत उजुरी दर्ता भएको थियो। उक्त उजुरीका […]

Continue Reading

गोरखामा तेस्रो कृषि, पर्यटन तथा व्यापार प्रबद्र्वन मेला हुँदै

गोरखा । गोरखा चेम्बर अफ कमर्सले सदरमुकाममा ‘तेस्रो कृषि, पर्यटन तथा व्यापार प्रबद्र्वन मेला–२०८२’ आयोजना गर्ने भएको छ । चेम्बरका अध्यक्ष रामस्वरुप श्रेष्ठका अनुसार मेला आगामी पौष २५ गतेदेखि माघ ५ गतेसम्म सदरमुकामको खेलकुद मैदानमा सञ्चालन हुनेछ । ११ दिनसम्म चल्ने मेलाले गोरखाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा लिइएको अध्यक्ष श्रेष्ठले […]

Continue Reading

गोरखाले जित्यो गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि

गोरखा । एपोलो पेन्ट्स प्रिजेन्ट्स गण्डकी प्रदेश स्तरीय कृषि तीज गीत प्रतियोगिताको उपाधि गोरखाले जितेको छ । पब्लिक फोरके टेलिभिजनको आयोजना एवं प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समन्वयमा पोखरा उद्योग वाणिज्य संघको सभाहलमा बिहीबार भएको प्रतियोगिताको उपाधि गोरखाले जितेको हो । उपाधिसँगै गोरखाले ५५ हजार ५५५ रुपैयाँसहित प्रमाणपत्र हात पा¥यो । कास्कीले दोस्रो […]

Continue Reading

गोरखा सिडिओमाथि सांसद बजगाईको गम्भीर आपत्ति

गोरखा, भदौ ५ । सांसद राजेन्द्र बजगाईले गोरखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामु राज कडरियाको व्यवहारप्रति गम्भीर आपत्ति जनाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । चुमनुब्री गाउँपालिका–२ विही गाउँमा गएको पहिरोपछि आपतकालीन सहयोगका लागि सिडिओलाई सम्पर्क गर्दा गैरजिम्मेवारपूर्ण जवाफ पाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा प्रश्न उठाएका हुन् । बजगाईका अनुसार, सिडिओले “प्रत्येक वडा र […]

Continue Reading