दशैं–तिहारमा सुरक्षित यात्रा सुनिश्चित गर्न गोरखामा ३ स्थानमा नागरिक सहायता कक्ष स्थापना

समाचार

गोरखा । आगामी दशैं र तिहार पर्वमा यात्रुहरूको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न गोरखामा ३ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले सदरमुकाम कालिमाटी बजार, १२ किलो बजार र आरुघाटमा सहायता कक्ष सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।

सहायता कक्ष उद्घाटन गर्दै डिएसपी सुवेदीले चाडपर्वमा यात्रु र चालकलाई सचेत गराउँदै सुरक्षित यात्रामा जोड दिए । उनका अनुसार, भीड हुने क्षेत्रहरूमा यात्रुहरूलाई सहजता दिलाउन, अनावश्यक सास्ती, लुटपाट, कुटपिट र चर्को भाडा असुली जस्ता समस्या रोक्न सहायता कक्ष स्थापना गरिएको हो ।

यात्रा सुरक्षाका लागि मापसे नियन्त्रण, सवारीसाधनमा ओभरलोड रोकथाम तथा आवश्यक जाँचलाई कडाइका साथ अघि बढाइने समेत प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *