आरुघाटको जंगलमा बेवारिसे अवस्थामा ५ थान भरुवा बन्दुक बरामद

गोरखा। गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जंगलबाट प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ। इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक अनिल श्रेष्ठको कमाण्डमा खटिएको ५ जनाको टोलीले गस्ती गर्ने क्रममा शनिबार साँझ सल्लाका हाँगाले छोपेर राखिएको अवस्थामा ती बन्दुक फेला पारेको हो। प्रहरीका अनुसार बरामद भएका ५ थान एकनाले भरुवा बन्दुकमध्ये एउटा भाँचिएको र चारवटा […]

Continue Reading

पौडी खेल्ने क्रममा खोलाले बगाएका गगन विकको मृत्यु

गोरखाको शहीद लखन गाउँपालिका–३ सिलिङटारस्थित पाङ्ग्रे खोलामा पौडी खेल्ने क्रममा बगेका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनको इच्छाकामना गाउँपालिका–४ गैरीगाउँका करिब ३५–४० वर्षीय गगन विक रहेका छन्। प्रहरीका अनुसार शनिबार दिउँसो करिब २ः३० बजे साथीहरूसँग पौडी खेलिरहेका विकलाई अचानक खोलाले बगाएको थियो। साथीहरूले उद्धार गरी बाहिर निकाले पनि उनी अचेत अवस्थामा थिए। घटनाको […]

Continue Reading

गोरखामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

गोरखा । गोरखामा प्रहरीले लाइसेन्सबिनाको भरुवा बन्दुकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८३ भदौ ४ गते राति पालुङटार नगरपालिका–१ खोप्लाङमा ज्यामी काम गर्ने करिब ४३ वर्षीय प्रेम सुनारले आफ्नो फेसबुकमार्फत भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेको सूचना पाएपछि प्रहरीले खोजी थालेको थियो। इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठको समन्वयमा प्रहरी चौकी नयाँसाँघुबाट […]

Continue Reading

तीन वर्षदेखि फरार डाँका तथा ज्यान मार्ने उद्योगका प्रतिवादी गोरखामा पक्राउ

गोरखा । गोरखामा डाँका तथा ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्षदेखि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बारपाक सुलिकोट गाउँपालिका–६ मैलुङकी ७४ वर्षीया तिलकुमारी देवकोटा भान्साकोठामा रहेको अवस्थामा २०८० जेठ ८ गते राति ९ः४५ बजे राजन दर्जीसहितका व्यक्तिले धनमाल तथा गरगहना चोरी गर्ने र लुट्ने उद्देश्यले उनको आँखा र […]

Continue Reading

पालुङटारमा डाँका चोरी गर्ने दुई जना पक्राउ

गोरखा । गोरखाको पालुङटार नगरपालिका–२ भण्डारी चौतारो स्थित सार्वजनिक बाटोमा डाँका चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गत साउन ५ गते राति करिब ९:२० बजे पालुङटार–२ भण्डारी चौतारास्थित सार्वजनिक बाटोमा सिरानचोक गाउँपालिका–३ हर्मीवाट घरतर्फ जाँदै गरेकी पालुङटार–२ ओडारेकी दुर्गा ए.सी.लाई कालो नकाबधारी व्यक्तिहरूले बाटोमा रोकी प्लास्टिकको बोराले […]

Continue Reading

प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टाछुट्टै शिष्टाचार भेट

२०८३ साउन २५ । काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत महामहिम नवीन श्रीवास्तव र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम झाङ माओमिङले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन्। भारतका राजदूत श्रीवास्तवसँगको भेटमा नेपाल–भारत द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। […]

Continue Reading

बाँदर–बँदेल नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना बनाउन संसद्मा प्रस्ताव

काठमाडौं । बाँदर र बँदेलबाट कृषि बालीमा भइरहेको क्षति न्यूनीकरणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ प्रस्तावक रहेको प्रस्तावमा नेकपा (एमाले) की सचेतक निता घतानी, नेकपाकी सांसद पार्वती विक र श्रम संस्कृति पार्टीका सांसद आरेन राई समर्थक छन्। प्रस्तावमा बाँदर […]

Continue Reading

प्रदेश अस्पताल गोरखा १०० शय्यामा स्तरोन्नति हुँदै, सेवाग्राहीको संख्या पनि बढ्दो

२०८३ साउन २५। गोरखा । प्रदेश अस्पताल गोरखाले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्ने तयारी अघि बढाएको छ। अस्पतालले सेवा विस्तारसँगै आधुनिक स्वास्थ्य प्रविधि भित्र्याउने र अस्पताललाई प्रदेशस्तरीय रेफरल अस्पतालका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। अस्पतालले सोमबार अस्पतालको सभाहलमा आयोजना गरेको अस्पताल सेवा सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट […]

Continue Reading

पहिरोपीडितलाई भेट्दै सांसद देवकोटा, क्षतिग्रस्त क्षेत्रको निरीक्षण

गोरखा। गण्डकी प्रदेशका सांसद तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता फणिन्द्र देवकोटाले गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा पहिरोले घर बगाएका मानसिंह गुरुङलाई भेटेका छन्।   सांसद देवकोटासँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले बिहीबार गुरुङलाई भेटी घटनाबारे जानकारी लिएका हुन्। भेटका क्रममा सांसद देवकोटाले पहिरो घटनाका विषयमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग आफूले छलफल […]

Continue Reading

सडकमा गीत गाएर जीवन धानेका जङ्गबहादुर दम्पतीले पाए आफ्नै घर, वर्षौँदेखिको आश्रयको सपना पूरा

गोरखा। वर्षौँसम्म गाउँ–सहरका सडकमा गीत गाएर जीविकोपार्जन गर्दै आएका गोरखाको पालुङटार नगरपालिका–४ ठाँटीचौरका जङ्गबहादुर घर्ती र उनकी श्रीमती सुनिता घर्तीको जीवनमा नयाँ मोड आएको छ। आर्थिक अभाव, शारीरिक असहजता र स्थायी आश्रयको अभावसँग लामो समय संघर्ष गरेका यो दम्पतीले अहिले आफ्नै घरको चाबी हात पारेका छन्। पालुङटार नगरपालिकाले ‘जनता आवास कार्यक्रम’ अन्तर्गत पाँच लाख ८३ […]

Continue Reading